डायलेसिसको विकल्प नानोफाइबर जाली

रगतमा रहेको फोहोर छानेर त्यसलाई पिसाबमा परिणत गर्नु मिर्गौलाको मुख्य काममा पर्छ तर मिर्गौला विफल भएका रोगीको शरीरमा यो प्रक्रिया सञ्चालन नहुने भएकाले उनीहरूको रगतमा फोहोर बढ्दै जान्छ ।  यसको समाधानका लागि रोगीले नियमित रूपमा डायलेसिस गराउनुपर्छ ।  जुन खर्चिलो र झन्झटिलो पनि छ तर वैज्ञानिकले नानोफाइबरले एक प्रकारको जाली बनाएका छन् जसलाई रोगीले लगाउन सक्छ ।  यसलाई वैज्ञानिकले डायलेसिसको उत्तम विकल्प मानेका छन् ।
बायोमटेरियल साइन्स जर्नलमा यस खोजको जानकारी दिइएको छ ।  मिर्गौला विफल भएका रोगीको उपचारमा हाललाई डायलेसिस नै प्रचलनमा रहेको छ ।  एक ठूलो मेसिनलाई घर वा अस्पतालमा राखेर रोगीको शरीरको रगतलाई त्यसद्वारा छान्ने गरिन्छ ।  जापानको नेसनल इन्स्टिच्युट फर मटेरियल्स साइन्सअन्तर्गतको इन्टरनेसनल सेन्टर फर मटेरियल्स नानोआर्किटेक्नोसिसका वैज्ञानिकले डायलेसिस गर्ने मेसिनलाई विद्युत् आवश्यक पर्ने र नियमित रूपमा त्यसको मर्मत पनि गर्नुपर्ने भएकाले गरिब देशहरूमा यसको सहज उपलब्धता हुन नसकेको बताएका छन् ।  जापानमा आएको विनाशकारी भूकम्प र सुनामीले गर्दा डायलेसिस गराउनुपर्ने बिरामीको विचल्ली भएको देखेर ती वैज्ञानिकले रगत छान्ने सस्तो र सजिलो तरिका खोज्ने अभियान थालेका थिए ।
उनीहरूले बनाएको नानोफाइबर जालीलाई रोगीले आफ्नो पाखुरामा लगाउन पनि सक्छ ।  रगत छान्ने नानोफाइबर जाली बनाउन वैज्ञानिकहरूले सबैभन्दा पहिले पोलिथेलिन–को–भिनायल अलकोहल तथा अल्मुनियम सिलिकोन र अक्सिजनद्वारा बनाइने अल्मिनोसिलिकेट (जियोलाइट)को संयोजनले रगत अनुकूल हुने पोलिमर तयार पारेका थिए ।  जियोलाइटमा सूक्ष्म प्वाल हुन्छन्, जसले रगतमा रहेका फोहोर तìवलाई अवशोषित गर्छ ।
नानोफाइबरको परीक्षण गर्दा त्यसको जियोलाइटले रगतको क्रियटिनिन छान्ने पाइएको छ तर यो अनुसन्धान अहिले प्रारम्भिक अवस्थामा रहेकोले नानोफाइबर जालीलाई रोगीको हातसम्म पु¥याउन यसमा थप अनुसन्धान गर्नुपर्ने वैज्ञानिक टोलीको भनाइ छ ।  एजेन्सी

 

