कृषि उपजको लागि बजारको बढ्दो माग

विश्वनाथ खरेल ,

सामान्य अर्थमा बजार भन्नाले त्यस्तो ठाउँ हो, जहाँ वस्तु वा सेवाहरुको खरिद तथा बिक्री हुने गर्दछ । बजारको परिभाषाले त्यस्तो स्थान भन्ने जनाउँदछ, जहाँ क्रेता र बिक्रेताले एक अर्कालाई भेटेर वस्तु वा सेवाको खरिद बिक्री गर्दछन् र स्वामित्व हस्तान्तरण गर्दछन् । बजारले वस्तु तथा सेवाको विनिमय गर्ने, वस्तु तथा सेवासंग्रह गर्ने, उपभोक्ताका लागि थरि–थरिका वस्तु सजिलै उपलब्ध गराउने, खाद्य पदार्थको गुणस्तरमा सुधार गर्ने र उत्पादन पछि हुने क्षतिमा न्यूनीकरण गर्ने जस्ता कार्यहरु गर्दछ । व्यावसायिक कृषि उत्पादन वृद्धि गर्न कृषि बजारको अहम् भूमिका रहेको हुन्छ । कृषि बजार संचालनका लागि कृषि बजारसित सम्बन्धित बजारका पूर्वाधारहरुको निर्माण हुनु पनि त्यत्तिकै आवश्यक हुन्छ । हाम्रो जस्तो देशमा सातौं पञ्चवर्षीय योजनासम्म कृषि क्षेत्रको उत्पादनमा मात्रै विशेष जोड दिइयो भने यसको बजार विकासको क्षेत्रलाई गौण रुपमा हेरियो जसको कारण आज विभिन्न फलफूल तथा तरकारी पकेट क्षेत्रहरु जस्तै मुस्ताङ, जुम्ला, डोल्पा आदि ठाउँका स्याउ उत्पादक कृषकहरु बजार पूर्वाधार को कमीले गर्दा आफूले लगाएका फलफूलका बिरुवाहरु नष्ट गर्न समेत पुगेका छन् । त्यसरी नै खाद्य तथा कृषि संगठनको परिभाषा अनुसार बजार सूचना प्रायशः सरकारी क्षेत्रबाट संचालित सेवा हो ।
जसमा नियमित रुपमा मूल्यसम्बन्धी जानकारी र केही हदसम्म उल्लेख रुपमा ग्रामीण संकलन केन्द्र, थोक बजार तथा खुद्रा बजारहरुबाट कारोबार भएका वस्तुहरुको परिमाण नियमित रुपमा संकलन गर्ने तथा यी सूचनाहरुलाई विभिन्न संचार माध्यमहरुद्वारा कृषक, व्यापारी, सरकारी निकायहरु, नीति निर्माताहरु र अन्य क्षेत्रहरुलाई समयमै नियमित रुपमा पठाउने कार्यहरु समावेश हुन्छन् । कृषि बजार प्रणालीमा समयानुकूल परिवर्तन गर्नका लागि उपर्युक्त विषय र समस्याहरुलाई उचित प्रकारले सम्बोधन र समाधान गरिनुपर्दछ । बजार प्रणालीमा गरिने यस प्रकारको सुधारले उपभोक्ताको हितका साथै उचित मूल्यमा वस्तुको निमित आपूर्तिलाई समेत सुनिश्चित गर्दछ । यसबाट व्यावसायिक कृषि उत्पादनमा संलग्न किसानहरुले आफ्नै उत्पादनको उचित मूल्य पाउनुका साथै बजारको सुनिश्चितताले गर्दा उत्पादन वृद्धिमा समेत निरन्तरता रहनेगर्दछ । यसर्थ कृषि बजार सेवाले व्यवस्थित बजार क्रियाकलापहरु एवं सेवाहरुलाई जनाउँदछ ।
