पानी व्यवस्थापनका चुनौती-701209

पानी व्यवस्थापनका  चुनौतीराजधानीको मुख्य सहर काठमाडौंमा खानेपानीको समस्या झन् जटिल हुँदै गएको छ । यहाँको दैनिक खानेपानीको माग ३५ करोड लिटर छ । प्रत्येक वर्ष मागमा १० प्रतिशतका हिसाबले वृद्धि हुने काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को भनाइ छ ।
सन्दर्भ :नेपाल राष्ट्रिय जलसप्ताह स्लग
 विश्वनाथ खरेल
प्रत्येक वर्ष मार्च २२ तारिखका दिनलाई विश्व पानी दिवसका रूपमा मनाइँदै आएको छ  । यस वर्ष २२ औं विश्व पानी दिवसको अवसरमा नेपालले भने स्वच्छ पानीको महŒवका बारेमा सचेतना फैलाउने उद्देश्यले चैत ३ देखि ९ गतेसम्म ‘नेपाल राष्ट्रिय जलसप्ताह– २०७०’ मनाइँदैछ । स्वच्छ पानीको दिगो व्यवस्थापनको वकालत गर्न सन् १९९२ मा वातावरण र विकाससम्बन्धी संयुक्त राष्ट्र सम्मेलनले सिफारिस गरेअनुसार सन् १९९३ देखि हरेक वर्ष मार्च २२ का दिन विश्व पानी दिवस मनाइने गरेको छ ।
विश्वको कुल भागमध्ये १३ करोड ४ लाख ४० हजार वर्गमाइल पानीले ओगटेको अनुमान छ । विभिन्न देशमा खानेपानीको समस्या आ–आफ्नै किसिमले चर्कंदै गइरहेको छ । विश्वका प्रमुख सहरहरू र केही औद्योगिक राष्ट्रहरूको कहालीलाग्दो जनसंख्याको चाप र बढ्दो रूपमा रहेको सहरीकरणले गर्दा सम्पूर्ण मानव समुदायहरूलाई एकातिर फोहरमैलाको सामना गर्नुपर्ने टड्कारो स्थिति विद्यमान छ भने अर्कातिर पानीको आपूर्तिमा पनि दिन–परदिन माग बढिरहेको छ । सन् २०१५ सम्म एसियाका हरेक उपभोक्ताले हालको भन्दा अधिक मात्रामा स्वच्छ जल उपलब्ध गर्नुपर्ने स्थिति छ । यसै क्रममा वासिङ्टनस्थित प्राकृतिक स्रोत सञ्चयसम्बन्धी अनुसन्धान निकाय औडुवनले तयार गरेको एक कार्यपत्रमा पानीसम्बन्धी सही नीति कार्यान्वयन गर्न नसकिएमा विश्वले नै ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएको छ ।
नेपाल अपार जलस्रोतको भण्डारले भरिभराउ भए पनि कृषि विकासलगायत पिउने पानीको समेत अभाव दिन–प्रतिदिन बढ्दैछ । देशमा बग्ने ६ हजारभन्दा बढी खोलानालाबाट प्रतिवर्ष २ सय ७० अर्ब क्युमि पानी बगेर बिदेसिने गरे पनि जनतालाई दैनिक पिउने पानीदेखि ६०–८० लाख हेक्टर भूमि सिँचाइ गर्न र ८३ हजार मेगावाटसम्म विद्युत् उत्पादन गर्न सकिने सम्भावनालाई मूर्तरूप दिन सकिएको छैन ।
देशमा विद्यमान साधन र स्रोतलाई सही रूपमा परिचालन तथा संवद्र्धन गर्न सके सबै पानीका उपभोक्ताहरूको मागमा सुधार हुने आशा राख्न सकिन्छ । हाल खानेपानीको समुचित वितरण अभाव र बढ्दो जनसंख्या तथा सहरीकरणका कारण जलको आपूर्तिमा समस्या झेल्नुपरिरहेको सर्वविदितै छ ।
काठमाडौं उपत्यकामा खानेपानीको प्रमुख स्रोत नै जमिनमुनिको पानी रहेको जानकारी नेपाल खानेपानी संस्थानले दिएको छ । संस्थानको तथ्यांकअनुसार ५० प्रतिशतभन्दा बढी पानीको स्रोत भूमिगत छ । सार्वजनिक ढुंगेधारा, इनार, कुवा र घरघरमा बनाइने ट्युबवेलको स्रोत पनि भूमिगत पानी नै हो । भूमिगत पानी सुकेमा उपत्यकामा खानेपानीको ठूलो समस्या हुने निश्चित छ । जाइकाले राखेको तथ्यांकअनुसार प्रत्येक वर्ष २.५ मिटर जमिनमुनिको पानी घट्दै गएको छ । अर्को एक सरकारी तथ्यांकअनुसार, जमिनमुनिको पानी ९ देखि ६८ मिटर तल झरेको छ । काठमाडौंमा मात्र प्रत्येक वर्ष १० हजार घर बनिरहेको अनुमान छ । यही हिसाबमा घर बनिरहेमा आगामी ३५ वर्षभित्र काठमाडौं महानगरपालिकाभित्रका सबै भूभाग घरैघरले ढाक्नेछ । केन्द्रीय तथ्यांक विभागका अनुसार, काठमाडौं जिल्लाको क्षेत्रफल ३ सय ९५ वर्गकिमि (३९ हजार ५ सय हेक्टर) छ । बढ्दो घरका कारण जमिनमुनिको पानीको स्रोत पुनर्नवीकरण हुन पाउँदैछ, जो ठूलो समस्या बन्ने निश्चित छ ।