तापक्रम वृद्धिसँगै औलो फैलिँदै

हरेक वर्ष जीवन जोखिममा पार्ने औलो रोगबाट विश्वमा तीस करोडभन्दा बढी मानिस सङ्क्रमित हुन्छन् ।  लामखुट्टेले मानिसमा सार्ने परजीवीको सङ्क्रमणले औलो रोग लाग्छ ।  अहिले आएर विश्वव्यापी तापक्रम वृद्धिले विश्वमा औलो रोगीको सङ्ख्या बढाइरहेको त छैन भन्ने बहस चल्ने गरेको छ ।  एक अनुसन्धानले गर्मी बढेका वर्षमा औलो रोग उच्च समस्थलीहरूमा पनि देखिएको बलियो प्रमाण प्रस्तुत गरेको छ ।  साइन्स जर्नलमा उल्लेखित अनुसन्धानको विवरणमा भनिएको छ– भविष्यमा गर्मी मौसमले औलो रोग बढाउने छ, विशेष गरी अफ्रिका र दक्षिण अमेरिकी क्षेत्रमा बढी औलो रोगी हुनेछन् ।
इथियोपिया र कोलम्बियाका उच्च क्षेत्रमा अमेरिकाको मिचिगन विश्वविद्यालय र लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रोपिकल मेडिसिनका अनुसन्धानकर्ताहरूले तापक्रम वृद्धिले गर्दा लामखुट्टे घुमन्ते भएको र तापक्रम घटेमा लामखुट्टे कम उचाइको क्षेत्रमा फर्कने जानकारी दिएका छन् ।  २० वर्ष पहिले वैज्ञानिकले औलो रोगलाई जलवायु परिवर्तनप्रति संवेदनशील हुनसक्ने भनेका थिए ।  औलो रोग उत्पन्न गर्ने प्लास्मोडियम परजीवी र त्यसलाई बोक्ने एनोफेलिस लामखुट्टे न्यानो मौसममा हुर्कने गर्छन् ।  
अनुसन्धान टोलीले कोलम्बियाको पश्चिमी क्षेत्रको एन्टिक्वेयामा सन् १९९० देखि २००५ सम्म र इथियोपियाको देब्री जाइट क्षेत्रमा सन् १९९३ देखि २००५ सम्म औलो रोगको प्रकोप सम्बन्धमा तयार पारिएका विवरण केलाएको थियो ।
औलो रोग उच्च क्षेत्रमा पनि देखिनुले यस रोगबाट मर्नेको सङ्ख्या बढ्ने अनुमान गरिएको छ किनभने उच्च क्षेत्रमा बस्नेहरूको शरीरमा औलो रोगसँग लड्ने क्षमता कम हुन्छ ।  विश्वमा तीन अर्ब ३० करोड मानिस औलो रोगको जोखिममा रहेको अवस्थामा यस रोगबाट मर्ने ९५ प्रतिशत मानिस अफ्रिकाका छन् ।  इथियोपियामा ५२८० देखि ७९२० फिट उचाइमा बस्ने मानिससमेत तापक्रम बढेका बेला औलो रोगको जोखिममा रहेको पाइएको छ ।
अघिल्ला अनुसन्धानको गणना अनुसार तापक्रममा एक डिग्री सेन्टिग्रेड वृद्धि भएमा इथियोपियामा प्रत्येक वर्ष १५ वर्षमुनिका ३० लाख औलोका रोगी थपिने छन् ।  एजेन्सी

 

छाती पोल्नु र घाँटीको क्यान्सरबीच सम्बन्ध

अमेरिकन एसोसिएसन फर क्यान्सर रिसर्चको जर्नलमा उल्लेख गरिए अनुसार लामो समयदेखि छाती पोल्ने समस्या भएकाहरूलाई घाँटीको क्यान्सर हुने सम्भावना हुन्छ ।  
क्यान्सर इपीडीमीयोलोजी, बायोमेकर्स एन्ड प्रिभेन्सन जर्नलमा छाती पोल्ने समस्याबाट बच्न खानपिन र जीवनशैली परिवर्तन गर्नुपर्ने सुझाव पनि दिइएको छ ।  चिकित्सा क्षेत्रले पाइरोसिस भन्ने गरेको छाती पोल्ने समस्यामा आमाशयमा  अत्यधिक अम्ल उत्पन्न भएर छातीमा असजिलो हुने, पोल्ने तथा घाँटी र बङ्गारासम्म त्यसको असर महसुस हुने गर्छ ।  विगतका अनुसन्धानले जीवनशैली परिवर्तन गरेमा छाती पोल्ने समस्या कम गर्न सकिने र औषधिमा मात्र भर पर्न नहुने बताएका थिए ।  नयाँ अनुसन्धानमा संलग्न ब्राउन विश्वविद्यालयका डा. स्कट लङगेभिनले भन्नुभएको छ, ठूलो जनसङ्ख्यामा गरेको अनुसन्धानबाट अम्ल बढेर (ग्यास्ट्रिक रिफ्लक्स) नियमित रूपमा छाती पोल्ने समस्याको सोझो सम्बन्ध घाँटीको र कण्ठनलीको क्यान्सरसँग हुने सुझाव हामीले दिएका छौँ ।  अमेरिकाको बोस्टन क्षेत्रमा ठूलो जनसङ्ख्यामाथि अनुसन्धान गर्दा उहाँको टोलीले ४६८ जनामा घाँटीको र १६३ जनामा कण्ठनलीको क्यान्सर फेला पारेको थियो ।  ती सबैलाई छाती पोल्ने समस्या रहेको अनुुसन्धान टोलीले जनाएको छ ।
ह्युम्यान पेपिलोमा भाइरसको सङ्क्रमणले समेत घाँटीको क्यान्सर हुने गर्छ ।  अनुसन्धानको आधारमा नियमित रूपमा छाती पोल्ने समस्या भएकाहरूलाई घाँटीको क्यान्सर हुने सम्भावना ७८ प्रतिशत बढी हुने सुझाव दिइएको छ तर छाती पोल्ने समस्या हटाउन एन्टासिड खाने व्यक्तिहरूमा चाहिँ क्यान्सरको खतरा घटेर ४१ प्रतिशत मात्र हुने जनाइएको छ ।  एजेन्सी