बजार सेवाभित्र कुनै वस्तु वा उपजको उत्पादन स्थलदेखि उपभोक्तासम्म पुग्ने क्रियाकलापका साथै बजारको लागि आवश्यक सूचना उपलब्ध गराउने कार्यहरु समेत पर्दछन् । यसैगरी व्यावसायिक कृषि उत्पादनका साथसाथै कृषि उपज बजार पूर्वाधार निर्माणसम्बन्धी माग पनि दिनप्रतिदिन बढ्ने क्रममा रहेको छ । तर बजार पूर्वाधारका लागि नेपाल सरकारबाट स्वीकृत मापदण्डविनाका बजारहरु अव्यवस्थित रुपले संचालन भएका पाइन्छन् । यस्ता बजारहरु दीर्घकालसम्म संचालनमा समेत आउन सकेका छैनन् । व्यवस्थित रुपमा संचालन भएका कृषि बजारहरुले किसान तथा उपभोक्ताहरुलाई दीर्घकालसम्म सेवा पु-याएको पाइन्छ, र यस्ता बजारहरुले आ–आफ्नो ठाउँमा निरन्तरता समेत पाएको पाइन्छ । व्यवस्थित बजारमा उत्पादन योजना, बाली लिनु, केलाउनु वा सफा गर्नु, किसान थलोबाट ढुवानी गर्ने वा भण्डारण गर्ने, उपज ग्रेडिङ्ग गर्ने, प्याकेजिङ्ग साधनको खोजी, प्राप्ति र प्याकिङ्ग, ओसारपसार र ढुवानी, भण्डारण, प्रशोधन तथा क्रेतासँग सम्पर्क, बजारको खोजी, बिक्रीवितरण, उत्पादनस्थल र बजारबीच दोहोरो पारदर्शी बजार सूचना आदान–प्रदान गर्ने आदि कार्यहरु गर्दछ ।
समग्रमा भन्नुपर्दा किसानहरुले बजार सूचनाका आधारमा नै आफ्नो उपजको बढी मूल्य पाउन सक्दछन् । यस्ता बजार सूचनाहरु कृषि प्रसार कार्यकर्ता, गैरसरकारी संस्था, योजना अधिकृत लगायतका व्यक्तिहरुले किसानहरुलाई उपलब्ध गराई सघाउ पु¥याउन सक्दछन् । यस्ता सूचना पाएर कृषकहरुले थोक बजारमा लगेर बिक्री गर्दा उचित फाइदा लिन सकिन्छ भन्ने विषयमा सोच्न सक्दछन् । किसानहरुको व्यापारीसँग मोलमोलाइ गर्ने क्षमता यस्ता बजार सूचनामा भर पर्दछ । विशेषतः थोक बजार, हाटबजार, संकलन केन्द्रमा धेरै व्यापारीहरु जम्मा भए भने मोलमोलाइ धेरै गर्न सकिने सम्भावना रहन्छ । स्थानीय संकलन केन्द्र वा हाटबजारमा किनिएका कृषि उपजहरुको मूल्य उपभोक्तासँग धेरै तह पार गरेर आउनुपर्दा बढी हुने गर्दछ । यसमा किसानहरुले आफूले पाउने मूल्य र उपभोक्ताले तिर्ने मूल्यबीच जे–जति फरक छ त्यसबारे पनि जानकारी लिएर उचित निर्णय लिन सक्दछन् ।
बजार सूचना दिने बजारप्रसार कार्यकर्ता÷संस्था÷व्यक्तिले किसानहरुलाई कुरा बुझाउन सक्नुपर्दछ । यदि टाढाको बजारमा मूल्य १५ रुपैयाँ छ र स्थानीय संकलन केन्द्रमा किसानले रु १० पाउँछ भने त्यसबीचको मूल्य अन्तरलाई केलाएर ठीक÷बेठीक छुट्याउनुपर्दछ । यसर्थ कृषि बजार योजना तयार गरी उत्पादन गरेमा निश्चय पनि आफ्नो उत्पादनबाट चाहेजस्तो फाइदा लिन सकिन्छ । आज विकसित देशहरुले कम लगानी तथा कम श्रम गरेर कृषिक्षेत्रबाट अधिकभन्दा अधिक फाइदा लिएको हामी पाउँछौं । जब कि, हाम्रो जस्तो अविकसित मुलुकहरुले बढी लगानी र बढी श्रम खर्च गरेर पनि नगन्य रुपमा नाफा लिएको हुन्छ । यो कृषि बजार योजनाको अभावले गर्दा नै हो भन्नुमा अत्युक्ति नहोला ।  

Source : http://www.aarthikdainik.com.np/news_details/7032/-701205.

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s