अर्बपति मन्त्रीहरू

  • 20 Mar 2014 | 09:27am
  • बिहीबार ६ चैत्र, २०७०
  • अर्बपति मन्त्रीहरू
  • काठमाडौं– प्रधानमन्त्री सुशील कोइरालाले आफूसँग कुनै भौतिक र नगद सम्पत्ति नभएको विवरण सरकारलाई बुझाए पनि उनको नेतृत्वमा रहेको मन्त्रीमण्डलमा भने अर्बपति मन्त्री छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले मंगलबार वेबसाइटमा सार्वजनिक गरेको सम्पत्ति विवरणमा नयाँ मन्त्रीको तुलनामा धेरैपटक मन्त्री भएका धनी देखिएका छन्। 

     
    पटक–पटक मन्त्री भएका र महत्वपूर्ण मन्त्रालय हाँकेका कांग्रेस–एमालेका नेताले सम्पत्तिको रूपमा काठमाडौंमा करोडौं पर्ने घर–जग्गा र कैयौं तोला सुन रहेको खुलाएका छन्। 

    कसको सम्पत्ति कति?

    सुशील कोइराला

    वर्तमान मन्त्रिपरिषदमा सम्पत्ति नै नभएकामा प्रधानमन्त्री सुशील कोइराला पर्छन्। उनको नाउँमा घर, गाडीलगायत कुनै जिन्सी र नगद नभएको सम्पत्ति विवरणमा उल्लेख छ। उनले बुझाएको विवरणअनुसार सम्पत्तिको नाममा उनीसँग तीन थान मोबाइल सेट मात्र छ। 

    वामदेव गौतम 

    गृह मन्त्रालयमा ह्याटि्रक गरेका वामदेव गौतम पनि सम्पत्ति धेरै हुने मन्त्रीम पर्छन्। साढे चार दशकदेखि राजनीतिमा सक्रिय गौतम तीनै पटक संयुक्त सरकारमा एमालेको नेतृत्व गर्दै उपप्रधान तथा गृहमन्त्री बनेका थिए। 
    उनको बदिर्याको डेउडाकलामा छोरा हरिशदेवको नाममा तीन कट्ठा जग्गा, राजधानीको बालकुमारीस्थित निर्माणाधीन भेगास सिटीमा पत्‍नी तुलसाको नाममा ५० लाख रुपैया“को फ्ल्याट, ललितपुरको छम्पीमा ७ आना २ पैसा जग्गा, बुहारी ताराको नाममा काठमाडौंको सांग्ला गाविसमा १ रोपनी जग्गा र भरतपुरमा छोराको नाममा १३ लाख ३३ हजारको जग्गा छ। बुहारीकै नाममा हुन्डाई आई २० गाडी छ।
    नबिल बैंकबाट १ करोड ऋण लिएकोमा ५० लाख रुपैया“ तिरिसकेको गृहमन्त्री गौतमले उल्लेख गरेका छन्। उनले सम्पत्तिको स्रोत बुहारीको पेवा, स्वआर्जन, पारिश्रमिक र पैत्रिक भएको उल्लेख गरेका छन्।
    गौतमको छोरा र उनको नाममा करोडभन्दा बढी नगद छ। उनीस“ग सुन ३५ तोला, चा“दी १ सय तोला, हीरा एक सेट, बैंंकमा छोराको नाममा ९६ लाख, आफ्नै नाममा १ लाख र पत्‍नी तुलसाको नाममा बैंक तथा वित्तीय संस्थामा ११ लाख रुपैया“ बराबरको सेयर छ। 