 

काँचो दूध पोषणको भण्डार

दशकौँ पहिले गाईको काँचो दूधलाई पोषणको भण्डार र औषधि मानेर उपभोग गरिन्थ्यो ।  गाउँघरतिर अचेल पनि कसैकसैले गाईको काँचो दूध पिउन छाडेका छैनन् ।  तथापि प्रशोधित दूधको बजार हाल विस्तार भइसकेको छ ।  विश्वका कैयौँ संस्कृतिमा काँचो दूधलाई अत्यावश्यक र सुरक्षित उपभोग्य खाद्य वस्तु मान्ने गरिएको छ ।  रेफ्रिजेरेटरको आविष्कारपछि दूधलाई चिस्याएर राख्ने चलन सुरु भयो ।  जसले गर्दा अहिले आएर काँचो दूध उपभोग गर्ने व्यक्ति विरलै देखिन्छन् ।  खाद्य संस्कृतिमा आएको परिवर्तनले पनि आधुनिक व्यञ्जनको अगाडि परम्परागत परिकार खल्लो भएको छ ।  
पहिलो कुरा त काँचो दूधमा २२ वटै अमिनो एसिड हुन्छ ।  जसमध्ये आठवटा अमिनो एसिडले शरीरमा पाचन प्रक्रिया र प्रोटिनको कार्यमा महìवपूर्ण भूमिका निर्वाह गर्छन् ।  यसैले काँचो दूध प्रोटिनको प्रमुख स्रोत हो र बालबालिकाका लागि यो सर्वोत्तम हुन्छ तर दूधलाई तताएमा कम्तीमा पनि दुईवटा अमिनो एसिड
(लायसिन र हिस्टेडाइन) नष्ट हुन्छन् ।
काँचो दूधमा चिल्लोमा घुलनशील भिटामिनहरू ए, बी, सी, डी, ई र के पनि पाइन्छ ।  विशेषगरी, भिटामिन बी कम्प्लेक्स र भिटामिन बी १२ प्राप्त गर्न काँचो दूध उपयोगी हुन्छ ।  दूधलाई तताइएमा भिटामिन ए र सी नष्ट हुन्छ भने पाइस्चराइजेसन प्रक्रियाले दूधको भिटामिन बी समूहका लगभग ३८ प्रतिशत भिटामिन नष्ट गर्दछ तर तताएको दूधबाट पनि हामीले भिटामिन डी, ई र के पाउछौँ ।
यसैगरी, काँचो दूधमा स्याच्युरेटेड र अनस्याच्युरेटेड गरी १८ वटै फ्याटी एसिड हुन्छ ।  यी एसिड पाचनका लागि तयार हुन्छन् ।  काँचो दूधमा पाइने ओमेगा–६ फ्याटी एसिड स्वास्थ्यका लागि अत्यावश्यक छ ।  कोषको आवरण, मस्तिष्क र हर्मोन प्रणालीको सञ्चालनका लागि यी चिल्लो पदार्थ चाहिन्छ ।
एन्जाइमको आपूर्तिका लागि पनि काँचो दूध उपयोगी मानिएको छ ।  यसमा ६० भन्दा बढी प्रकारका एन्जाइम पाइन्छ ।  दूधमा हुने लिपाज एन्जाइमले दूधको सहज पाचनमा सहयोग गर्दछ ।  यसैगरी, दूधलाई ब्याक्टेरियाको सङ्क्रमणबाट जोगाउने एन्जाइम पनि काँचो दूधमा हुन्छ ।  क्याल्सियम, म्याग्नेसियम र फस्फोरसजस्ता खनिजको प्रमुख स्रोतका रूपमा पनि काँचो दूधलाई लिइन्छ ।  काँचो दूधमा केही मात्रामा आयोडिन पनि हुन्छ ।  
तर, काँचो दूध उपभोग गर्नुभन्दा पहिले गाई स्वस्थ छ कि छैन भन्ने पक्का गर्नुपर्छ ।  साथै घाँस खाने गाईको दूधमा मात्र स्वास्थ्यका दृष्टिले हितकारी हुन्छ ।  एजेन्सी