राजधानीको मुख्य सहर काठमाडौंमा खानेपानीको समस्या झन् जटिल हुँदै गएको छ । यहाँको दैनिक खानेपानीको माग ३५ करोड लिटर छ । प्रत्येक वर्ष मागमा १० प्रतिशतका हिसाबले वृद्धि हुने काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को भनाइ छ । यहाँ वर्षायाममा १५ करोड लिटर उपलब्ध भए पनि औसतमा १० करोड लिटरमात्र पानी आपूर्ति भएको छ । यसरी उपलब्ध गराएको पानीमध्ये ६ करोड लिटर सतह स्रोतबाट र ४ करोड लिटर जमिनमुनिबाट निकालिएको छ, जसमा लगभग ४० प्रतिशत चुहावटबाटै खेर गइरहेकाले उपभोक्ताको भागमा सवा २ करोड लिटरजति मात्र पर्न आउँछ । काठमाडौंमा रहेका पानीसञ्चित कक्ष (रिजभ्र्वायर) हरूमा सबैभन्दा बढी चाबहिल ‘रिजभ्र्वायर’ को क्षमता ८५ लाख लिटर छ भने बालाजु ३६ लाख लिटर, बाँसबारी २० लाख लिटर र सुन्दरीघाट ८ लाख लिटर छ । काठमाडौंमा प्रत्येक वर्ष ४÷५ हजार नयाँ धारा थपिने गरेका छन् । यहाँका जनता कोट्कु र मेलम्ची आयोजनाहरूको प्रतीक्षामै जीवन बिताइरहेका छन् ।
विकसित देशहरूमा पनि पानीको दुरुपयोग एवं पाइपलाइनमा चुहावट नभएको होइन, जुन लगभग २० देखि ३० प्रतिशतसम्म हुन्छ । तर, नेपालमा यस किसिमको चुहावट ४० प्रतिशत हुने अनुमान छ । बदलिँदो आजको युगमा ४० देखि ६० प्रतिशतसम्म खानेपानी चुहावट र दुरुपयोग भइरहेको संयुक्त राष्ट्रसंघले जनाएको छ । यी समस्याको समाधानका लागि तत्काल सम्बन्धित निकायले गम्भीरतापूर्वक आवश्यक उपाय अपाउनैपर्छ ।
विश्वको जनसंख्या ७ अर्ब जनसंख्यालाई प्रतिव्यक्ति प्रतिदिनको २५ लिटर हिसाब गर्दा १ खर्ब ७५ अर्ब लिटर दैनिक पानी आपूर्ति गर्नुपर्ने अनुमान गर्न सकिन्छ । त्यसैगरी हाम्रो देशको कुल जनसंख्या हेर्ने हो भने २ करोड ६४ लाख ९४ हजार ५ सय ४ जनसंख्यालाई प्रतिव्यक्ति २५ लिटर पानीको हिसाब गर्दा दैनिक ६६ करोड २३ लाख ६२ हजार ६ सय लिटर पानी आवश्यक पर्ने अनुमान गर्न सकिन्छ । काठमाडौंमा प्रत्येक वर्ष बर्सात्मा ३ खर्ब ५० अर्ब लिटर पानी बाग्मती नदीमा बगेर खेर गइरहेको सरकारी तथ्यांकमा देखाइएको छ । त्यसलाई २५ प्रतिशतमात्र बचत गर्न सके पनि हालको काठमाडौं दैनिक २२ करोड लिटरले १ वर्षभन्दा बढी समय पुग्न सक्ने अनुमान गर्ने गरिएको छ । यदि दैनिक २२ करोड लिटरको हिसाबले प्रतिव्यक्ति प्रति दिन ८८ लिटर पानी भागमा पर्न आउँछ । यसबाट के कुराको पुष्टि हुन्छ भने वर्षात्को पानीलाई विभिन्न उपायबाट संकलन गरेको खण्डमा हाम्रो दैनिक पानीको मागको आपूर्तिमा निकै ठूलो सहयोग मिल्छ । यसका लागि सम्बन्धित निकायले बेलैमा विचार पु¥याएर कार्य गरेको खण्डमा अवश्य पनि उपत्यकावासीहरूको पानीको समस्याबाट मुक्त हुने सम्भावना रहन्छ । यसलाई मध्यनजर राखेर सम्बन्धित निकायहरूले बेलैमा ठोस कदम चाल्नु ढिला भइसकेको छ ।
बढ्दो जनभारले गर्दा हराभरा भएका वनजंगलहरूको नाश एकातिर हुँदैछ भने अर्कातिर कृषियोग्य भूमिका ह्रास बढ्दैछ । अतः बेलैमा सचेत भई यसको स्रोत संरक्षण र संवद्र्धनमा उचित ध्यान पु¥याउन सकेको खण्डमा भोलिको जनसंख्यालाई स्वच्छ, स्वस्थ र पर्याप्त खानेपानीको आपूर्ति हुने कुरामा आशा राख्न सकिन्छ ।

Source : http://www.karobardaily.com/nepali/news/2014/03/1395545296.

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s