दिनहुँ दुई माइल हिँडौं, फोक्सो जोगाऔं

काठमाडौ, चैत्र १ – ज्यान जोखिममा पर्ने श्वास-प्रश्वाससम्बन्धी समस्याले ग्रस्त भएकाहरूलाई खुसीको खबर । दिनहुँ दुई माइल (३.२१ किलोमिटर)  हिँड्ने गरे त्यस्ता व्यक्तिहरूको अस्पताल धाउने क्रम घट्न सक्छ । ‘रेस्पिरोलजी’ जर्नलमा प्रकाशित पछिल्लो अनुसन्धानमा यस्तै दाबी गरिएको छ ।

नियमित रूपमा हिँड्ने बानी नभएका क्रोनिक अब्स्ट्रक्टिभ पल्मोनरी डिजिज (सीओपीडी) का बिरामीहरूले अस्पताल बस्नुपर्ने दर दिनहुँ शारीरिक गतिविधि गर्नेहरूको दाँजोमा दोब्बर हुने उक्त अनुसन्धानमा उल्लेख छ । अनुसन्धाताहरूका अनुसार, दैनिक हिँडाइले व्यायामको क्षमता बढाउँछ । शारीरिक गतिविधि औषधिजस्तै हुन्छ । यसले सीओपीडी पीडितहरूको स्थितिमा सुधार ल्याउँछ । विश्वमा मानव मृत्युको तेस्रो प्रमुख कारण रहेको सीओपीडीले अमेरिकामा वर्षेनि १ लाख ३४ हजार व्यक्तिको मृत्यु हुने गरेको छ ।

अपरोक्ष धूमपानले बालबालिकालाई मुटुको समस्या अपरोक्ष धूमपानले बालबालिकाको रक्तनलीमा कहिल्यै निको नहुने गरी क्षति पुर्‍याउँछ । ‘युरोपियन हार्ट जर्नल’ मा प्रकाशित अनुसन्धान अनुसार, अभिभावक वा अरू कसैको धूमपानको नियमित सम्पर्कमा रहने बालबालिकाको रक्तनलीको भित्तो मोटो हुँदै जान्छ र यही कारण भविष्यमा तिनमा मुटुसम्बन्धी रोगको जोखिम बढ्ने गरेको छ ।

यो निष्कर्षमा पुग्नुअघि अनुसन्धानकर्ताहरूले अस्ट्रेलिया र फिनल्यान्डका अपरोक्ष धूमपानबाट बाल्यकालमा प्रभावित ३ हजार ७ सय वयस्कको परीक्षण गरेका थिए । उनीहरूको रक्तनली मोटो पाइएको थियो । अनुसन्धाताका अनुसार, बालबालिकाको धमनीमा सुरुआती अवस्थामा हुने यस्तो परिवर्तन सामान्य भए पनि २० वर्षपछि यही कुरा असरकारक हुन्छ । अभिभावकले धूमपान गर्ने वातावरणमा हुर्केका बालबालिकाको घाँटीदेखि टाउकोसम्म जाने मुख्य रक्तनलीको भित्तो सामान्य अवस्थाका बालबालिकाको तुलनामा औसत रूपमा ०.०१५ मिलिमिटर मोटो थियो । त्यसैले, सन्तान जन्माउने क्रममा रहेका धूमपानका सौखिन व्यक्तिहरूले यो अम्मल यथाशीघ्र त्याग्नुपर्ने अनुसन्धाताहरूले सुझाव दिएका छन् ।

प्रकाशित मिति: २०७० चैत्र १ ०९:५१

Source:- See more at: http://www.ekantipur.com/np/2070/12/6/full-story/385725.html#sthash.qnkv6wqV.dpuf

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s