 

गर्भावस्थामा भ्रूण विकास नहुँदा मुटुमा खतरा

ब्रिटिस मेडिकल जर्नलमा उल्लेखित एक अनुसन्धानको विवरण अनुसार गर्भावस्थाको प्रथम तीन महिनामा भ्रूणको आकार तुलनात्मक रूपमा सानो भएमा उसलाई पछि गएर मुटुको समस्या हुनसक्छ ।
गर्भावस्थाको सुरुका तीन महिनामा मानव भ्रूणको विकास गति तेज हुन्छ र सोही अवधिमा मुटु तथा रक्तसञ्चार प्रणाली र पाचनप्रणालीका अङ्ग बन्ने गर्छन् ।  गर्भावस्थाको प्रथम तीन महिनामा भूुणको विकासमा विभिन्न पक्षको प्रभाव रहन्छ ।  जसमा आमाको उमेर, रक्तचाप, जातीयता र धूमपान आदि प्रमुख छन् ।  अन्य कैयौँ स्वास्थ्य समस्याले समेत भ्रूणको विकासमा सोझो सम्बन्ध राख्छ ।
कम तौलको बच्चा जन्मनु र उसलाई सम्भावित मुटुको समस्या बारेमा अनुसन्धानबाट पहिले नै सम्बन्ध स्पष्ट पारिसकिएको छ तर प्रथम तीन महिनामा भ्रूण सानो आकारको भएमा पछि गएर उसलाई मुटुको समस्या त हुँदैन भन्ने खुलस्त थिएन ।
नेदरल्यान्ड्समा अनुसन्धान टोलीले गर्भावस्थाको प्रथम तीन महिनामा भएको आकारको आधारमा एक हजार १८४ जना बालबालिकालाई दुई समूहमा विभाजन गरी अनुसन्धान सुरु गरेको थियो ।  छ वर्षको उमेरमा ती बच्चामा मुटुको खतराको जाँच गरियो ।  बच्चाहरूको तौल, शरीरमा बोसोको विभाजन, रक्तचाप, कोलेस्टेरोल र इन्सुलिन उत्पादनजस्ता पक्षलाई अनुसन्धान टोलीले ख्याल गरेको थियो ।
विस्तृत अनुसन्धानबाट के देखियो भने गर्भावस्थाको सुरुको तीन महिनामा सानो आकारको हुने बच्चालाई छ वर्षको उमेरमा मुटु रोगको खतरा हुने रहेछ ।  जबकि ठूलो आकारको भ्रूण भएमा मुटु रोगको खतरा निकै कम हुने जनाइएको छ ।  अनुसन्धान टोलीले जनाए अनुसार गर्भावस्थाको सुरुका तीन महिनामा सानो बच्चा पछि गएर मोटाउने, उसमा कोलेस्टेरोल बढी हुने र रक्तचापसमेत बढ्ने गर्छ तर गर्भावस्थाको सुरुका तीन महिनामा भ्रूणको आकार सानो छ भन्दैमा उसलाई पछि गएर मुटुको समस्या भइहाल्छ भन्ने छैन ।  यसैले यस विषयमा थप अनुसन्धान हुनुपर्ने औँल्याइएको छ ।  एजेन्सी

