घुम्न जाऔँ दामन-पालुङ

रामजी बलामी

सीमभन्ज्याङको चिसो है बतास
माया लाउन नगर हतार

टिस्टुङ पालुङ गाउँ, ऋषेश्वर स्थानैमा माया-प्रीति लाऊँ
स्थानीय लोकदोहोरी गायक मुक्तिनाथ उप्रेतीले रचेको गीतको यो हरफले दामन-पालुङको पर्यावरणलाई इंगित गर्छ । पक्कै पनि मायामा परेका अनि प्रकृतीप्रेमीहरूका लागि दामन-पालुङ एउटा रमाइलो विकल्प हुन सक्छ । २ हजार ४ सय २६ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको मकवानपुर जिल्लामा प्राकृतिक एवं धार्मिक विविधता पाइन्छ । नेपालको मध्यभागमा अवस्थित मकवानपुरको नाम सेनवंशी राजा मुकुन्द सेनको नामबाट राखिएको भनाइ छ ।  त्रिभुवन राजपथको निर्माणसँगै मकवानपुरको विकास एवं विस्तार भएको देखिन्छ, तर अहिले भने यो जिल्ला केही ओझेलमा परेको छ ।
प्राकृतिक तथा ऐतिहासिक महत्त्व बोकेको मकवानपुरका बारेमा बाहिर आउन नसकेका विभिन्न पक्ष छन् । विविध धार्मिक, सांस्कृतिक, प्राकृतिक, ऐ तिहासिक इत्यादि कारणले मकवानपुरमा अध्ययन-अनुसन्धान एवं भ्रमणको प्रचुर सम्भावना छ । दामन-पालुङ क्षेत्रलाई लालीगुराँस, सुनगाभाजस्ता  महत्त्वपूर्ण प्राकृतिक सम्पदाको स्रोतका रूपमा समेत लिइन्छ  । पर्यटनका दृष्टिले दामन-पालुङलाई उदाहरणीय क्षेत्र मानिन्छ । काठमाडांैबाट करिब ३  घण्टामा पुग्न सकिने दामन-पालुङ क्षेत्रमा पर्यटकीय आकर्षणका क्षेत्रहरू प्रशस्त छन् । त्रिभुवन राजपथ, दक्षिणकालीबाट कुलेखानी हुँदै वा थानकोटको  चन्द्रागिरी हुँदै यो क्षेत्र पुग्न सकिन्छ ।
मकवानपुरको उत्तरी भेगदामन, पालुङ, बज्रवाराही तथा चित्लाङलाई पर्यटकीय दृष्टिले नमुना क्षेत्रका रूपमा लिन सकिन्छ । यहाँका ऐतिहासिक अभिलेख  तथा संस्कृतिले इतिहासको अध्ययनमा समेत ठूलो भूमिका खेलेका छन् । दामनको भ्यू टावरदेखि सीमभन्ज्याङको वातावरणले जो-कोहीलाईर् मोहनी लगाउ ँछ । ऋषेश्वर मेला तथा इन्दायणी जात्रामा तीर्थालुहरूको घुइँचो लाग्छ । हिउँ पर्ने समयमा यहाँ काठमाडौं, हेटौंडादेखिका मानिसको घुइँचो लाग्ने गरेको  छ । यहाँबाट नेपालका अधिकांश हिमालको दृश्यावलोकन गर्न सकिन्छ । यद्यपि विस्तृत जानकारी एवं चर्चाको अभावमा यो क्षेत्र अहिले ओझेलमा परेको  छ ।
नेपाल सरकारले सन् २०११ लाई पर्यटन वर्षका रूपमा मनाउन लागेको छ । १० लाख पर्यटक भित्राउने योजना बनाइए पनि यहाँ आवश्यक पूर्वाधार  खडा गर्न र प्रचारप्रसारमा त्यति ध्यान दिन सकिएको छैन । पर्यटकीय क्षेत्र दामनको आफ्नै महत्त्व छ । दामन-पालुङमा अहिले होमस्टे कार्यक्रम पनि  लागू भैसकेको छ । यस क्षेत्रका मानिसहरू पर्यटकको पर्खाइमा छन् । काठमाडौंबाट नजिक भएकाले पनि यो क्षेत्र लोकप्रिय हुन सक्छ । मकवानपुरको पयर् टन विकासका निम्ति हाल विभिन्न संस्थाले कार्य गरिरहेका छन् ।
दामन, पालुङकै आधारमा अवस्थित बज्रवाराहीमा विभिन्न ऐतिहासिक तथ्य फेला परेका छन् । यसलाई एउटा सानो उपत्यकाका रूपमा समेत लिइन्छ ।  यहाँका अवशेषहरूलाई संरक्षण एवं उचित प्रवर्द्धन गर्ने हो भने इतिहासको नयाँ पाटोलाई आत्मसात् गर्न सकिनेछ । तीन वर्षमा एकपटक तीन दिन मेला  लाग्ने बज्रवाराही मन्दिरमा विभिन्न क्षेत्रबाट भक्तजनहरू आउने गरेका छन् । त्यस्तै यहाँ मनकामना, गणेश आदिका थुप्र्रै मठमन्दिर तथा गुम्बाहरू छन् ।  स्थानीय संस्कृति एवं रीतिरिवाज अन्य क्षेत्रभन्दा अलग भएकाले विद्यार्थीहरूका लागि पनि उक्त क्षेत्र उपयुक्त हुनसक्छ । परम्परागत वेशभूषा, बाजा,  पेसाजस्ता अनेक कुरा यहाँ देख्न सकिन्छ । विशेषतः नेवारी र तामाङ समुदायका मानिसहरू धेरै भएकाले उनीहरूको मौलिक पहिचान बुझ्न पनि यो  क्षेत्र महत्वपूर्ण छ ।
माछाका लागि प्रसिद्ध क्षेत्र कुलेखानी पनि यहीं पर्ने हुँदा भ्रमणलाई थप मनमोहक बनाउन सकिन्छ । यो क्षेत्रलाई कुलेखानी जलाधार क्षेत्र घोषणा गरेर  संरक्षणको प्रयास भैरहेको छ । पहिले जस्तो जथाभावी माछा पाल्ने, माछा मार्ने जस्ता काममा प्रतिबन्ध लगाइएको छ । कुलेखानीमा मोटरबोटको  व्यवस्था हुनुका साथै पर्यटकका लागि आवश्यक पूर्वाधारको व्यवस्था गरिएको छ । अर्को कुरा, नेपालमा दुर्लभ मानिने बाख्राको चीज चित्लाङमा पाइन्छ ।  स्वच्छ एवं मनोरम वातावरणमा रमाउनेहरूका लागि स्वच्छन्द्र भैरव महादेवस्थान उपयुक्त स्थल हो । यही मार्ग भएर पनि चन्द्रगिरि हुँदै राजधानी र्फकन  सकिन्छ । करिब १ घण्टाको उकालो-ओरालो तथा जिपको यात्राबाट राजधानी आउने यो छोटो विकल्प पनि हो ।

Source : http://www.ekantipur.com/saptahik/article/?id=3161

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s