    प्रकाशमान सिंह 

    स्थानीय विकास मन्त्रालयको जिम्मेवारी पाएका उपप्रधानमन्त्री सिंह २०४६ को जनआन्दोलनका कमान्डर तथा सर्वमान्य नेता गणेशमान सिंहका छोरा हुन्। संविधानसभामा काठमाडौं १ बाट निर्वाचित सिंह २०५२ मा राष्ट्रियसभा सदस्य थिए। उनले यसअघि जनसंख्या तथा वातावरण, स्थानीय विकास, आपूर्ति, भौतिक योजना मन्त्रालय सम्हालिसकेका छन्।
    पार्टी उपसभापतिको जिम्मेवारी सम्हालिसकेका सिंह हाल महामन्त्रीको जिम्मेवारीमा छन्। प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार सिंहको क्षेत्रपाटीमा सगोलको ७ रोपनी जग्गामा दुइटा घर, अपार्टमेन्ट, उपत्यकाभित्र ३२ रोपनी जग्गा, धनुषामा ३० बिघा जग्गा छ। उनीसँग ६५ तोला सुन, करिब २ किलो चा“दीका गरगहना, बैंकमा ७ लाख ६४ हजार रुपैया“, विभिन्न बैंक तथा वित्तीय संस्थामा १५ लाख रुपैया“ बराबरको सेयर, टोयोटा प्राडो गाडी र एउटा मोटरसाइकल पनि छ।

    रामशरण महत 

    तीन पटकसम्म अर्थमन्त्री बनेका महत सबैभन्दा धेरै सुन भएका मन्त्री हुन्। उनले बुझाएको सम्पत्ति विवरणअनुसार उनीस“ग ९५ तोला सुनका गहना, २ सय १० तोला चाँदी र केही हीराका गहना छन्। 
    त्यसैगरी, उनीसँग काठमाडौं बा“सबारीमा १ रोपनी २ आनामा बनेको साढे दुईतले घर, १ सय ६३ वर्गमिटरको अपार्टमेन्ट, राजधानीमा ४ रोपनी र काभ्रेमा १४ रोपनी, गृहजिल्लाको चौघडामा ६३ रोपनी र अंशबन्डा हुन बा“की घरजग्गा छ। उनको धेरैजसो सम्पत्ति पत्नी रोशनाको नाममा छ। सम्पत्तिको स्रोत स्वआर्जन र माइतीबाट पाएको दाइजो पेवा भनेर उल्लेख गरिएको छ। 
    टोयोटा प्राडो गाडी र मारुती कार, बैंकमा करिब ६४ लाख नगद र विभिन्न बैंकमा ८ लाखभन्दा बढीको सेयर पनि उनीसँग छ। उनले बैंकबाट १ करोड १० लाख रुपैया“ ऋण लिएका छन्। महतसँग हिमालयन र स्टान्डर्ड चार्टर्ड बैंकमा गरी २५ हजार ८ सय ३४ अमेरिकी डलर मौज्दात छ।
    संविधानसभा निर्वाचनमा नुवाकोट २ बाट निर्वाचित अर्थमन्त्री महतले यसअघि पनि पटक–पटक अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए। राष्ट्रिय योजना आयोगको उपाध्यक्ष हुँदै राजनीतिको मूलप्रवाहमा आएका महत २०५२ मा पहिलोपटक अर्थमन्त्री बनेका हुन्। अर्थशास्त्रमा पिएचडी महतले संयुक्त राष्ट्रसंघीय निकायमा माथिल्लो ओहोदामा रहेर काम गरेका थिए।

    विमलेन्द्र निधि

    कांग्रेसका दिवंगत नेता महेन्द्रनारायण निधिका छोरा विमलेन्द्र भौतिक पूर्वाधार तथा यातायातमन्त्री हुन्। उनीसँग भत्तपुर कटुञ्जेमा १ रोपनी जग्गा, ६० तोला सुन, १ सय ५० तोला चाँदी, साथमा र बैंकमा गरी करिब ४५ लाख रुपैया“ र २ लाखभन्दा बढीको सेयर सम्पत्ति छ। उनले गृहजिल्ला धनुषामा रहेको पैतृक सम्पत्ति छुट्टै पेस गरेको उल्लेख गरे पनि वेबसाइटमा छैन। संविधानसभा निर्वाचनमा धनुषा ३ बाट निर्वाचित उनले यसअघि सामान्य प्रशासन, उद्योग तथा वाणिज्य, शिक्षा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए। 