 

पाचन बिगार्ने प्रमुख पक्ष

पाचन प्रणालीमा समस्या नभएको मानिस अचेल कमै होलान् ।  क्रोहन्स, इरिटेबल बाउल सिन्ड्रोम, कोलाइटिस, सेल्याकलगायत पाचन प्रणालीका कैयौँ समस्याले गर्दा पाचन सहज बनाउने दाबी गरिएका औषधि र खाद्य उत्पादनको बजार पनि चम्किएको छ ।  पाचन प्रणालीमा समस्या देखिनुको मुख्य कारण पत्ता लगाएर समस्या समाधानको उपाय खोज्नुको सट्टा मानिसहरू तत्काल राहत दिने औषधि र चूर्ण खाने गल्ती गर्छन् ।  पाचनमा समस्या उत्पन्न गर्ने प्रमुख पाँच कारण निम्न छन्ः
ज्ञ। ब्याक्टेरियाको असन्तुलनः
आन्द्रमा ब्याक्टेरियाहरूबीच असन्तुलन भएमा खाएको वस्तु राम्रोसँग पच्दैन ।  आन्द्रामा हितकारी ब्याक्टेरिया ८५ प्रतिशतको हाराहारीमा भएमा पाचन प्रक्रिया राम्रो हुन्छ ।  ब्याक्टेरियाको यस्तो समीकरण भएमा मात्र खाएको वस्तु राम्रोसँग पच्ने र शरीरले आवश्यक पोषक तìव अवशोषित गर्छ तर आहारविहारमा अपनाइने लापरबाहीले गर्दा हितकारी ब्याक्टेरियामाथि दुष्ट ब्याक्टेरिया हावी हुन्छन् ।  जथाभावी एन्टिबायोटिक्सको प्रयोग, अल्कोहल पिउने, विषाक्त खाद्य वस्तु र सडेगलेका खाद्य वस्तुले आन्द्रामा ब्याक्टेरियाबीचको वाञ्छित सन्तुलन बिग्रन्छ ।  लसुन, प्याज, ल्वाङलगायत प्रोबायोटिक खाद्य वस्तु खाएमा आन्द्रामा हितकारी ब्याक्टेरियाको सङ्ख्या बढ्छ ।  
द्द। एन्जाइमको कमी
हाम्रो पाचन प्रणालीलाई सबल बनाइराख्न एन्जाइमहरूको महìवपूर्ण भूमिका रहन्छ ।  यदि खानामा पर्याप्त मात्रामा एन्जाइम भएन भने पाचन राम्रो हुँदैन नै शरीरले पोषक तìव पनि राम्रोसँग अवशोषित गर्न सक्दैन ।  राम्रो आहारा भएन भने एकातिर शरीरले एन्जाइम कम पाउँछ भने अर्कोतिर पाचनका लागि अधिक एन्जाइम बनाउन प्यान्क्रियाजमाथि दबाब पर्छ ।  त्यसैले शरीरमा पाचक एन्जाइमको उत्पादन बढाउन मेवा, भुइँकटहर, मौरीको कुटलगायत काँचो र अर्गानिक खाद्य वस्तु खाने गर्नुपर्छ ।  यसैगरी, खाद्य वस्तु राम्ररी चपाएमा एन्जाइमयुक्त ¥यालले प्रारम्भिक पाचकको काम गरी पाचन प्रणालीलाई सहयोग पु¥याउँछ ।
घ। म्याग्नेसियमको कमी
एन्जाइममा आधारित बढीमा ३२५ प्रक्रियाका लागि म्याग्नेसियम आवश्यकपर्ने धारणा पहिले थियो तर नयाँ अनुसन्धानहरूबाट यो तथ्य ८०० मा पुगेको छ ।  यसले शरीरको पाचन प्रणालीमा म्याग्नेसियमको महìव दर्शाउँछ ।  मांसपेशीका लागि पनि म्याग्नेसियम महìवपूर्ण छ ।  शरीरमा म्याग्नेसियमको कमी भएमा पाचन प्रणाली सुस्त हुनपुग्छ ।
द्ध। तनाव
उसो त तनावले शरीरका सबै भागमा प्रभाव पार्दछ तर पाचन प्रणालीमा यसको धेरै नै दुष्प्रभाव पर्ने देखिएको छ ।  तनाव उत्पन्न हँुदा कैयौँ भिटामिन र खनिज तìव ह्रास हुन्छ ।  भिटामिन बी र म्याग्नेसियमलाई तनावले क्षति पु¥याउँछ ।  तनावको अवस्थामा मांसपेशी कडा हुने र पाचन सुस्त भई पोषक तìवहरूको अवशोषणको गति पनि कमजोर बन्छ ।
छ। गह्रौँ धातुको प्रभाव
पाचन प्रणालीमा प्रभाव पार्ने कैयौँ विषालु तìव हाम्रो वरिपरि छन् ।  तीमध्ये गह्रौँ धातु पनि पर्छन् ।  खोप, दन्त उपचार, रङ्गरोगन, खेलौना, सौन्दर्य प्रसाधनका सामग्री आदिबाट खतरनाक गह्रौँ धातुले हाम्रो शरीरमा प्रवेश पाउन सक्छ ।  पाचन प्रणालीका सबै अङ्ग, कलेजो, प्यानक्रियाज आदिमा गह्रौँ धातुको दुष्प्रभाव पर्दछ ।  पारो, क्याडमियम, सिसा आदि यस प्रकारका धातुमा पर्छन् ।  एजेन्सी

