खरिदार बन्ने कि?

रामजी बलामी

सरकारी जागिर धेरैको रोजाइमा पर्छ। निजामती कर्मचारीका रूपमा सरकारी सेवामा प्रवेश गरिसकेपछि जिन्दगीभर नै ढुक्क हुने भएकाले पनि यसप्रतिको आकर्षण बढ्दो छ। सबल र सक्षम भविष्यका लागि भन्दै लोकसेवा भिड्नेहरूको जमात बाक्लो छ, तर सरकारी जागिर खान त्यति सहज र सरल भने छैन। यसका लागि ठूलो मेहनत, लगनशीलता, अध्ययन एवं तयारी आवश्यक हुन्छ।
तपाईं एसएलसी उत्तीर्ण हुनुहुन्छ र सरकारी जागिर खाने सोच बनाउनुभएको छ भने अहिले एउटा अवसर छ। लोकसेवा आयोगले खरिदार अर्थात् राजपत्र अनंकित द्वितीय श्रेणीको आप्र, खुला र समावेशीसमेत गरी अप्राविधिक पदका लागि विज्ञापन प्रकाशन गरेको छ। आयोगले पूर्वाञ्चल, मध्यमाञ्चल, पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल गरी पाँचै विकास क्षेत्रका लागि विज्ञापन आह्वान गरेको छ। खरिदारअन्तर्गत सामान्य प्रशासन, न्याय र व्यवस्थापिका संसद्का लागि विज्ञापन खुला गरिएको हो। आयोगको क्षेत्रीय निर्देशनालय तथा अञ्चल कार्यालयहरू धनकुटा, इलाम, दिक्तेल, काठमाडौं, जलेश्वर, हेटौंडा, पोखरा, बाग्लुङ, बुटवल, सुर्खेत, दाङ, जुम्ला, दीपायलमार्फत विभिन्न पदका लागि विभिन्न संख्यामा विज्ञापन आह्वान गरिएको छ।
यी पदको परीक्षा आगामी जेठको अन्त्यमा सञ्चालन हुनेछ। यी पदहरूका लागि आगामी चैत १८ गतेसम्म सम्बन्धित कार्यालयमा दरखास्त दिइसक्नुपर्नेछ। दोब्बर दस्तुर तिरेर चैत २५ गतेसम्म दरखास्त दिन सकिन्छ। यसका लागि १८ वर्ष पूरा भै ३५ वर्ष ननाघेको हुनुपर्नेछ। महिला र अपांग नागरिकका हकमा भने ४० वर्ष ननाघेको हुनुपर्नेछ। यसको विस्तृत जानकारी लोकसेवा आयोगको वेबसाइट धधध।उकअ।नयख।लउ मार्फत पनि लिन सकिन्छ।
दरखास्त दिँदा ध्यान दिनुपर्ने मुख्य कुरा
–    एकीकृत परीक्षा प्रणालीका लागि निर्धारण गरिएको दरखास्त फारम भर्नुपर्छ
–    समावेशी समूहका लागि फारम भर्ने उम्मेदवारहरूले विज्ञापनअनुसार प्रत्येक समावेशी समूहका दरखास्त फारमको पहिलो पाना छुट्टाछुट्टै भर्नुपर्नेछ, र त्यसरी फारम भर्नेहरूलाई रोल नम्बर र प्रवेशपत्र भने एउटा मात्र प्रदान गरिनेछ।
–    नेपाल आदिवासी/जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐनमा सूचीकृत भएका जातिको हकमा सोही सूचीको आधारमा, तर नेपाल आदिवासी/जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐनमा सूचीकृत भएको जातिभित्र एकभन्दा बढी थरहरू भएमा सम्बन्धित स्थानीय निकायको प्रमुखको सिफारिसमा प्रमुख जिल्ला अधिकारीबाट सूचीकृत भएको जातिभित्रको थर प्रमाणित गराई दरखास्त साथ पेस गर्नुपर्नेछ।
–    राष्ट्रिय दलित आयोगबाट सूचीकृत भएको जातिको हकमा सोही सूचीको आधारमा, तर राष्ट्रिय दलित आयोगबाट सूचीकृत भएको जाति भित्र एकभन्दा बढी थर भए सम्बन्धित स्थानीय निकायको प्रमुखको सिफारिसमा प्रमुख जिल्ला अधिकारीबाट सूचीकृत भएको जाति भित्रको थर प्रमाणित गराई दरखास्त पेस गर्नुपर्नेछ।
–    अपांगका हकमा स्वीकृत चिकित्सकको सिफारिशमा समाजकल्याण परिषद्बाट अपांगता प्रमाणित गरेको आधारमा, (घ) मधेसीका हकमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेबमोजिमको संस्थाबाट मधेसी प्रमाणित गरेका आधारमा तर नेपाल राजपत्रमा सूचना प्रकाशन गरी संस्था नतोकेसम्म सम्बन्धित स्थानीय निकायको प्रमुखको सिफारिसमा प्रमुख जिल्ला अधिकारीबाट मधेसी भनी प्रमाणित गराई दरखास्त पेस गर्नुपर्नेछ।
–    पिछडिएको क्षेत्रका हकमा ऐनको दफा ७ को उपदफा (७) मा उल्लेख भएका जिल्लामा स्थायी बसोबास उल्लेख गरी सम्बन्धित जिल्लाबाट प्राप्त गरिएको नागरिकताको प्रमाणपत्र तथा सम्बन्धित गाउँ विकास समिति वा नगरपालिकाबाट हाल सोही स्थानमा स्थायी बसोबास भएको भनी प्रमाणित गरेको फारम बुझाउने दिनभन्दा तीन महिना अघिसम्मको सिफारिसको आधारमा फारम भर्नुपर्नेछ। स्थायी बसोबास भएको जिल्लाबाहेक अन्यत्र जिल्लाबाट नागरिकता लिएको भए सो गर्नुपर्ने कारण उल्लेख भएको बेहोराको पत्र नागरिकता जारी गर्ने जिल्ला प्रशासन कार्यालयबाट लिएको, ऐनको दफा ७(७) मा उल्लेख भएको जिल्लामा विवाह गरी वा बसाइसराई गरी गएको भए विवाहको हकमा विवाह दर्ता प्रमाणपत्र र बसाइसराइको हकमा छोडेको र गएको गाविसको बसाइँसराइ कागजका आधारमा फारम भर्नुपर्नेछ।
कहाँ कति?
यी माग पद/संख्या न्याय र प्रशासनअन्तर्गतका मात्र हुन्। पूर्वाञ्चल क्षेत्रीय निर्देशनालय धनकुटाअन्तर्गत खुला १२ जना, महिला ३ जना, आदिवासी ३ जना, मधेसी २ जना तथा पिछडिएको क्षेत्र २ जना गरी जम्मा २२ जना माग गरिएको छ। मेची अञ्चल कार्यालयअन्तर्गत खुला २० जना, महिला ४ जना, आदिवासी/जनजाति ५ जना, मधेसी ३ जना, दलित २ जना तथा अपांग २ जना गरी जम्मा ३६ जना माग गरिएको छ। अञ्चल कार्यालय दिक्तेलअन्तर्गत खुलामा २५ जना, महिला ६ जना, आदिवासी/जनजाति ६ जना, मधेसी ४ जना, दलित २ जना, अपांग १ जना तथा पिछडिएको क्षेत्र १ जना गरी जम्मा ४५ जना माग गरिएको छ। मध्यमाञ्चल क्षेत्रीय निर्देशनालय कमलपोखरीअन्तर्गत खुलामा २० जना, महिला ६ जना, आदिवासी/जनजाति ५ जना, मधेसी ३ जना, दलित २ जना तथा अपांग १ जना गरी जम्मा ३७ जना माग गरिएको छ।
जनकपुर अञ्चल कार्यालय, जलेश्वरअन्तर्गत खुलामा ३० जना, महिला ८ जना, आदिवासी जनजाति ७ जना, मधेसी ५ जना, दलित २ जना तथा अपांग २ जना गरी जम्मा ५४ जना माग गरिएको छ। नारायणी अञ्चल कार्यालय हेटौंडाअन्तर्गत खुलामा २७ जना, महिला ७ जना, आदिवासी जनजाति ५ जना, मधेसी ६ जना, दलित २ जना, अपांग २ जना तथा पिछडिएको ३ जना गरी जम्मा ५२ जना माग गरिएको छ। क्षेत्रीय निर्देशनालय पोखराअन्तर्गत खुला २५ जना, महिला ७ जना, आदिवासी/जनजाति ६ जना, मधेसी ५ जना, दलित २ जना, अपांग १ जना तथा पिछडिएको क्षेत्र १ जना गरी जम्मा ४७ जना माग गरिएको छ। अञ्चल कार्यालय बाग्लुङअन्तर्गत खुला १३ जना, महिला ३ जना, आदिवासी/जनजाति २ जना, दलित २ जना, मधेसी २ जना र अपांग १ जना गरी जम्मा २३ जना माग गरिएको छ।