    चित्रलेखा यादव 

    कांग्रेस कोषाध्यक्षसमेत रहेकी चित्रलेखा यादव २०५६ को आमनिर्वाचनपछि प्रतिनिधिसभामा उपसभामुख भएकी थिइन्। शिक्षामन्त्री चित्रलेखा र उनका पति कृष्ण यादवको नाममा राजधानीमा चार र सिरहामा एक ठाउँमा घरजग्गा, ललितपुर र सिरहाका ११ ठाउ“मा जग्गा, विभिन्न बैंकमा नगद र सेयर, मारुती सुजुकी गाडी, मोटरसाइकल र ८८ लाख रुपैया“ बराबरको सम्पत्ति छ। 

    महेश आचार्य 

    २०४८ को आमनिर्वाचनपछि गठन भएको सरकारमा अर्थ राज्यमन्त्री बनेका आचार्य पटकपटक मन्त्री भइसकेका छन्। अर्थ, कृषि, रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका आचार्यले अहिले वन मन्त्रालयको जिम्मेवारी पाएका छन्। मोरङ ६ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका आचार्यको मोरङको विराटनगरमा ३ कट्ठा, झोराहाटमा २ बिघा जग्गा, राजधानीमा ६ आना २ पैसामा बनेको घर, ४५ तोला सुन, बैंकमा ६५ लाख नगद र बैंक तथा वित्तीय संस्थामा करिब १० लाखको सेयर सम्पत्ति छ।

    नरहरि आचार्य 

    कानुनमन्त्री नरहरि आचार्यको राजधानीमा १ रोपनी २ आनामा बनेको घर, राजधानीमै १ रोपनी जग्गा, तनहु“को दमौलीमा ६ सय ४५ वर्गफिटमा बनेको घर र १८ रोपनी जमिन, ७ तोला सुन, १ किलो चा“दी, बैंकमा १२ हजार रुपैया“ र मोटरसाइकल छ। पत्नी शारदाको नाममा राजधानीमा २ आना १ पैसा र चितवनमा ३० कट्ठा जग्गा, ३० लाख नगद, ३५ तोला सुन र डेढ किलो चा“दीका गहना रहेको विवरण उनले बुझाएका छन्।। संविधानसभा निर्वाचनमा काठमाडौं ५ बाट निर्वाचित उनी यसअघि पनि कानुन, न्याय तथा संसदीय विकास मन्त्री थिए। 

    मीनेन्द्र रिजाल

    अर्थशास्त्रमा पिएचडी मीनेन्द्र रिजाल यसअघि पनि संघीय मामिला तथा संस्कृति मन्त्री बनिसकेका छन्। हाल सूचना तथा सञ्चारमन्त्री रिजाल र उनकी पत्नी दुर्गाको नाममा गृहजिल्ला मोरङको विराटनगरमा साढे ११ कट्ठामा घरजग्गा, दुलारी गाविसमा आठ बिघा जग्गा, राजधानीमा २ रोपनी जग्गा र घर, ४० तोला सुन, ४ सय तोला चाँदी, बैंकमा ५० लाख नगद, विभिन्न संस्थामा सवा करोड रुपैया“ बराबरको सेयर र मारुती सुजुकी गाडी छ। 

    नारायण खड्का

    सहरी विकासमन्त्री नारायण खड्काको राजधानीका दुई ठाउ“मा घरजग्गा, अर्को एउटा घडेरी र गृहजिल्ला उदयपुरमा एक कट्ठा जग्गा, सुन १८ तोला, बैंकमा करिब ४ लाख नगद र टोयोटा कार छ। 
    उदयपुर १ बाट संविधानसभामा निर्वाचित खड्का तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईका सल्लाहकार तथा सहयोगी थिए। राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भइसकेका खड्का पहिलोपटक मन्त्री बनेका हुन्। 