 

होमियोप्याथिक चिकित्साको विस्तारमा प्रमको जोड

काठमाडौँ, फागुन १७ गते  । प्रधानमन्त्री सुशील कोइरालाले स्वास्थ्य क्षेत्रमा होमियोप्याथिक चिकित्सा प्रणालीले आफ्नो छुट्टै पहिचान राख्न सफल भएको बताउनुभएको छ ।
    आजदेखि यहाँ सुरु भएको दुईदिने अखिल नेपाल होमियोप्याथिक एसोसिएसनको सातौँ अधिवेशनलाई पठाउनुभएको शुभकामना सन्देशमा उहाँले सहरी क्षेत्रमा मात्र सीमित होमियोप्याथिक चिकित्सा पद्धतिलाई ग्रामीण क्षेत्रमा समेत विस्तार गर्न आवश्यक रहेकामा जोड दिनुभयो ।
    होमियोप्याथिक चिकित्सा क्षेत्रमा भएका उपलब्धि तथा समस्यालाई समीक्षा गर्ने ध्येयले आयोजित सो सम्मेलनमा यस क्षेत्रमा कार्यरत चिकित्सक र औषधि कम्पनीका प्रतिनिधि गरी करिब दुईसयको सहभागिता रहेको छ ।
    प्रधानमन्त्री कोइरालाले सरकारले तयार गर्न लागेको स्वास्थ्य नीतिमा होमियोप्याथिक चिकित्सालाई थप विकास र विस्तार गर्न कार्यक्रम समावेश गरिने जानकारी दिँदै यस चिकित्सा पद्धतिको विकास तथा विस्तार गर्न एसोसिएसनलाई अझ समर्पित भएर लाग्न आग्रहसमेत गर्नुभएको छ ।
    वैकल्पिक चिकित्सा पद्धतिको खोजीमा रहेका बिरामीलाई यस चिकित्सा पद्धतिले नयाँ उपाय देखाउने विश्वास पनि उहाँले सन्देशमा व्यक्त गर्नुभएको छ ।

