पाथीभरा

ताप्लेजुङ जिल्लामा पर्ने लगभग ३ हजार ८ सय मिटरको उचाइमा अवस्थित पाथीभरा देवीको मन्दिर श्रद्धालु भक्तजनबीच सुविख्यात छ। व्यक्तिका अधुरा इच्छा एवं कामनाहरू पूरा गरिदिने शक्तिशाली भगवतीका रूपमा पाथीभरा देवीको उत्पत्ति भएको जनविश्वासअनुरूप आफ्ना अपूर्ण चाहनाहरू बोकेर असंख्य नेपाली तथा भारतीयहरू ताप्लेजुङको सदरमुकाम फुङलिङबाट उकालो लागेको देखिन्छ। चैत-वैशाखमा यो ठाउँ पुग्न केही सुगम हुन्छ।
ताप्लेजुङलाई सबैभन्दा बढी (करिब ३ सय) तालतलैया र हिमताल भएको जिल्ला मानिन्छ जसमध्ये ताप्लेजुङको फुङलिङ बजारबाट करिब ४ दिनको पैदलयात्रामा पुग्न सकिने तम्बिकु पोखरी एक हो जहाँ पानीको नीलो दह टिलपिल टिलपिल भरिएको देखिन्छ। त्यस्तै २ दिनको यात्रामा पुगिने उत्तरी गाविस सावाँमा पर्ने ३ सय मिटर अग्लो चट्टानको कापबाट फुङफुङ गर्दै झर्ने फुङफुङे झरना पर्यटकीय दृष्टिकोणले अति सुन्दर एवं रमणीय छ।
पाथीभरासम्म पुग्ने तीनवटा मार्ग छन्ः
हवाई मार्ग— काठमाडौं-सुकेटार, विराटनगर-सुकेटार, अनि सुकेटारबाट ६ घण्टा हिँडेपछि पाथीभरा।
काठमाडौं-बिर्तामोड, बिर्तामोड-इलाम-फिदिम-फुङलिङ-दिनभर मेची राजमार्गमा करिब २ सय ५० किलोमिटर सवारी साधनको यात्रा। फुङलिङबाट सुकेटार भएर तल्लो फेदी उपल्लो फेदी हुँदै दिनभरको पैदलयात्रामा पाथीभरा पुग्न सकिन्छ। तल्लो फेदीसम्म सवारी साधन बुकिङ गरेर जान सकिन्छ। तल्लो फेदीबाट तीन-चार घण्टा उकालो हिँडेपछि पाथीभरा डाँडामा पुग्न सकिन्छ।
धरान-धनकुटा-हिले-वसन्तपुर, १ सय किलोमिटर कोसी राजमार्ग- वसन्तपुरबाट गुफापोखरी-गोर्गा दोभान हुँदै लगभग दुई दिनको पैदल यात्रामा फुङलिङ पुग्न सकिन्छ। इलाम, पाँचथर हुँदै गएर देवीको दर्शन गरी तेह्रथुम वसन्तपुर भएर र्फकन सकिन्छ भने तेह्रथुम, वसन्तपुर भएर जाने र पाँचथर इलाम भएर फर्किए एकसाथ धेरै जिल्लाको भ्रमण हुन सक्छ।
पाथीभरा डाँडामा बस्नका लागि धर्मशालाहरू छन्। पाथीभरा डाँडा पुग्ने अन्तिम गन्तव्य उपल्लो फेदीमा खाने-बस्ने सबै सुविधा छ। त्यहाँबाट २ घण्टाको पैदल यात्रामा पाथीभरा डाँडा पुग्न सकिन्छ। काठमाडौं-बिर्तामोड एकतर्फी भाडा १ हजार २ सय, त्यहाँबाट फुङलिङ १ हजार गरी जम्मा २ हजार २ सय रुपैयाँमा फुङलिङ बजार पुगिन्छ। ४ हजार ५ सय रुपैयाँमा काठमाडौं-फुङलिङ-काठमाडौं भएपछि बाँकी ३ हजार थपेर जम्मा ७ हजार रुपैयाँ बोकी ६ दिनको समय मिलाउन सके पाथीभरा देवीको दर्शन गरी अधुरा कामना पूरा गर्न सकिन्छ।
– एलपी शर्मा

Source : http://www.ekantipur.com/saptahik/article/?id=13761

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s