    राधा ज्ञवाली

    साढे चार दशकदेखि राजनीतिमा रहेकी राधा ज्ञवाली दोस्रोपटक ऊर्जामन्त्री बनेकी हुन्। बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषदमा उनी ८ दिन ऊर्जामन्त्री बनेकी थिइन्। झलनाथ खनाल प्रधानमन्त्री हुँदा शिक्षा राज्यमन्त्री बनाइँदा असन्तुष्टि जनाउँदै शपथग्रहण गरिनन्। 
    ऊर्जामन्त्री ज्ञवाली र परिवारको नाममा बुटवलमा डेढ कट्ठामा बनेको दुईतले घर, १ कट्ठा १० धुर जग्गा, ९ लाख १० हजार नगद, सुन १० तोला, चा“दी २० तोला, ३ लाख रुपैया“ बराबरको सेयर, फोर्ड गाडी र स्कुटर छ। 

    नारायणप्रसाद (एनपी) साउद

    संविधानसभा निर्वाचनमा कञ्चनपुर २ बाट विजयी एनपी साउदले यसअघि शिक्षा राज्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए। उनको पत्नीको नाममा विभिन्न बैंकमा १८ लाख ४० हजार नगद सम्पत्ति छ। साउदको कञ्चनपुर र डडेलधुरामा घरजग्गा, ५० रोपनी जग्गा, ३२ तोला सुन र ७० तोला चा“दी छ। 

    महेन्द्रबहादुर पाण्डे

    परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेको राजधानीमा १० आनामा बनेको घर, गृहजिल्ला नुवाकोटमा २६ रोपनी जग्गा, काठमाडौं, चितवन र बेंसीसहरमा घडेरी, १० तोला सुन र २० तोला चाँदी, बैंकमा १६ लाख नगद, २ लाखको सेयर, दुई मोटरसाइकल छ र ५ लाख ऋण छ।
    २०५१ मा एमालेको अल्पमत सरकार बनेका बेला समाज कल्याण परिषदको सदस्यचिव रहेका उनी २०५६ मा नुवाकोट ३ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए। उनी पुनर्स्थापित प्रतिनिधिसभामा मुख्य सचेतक थिए। 

    खगराज अधिकारी

    एमाले पोलिटब्युरो सदस्यसमेत रहेका स्वास्थ्यमन्त्री खगराज अधिकारीको पोखरामा घरघडेरी, ४ हजार २ सय ५० वर्गमिटर जग्गा, नगद ५ लाख ५० हजार, ३ तोला सुन, ६ लाखभन्दा बढीको सेयर र ऋण २ लाख छ। 

    अर्का मन्त्री लालबाबु पण्डितको राजधानीमा ४ आना घडेरी, गृह जिल्ला मोरङमा १ कट्ठामा बनेको घर, करिब चार बिघा खेतीयोग्य जमिन, सुन र चा“दा १० र १० तोला र बैंकमा ४७ लाख नगद छ। उनी २०५१ मा कास्की १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए।

    पुरुषोत्तम पौडेल

    युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलको भत्तपुर, निजगढ र हेटौंडामा घरघडेरी, निजगढमा २० आना जग्गा, सुन ८ तोला, चा“दी १० तोला, बैंकमा २ लाख ५० हजार नगद, करिब ३ लाख रुपैया“ बराबरको सेयर, एउटा स्कुटर छ। उनले पाँच लाख रुपैयाँ ऋण रहेको पनि खुलाएका छन्। 
    विद्यार्थी राजनीतिबाट पार्टीमा आएका पौडेल बारा ६ बाट संविधानसभामा निर्वाचित भएका हुन्। २०५६ को निर्वाचनमा पौडेल बारा ३ बाट निर्वाचित भएका थिए। खनाल प्रधानमन्त्री हुँदा उनी सल्लाहकार थिए। 