तत्कालीन राजा त्रिभुवनले विसं २००७ मा उद्घाटन गर्नुभएको अखिल नेपाल होमियोप्याथिक एसोसिएसनमा अहिले तीनसय चिकित्सक आबद्ध रहेका छन् ।
    यसैगरी, मुलुकभरि करिब एक हजारको हाराहारीमा प्राक्टिसनर चिकित्सकले अभ्यास गरिरहेका एसोसिएसनको अनुमान छ । विसं २०१२ मा होमियोप्याथिक चिकित्सक अच्यूतबहादुर श्रेष्ठले शाही चिकित्सकका रूपमा तत्कालीन राजपरिवारको उपचार गर्ने अवसर पाउनुभएको एसोसिएसनले जनाएको छ ।
    पशुपति होमियोप्याथिक अस्पताल सरकारीस्तरबाट विसं २०१० मा स्थापना भएपनि हालसम्म आइपुग्दा क्षेत्रीय तथा जिल्ला तहमा होमियोप्याथिक अस्पताल स्थापना हुन सकेका छैनन् । होमियोप्याथिक शिक्षाको स्नातक तथा स्नातकोत्तर तहमा विराटनगरमा अध्ययन सुरु भएको कलेज पनि बन्द हुने अवस्थामा पुगेको बताइन्छ ।
    होमियोको अर्थ समान र प्याथिकको अर्थ बिरामी हो अर्थात् वनस्पति, खनिज, रसायनिक पद्धतिद्वारा उपचार गरिनेलाई होमियोप्याथिक भन्ने गरिन्छ । यो विकाररहित उपचार पद्धति (साइड इफेक्ट नभएको) मानिन्छ ।
    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री खगराज अधिकारीले सम्मेलनको उद्घाटन गर्दै मन्त्रालयले होमियोप्याथिक चिकित्साको विकास तथा विस्तारमा जोड दिने जानकारी दिनुभयो ।
    उहाँले जनताको स्वास्थ्य सुधारलाई पहिलो प्राथमिकता दिने बताउँदै यसका लागि नयाँ कार्यक्रम ल्याइने छ भन्नुभयो ।
    नेपाली काँग्रेसका नेता केबी गुरुङले सरकारले आधुनिक चिकित्सासँगै होमियोप्याथिक चिकित्सा पद्धतिको विकास तथा विस्तार गर्ने नीति लिन आवश्यक भएको बताउनुभयो ।
    सांसद रामचन्द्र यादवले सरकारले पूर्वीय सभ्यताको होमियोप्याथिक उपचारको महत्वलाई ध्यान दिन नसक्दा पाश्चात्य एलोप्याथिक चिकित्सा पद्धति विस्तार भएको हो भन्नुभयो ।
हास्य कलाकार हरिवंश आचार्यले घर खेत बेचेर आफ्नो रोगको उपचार गर्न नसकिने नयाँ नयाँ रोग समाजमा देखा परेकोतर्फ सरकार संवेदनशील बन्न आवश्यक भएको बताउनुभयो ।
    एसोसिएसनका अध्यक्ष डा. शब्बिर खाँले सरकारले होमियोप्याथिक विभाग र काउन्सिल स्थापना गर्न, एकमात्र होमियोप्याथिक अस्पतालको स्तरोन्नति गर्न र क्षेत्रीय तथा जिल्ला तहमा होमियोप्याथिक अस्पताल स्थापना गर्न माग गर्नुभयो । रासस

Source: http://www.gorkhapatraonline.com/%E0%A4%B8%E0%A5%8D%E0%A4%B5%E0%A4%BE%E0%A4%B8%E0%A5%8D%E0%A4%A5%E0%A5%8D%E0%A4%AF/11541-%E0%A4%B9%E0%A5%8B%E0%A4%AE%E0%A4%BF%E0%A4%AF%E0%A5%8B%E0%A4%AA%E0%A5%8D%E0%A4%AF%E0%A4%BE%E0%A4%A5%E0%A4%BF%E0%A4%95-%E0%A4%9A%E0%A4%BF%E0%A4%95%E0%A4%BF%E0%A4%A4%E0%A5%8D%E0%A4%B8%E0%A4%BE%E0%A4%95%E0%A5%8B-%E0%A4%B5%E0%A4%BF%E0%A4%B8%E0%A5%8D%E0%A4%A4%E0%A4%BE%E0%A4%B0%E0%A4%AE%E0%A4%BE-%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%AE%E0%A4%95%E0%A5%8B-%E0%A4%9C%E0%A5%8B%E0%A4%A1.html

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s