नोट सार्ने कि आफैं बनाउने ?

रामजी बलामी

राजधानीको एक क्याम्पसमा अध्ययन गर्ने भाइले जिज्ञासा राखे- ‘क्याम्पस भनेको त टाइम पास नै रहेछ हैन दाइ ?’ उनको यो प्रश्नले मलाई पनि सो च्न बाध्य तुल्यायो । क्याम्पस पढ्ने भएपछि मोजमस्ती र प्रेमी-प्रेमिका बनाउने फेसन नौलो होइन, यसर्थ मलाई लाग्यो, ती भाइले यही कुरा भन्न खो जेका हुन्,  तर उनको जिज्ञासा अर्कै रहेछ । कलेजहरूमा दिइने नोट र त्यसले विद्यार्थीमा पर्ने मानसिक तनाव । राजधानीका मात्र नभएर अधिकांश  क्याम्पसमा नोट फोटोकपी गर्न वा सार्न लगाइन्छ । अझ कतिपय ठाउँमा त विद्यालयस्तरका विद्यार्थीलाई समेत नोट दिइन्छ । वास्तवमा नोट सार्न वा  लेखाउन पाउँदा शिक्षक विद्यार्थी दुवै खुसी हुन्छन् । त्यसै पनि चिट चोर्न र सार्न पाए खुसी हुने विद्यार्थीलाई यस्तो मौका आउँदा सुन माथि सुगन्ध नै  भयो, तर त्यसले कति हानी पुर्‍याइरहेको छ भन्ने कुरा सोच्न पनि सकेका छैनन् । साथीको नोट फोटोकपी गर्नु र कक्षामा शिक्षकको नोट सार्नु भनेको  अभिभावकलाई होइन आफैंलाई छल्नु मात्र हो ।
यसको अर्थ नोट सार्नै हुन्न भन्न खोजिएको पनि होइन, तर उक्त नोटलाई मौलिक भाषामा उतार्न सक्ने गरी अभ्यास गर्नु आवश्यक छ । कुनै पाठ सुरु  हुनुअगावै शिक्षक-विद्यार्थीबीच विवाद सुरु हुन्छ नोटका बारेमा । शिक्षक पनि नोट लेखाए आनन्द भन्ने खालको भए भने हाइसन्चो । कक्षाकोठा प्रवेशदेखि  अन्तसम्म नोट लेखाउने र सुटुक्क निस्किने यही परिपाटीले गर्दा विद्यार्थीहरूमा थप निराशा छाएको छ । लेखा, अर्थशास्त्र तथा वित्तशास्त्रजस्ता विषयमा  समेत सरासर नोट लेखाएर बाहिरिने शिक्षक धेरै छन् ।
कपीको चाङ देखाउन नोट सार्ने, कलेजमा गएर क्लास बंक गरी चिलचित्र हेर्न वा डेटिङ जाने र अभिभावकलाई भ्रममा पार्न समयमै ड्रेसमै घर र्फकने  विद्यार्थीहरूको चतुर्‍याइँप्रति समयमै अभिभावकले ध्यान नपुर्‍याउने हो भने समय गुजि्रएपछि कसैको केही लाग्दैन । यसरी समयमै ध्यान नदिने अनि जब  परिक्षा आउन लाग्यो तब गेसपेपर किन्ने, ट्युसन पढ्ने र बिरामीको नाटक रच्नेजस्ता कार्यमा  विद्यार्थीहरू निकै चलाख हुन्छन् । यस्ता कार्यले स्वंय  आफैंलाई घाटा भैरहेको कुरामा भने विद्यार्थीहरू बुझेर पनि बुझ पचाइरहेका हुन्छन् । नोटकै कुरा गर्नु पर्दा नोट सार्न दिने शिक्षकको गल्ती वा सार्न  मरिहत्ते गर्ने विद्यार्थीको गल्ती भन्ने कुरा विवाद विषय हो । शिक्षकले विद्यार्थीलाई सम्बन्धित विषयका बारेमा स्पष्ट रूपमा बुझाउनुपर्छ ।
क्याम्पसमा पढाइने पुस्तकहरू धेरै लेखकको हुने हुनाले पढाउन गाह्रो भएको र नोट दिँदा सजिलो हुने अधिकांश शिक्षकको ठम्याइ छ, तर पुस्तक जति  भए पनि बुझनुपर्ने एउटै कुरा हुने हुँदा यसबाट खासै समस्या पर्दैन । नोट सारेर दराजमै थन्काउनुभन्दा पुस्तक पढेर कक्षामै बुझाउने हो भने एकातिर  समयको बचत हुन्छ र अर्कातिर अल्छी विद्यार्थीलाई पनि पढ्ने बानी बस्छ । विशेष गरी क्याम्पस तहमा पुगेपछि विद्यार्थीहरूमा उमेरसँगै अर्कै किसिमको  रवाफ देखापर्छ । यो बेला उम्लिएको रगतलाई ठीक ठाउँमा उपयोग गर्न सकिएन भने त्यसले भविष्यलाई नै अन्धकारमय बनाउँछ । यस्तो बेलामा  शिक्षकले विद्यार्थीको मनोभावना बुझेर मात्र व्यवहार गर्नुपर्छ । यो बेलामा यदि सच्चा विद्यार्थी हो भने उसले शिक्षकको कुरालाई मनन गर्नु सिक्नुपर्छ र  शिक्षकले पनि विद्यार्थीलाई नैतिक तथा अनुशासनमा राख्न सक्नुपर्छ, जसले गर्दा विद्यार्थी र शिक्षक दुवैको कुरा मिल्छ ।
शिक्षकमा पनि गुरु हूँ भन्ने भावना आवश्यक छ र विद्यार्थीलाई अनुशासनमा राख्ने प्रयास गर्नुपर्छ भने विद्यार्थीमा पनि गुरुप्रति गर्नुपर्ने आदर-सत्कारको  भावना हुनुपर्छ, तब मात्र समग्र शिक्षण प्रणालीमा सुधार आउँछ ।

Source : http://www.ekantipur.com/saptahik/article/?id=3847

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s