अञ्चल कार्यालय वुटवलअन्तर्गत खुलामा २३ जना, महिला ६ जना, आदिवासी/जनजाति ५ जना, मधेसी ४ जना, दलित २ जना गरी जम्मा ४० जना माग गरिएको छ। क्षेत्रीय निर्देशनालय सुर्खेतअन्तर्गत खुलामा २८ जना, महिला ८ जना, आदिवासी जनजाति ७ जना, मधेसी ४ जना, दलित २ जना, अपांग १ जना, पिछडिएको क्षेत्र १ जना गरी जम्मा ५१ जना माग गरिएको छ। राप्ती अञ्चल कार्यालय दाङअन्तर्गत खुलामा ९ जना, महिलामा १ जना, आदिवासी जनजाति २ जना, अपांग १ जना तथा पिछडिएको क्षेत्र २ जना गरी जम्मा १५ जना माग गरिएको छ। कणर्ाली अञ्चल कार्यालय जुम्लाअन्तर्गत खुलामा ११ जना, महिलामा ३ जना, आदिवासी जनजातिमा २ जना, मधेसी २ जना, दलितमा २ जना, अपांगमा १ जना तथा पिछडिएको क्षेत्रमा १ जना गरी जम्मा २२ जना माग गरिएको छ। क्षेत्रीय निर्देशनालय दिपायलमा खुला २० जना, महिला ५ जना, आदिवासी/जनजाति ४ जना, मधेसी ४ जना, दलित १ जना, अपांग २ जना र पिछडिएको क्षेत्र १ जना गरी जम्मा ३७ जना माग गरिएको छ। महाकाली अञ्चल कार्यालय महेन्द्रनगरअन्तर्गत खुलामा ९ जना, महिलामा ३ जना, आदिवासी/जनजाति २ जना, मधेसी २ जना तथा अपांग २ जना गरी १८ जना माग गरिएको छ।

Source : http://www.ekantipur.com/saptahik/article/?id=13716

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s