    दलबहादुर राना

    भूमिसुधारमन्त्री दलबहादुर रानाको राजधानी र गृहजिल्ला पाल्पामा घरघडेरी, छोराको नाममा बेलायतमा घर, सुन ११ तोला, बैंकमा ७० हजार नगद र सेयर ३ हजार रुपैया“ छ। 
    २०५१ मा पाल्पा १ बाट प्रतिनिधिसभामा चुनिएका राना २०६४ मा पनि संविधानसभामा निर्वाचित भएका थिए। 

    कर्णबहादुर थापा

    उद्योगमन्त्री कर्णबहादुर थापाले गृहजिल्ला बाजुरामा घरघडेरी, ६ हजार १ सय वर्गमिटर कृषियोग्य जग्गा, राजधानीमा साढे २ आना घडेरी, १७ तोला सुन र २ सय २० तोला चाँदी, बैंकमा ४६ हजार नगद, एउटा मोटरसाइकल, १५ बाख्रा, ३ गाई, कम्प्युटर र १२ लाख रुपैया“ ऋण रहेको उल्लेख गरेका छन्।

    हरि पराजुली

    कृषिमन्त्री हरिप्रसाद पराजुलीको नाममा गृहजिल्ला बा“केको कोहलपुर र भरतपुर नगरपालिकामा घरघडेरी, कोहलपुरमा ३ बिघा जग्गा, काठमाडौं र भरतपुरमा घडेरी, १४ लाख नगद, २२ तोला सुन र ७ तोला चाँदी, चारवटा ट्र्याक्टर, दुइटा मोटरसाइकल, माटो खन्ने मेसिन छ। उनले २७ लाख रुपैया ऋण रहेको खुलाएका छन्। 

    लालबाबु पण्डित

    २०३६ को मजदुर आन्दोलनबाट राजनीतिमा लागेका लालबाबु पण्डित मोरङ २ बाट २०४६ र २०५६ गरी दुईपटक प्रतिनिधिसभामा निर्वाचित भएका थिए। पहिलोपटक मन्त्री बनेका पण्डितसँग विराटनगरमा १ कट्ठा, ललितपुरमा ४ आना र सर्लाहीमा १२ कट्ठा जग्गा छ। उनको नाममा एभरेस्ट बैंकमा २४ लाख र पत्नी विमला पण्डितको नाउँमा कृषि विकास बैंकमा २३ लाख रुपैयाँ बचत छ। उनीसँग १० तोला सुन र १० तोला चाँदी पनि छ।

    भीम आचार्य 

    संविधानसभा निर्वाचनमा सुनसरी ६ बाट लगातार दोस्रोपटक निर्वाचित भीम आचार्य विघटित सविधानसभामा पार्टीका मुख्य सचेतक थिए। उनले सम्पत्ति विवरण बुझाएका छैनन्। 

    टेकबहादुर गुरुङ

    नेपाली कांग्रेसको कोटाबाट श्रमराज्यमन्त्री भएका टेकबहादुर गुरुङ पनि धनीमै पर्छ। मनाङबाट संविधानसभा सदस्यमा निर्वाचित भएका उनी म्यानपावर व्यवसायीसमेत हुन्। उनको राजधानीमा १७ रोपनी, १४ आना र ८ आनामा बनेका तीनवटा घर, चितवनमा ९ बिघा, भैरहवामा डेढ बिघा र गृहजिल्ला मनाङ १० रोपनी जग्गा छ। उनीसँग ४१ लाख रुपैया“ बराबरको सेयर, दुइटा मह“गा जिप, एउटा कार र १५ लाख रुपैया“ ऋण छ। उनले ती सबै व्यापार र पैतिृक सम्पत्तिबाट आर्जन गरेको उल्लेख गरेका छन्।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s