अर्थतन्त्रको बलियो आधार

विश्वनाथ खरेल ,

नेपालको भौगोलिक वातावरणअनुसार माछापालन खास गरी तराई क्षेत्रमा केन्द्रित हुने भएता पनि केही पहाडी भेक तथा हिमाली भेकमा समेत गरिएको पाइन्छ । माछामा हाम्रो शरीरलाई आवश्यक पर्ने विभिन्न प्रकारका खनिजहरु जस्तै क्याल्सियम, आइरन, म्याग्नेसियम, कपर, जिंक, फोस्फोरस आदि पाइनुका साथै अत्यधिक मात्रामा भिटामिन ए र डि समेत पाइन्छ । माछामा प्रोटिनको मात्रा धेरै तर बोसोको मात्रा अत्यधिक कम रहन्छ र यसमा इmभनबघ ाबततथ बअष्म पाइन्छ, जसले गर्दा यसको सेवनले कोलेस्टोल घटाउँदछ, उच्च रक्तचाप, मधुमेह, प्रोस्टेट क्यान्सर, गर्भपतन, डिप्रेसन, मस्तिष्कसम्बन्धी रोगहरु र छालाका रोगहरुबाट शरीर बचाउनुको साथै आँखाको ज्योति र स्मरणशक्ति बढाउनसमेत मद्दत गर्दछ । नेपालमा कुल माछाको उत्पादन वार्षिक ५३ हजार मेट्रिक टन छ । स्वदेशी उत्पादनले नधानेकै कारण भारतको मद्रासबाट नेपालमा माछा आयात हुने गरेको सम्बन्धित क्षेत्रको ठम्याइ छ । गत वर्षको तथ्याड्ढअनुसार नेपालमा भारतबाट ९० प्रतिशत माछा आयात भएको देखिन्छ । मत्स्य अनुसन्धान महाशाखा गोदावरीका अनुसार नेपालमा माछाबिक्रीको प्रचूर सम्भावना रहेको छ । देशमा करिब दुई अर्बको माछा खपत हुने सम्बन्धित क्षेत्रका विज्ञहरु बताउँछन् । पछिल्लोपटक आएर नेपालमा क्रमिकरुपमा माछा उत्पादनमा आकर्षण बढ्दै गएको छ ।  
काठमाडौं उपत्यकामा हाल दैनिक माछाको खपत ३० देखि ३५ टनसम्म रहेको उपलब्ध तथ्याड्ढबाट देखिन्छ । यस मागको ७० देखि ८० प्रतिशतसम्म भारतका विभिन्न राज्यहरुबाट आयात गरिएका मृत माछाहरु आपूर्ति भइरहेको कुरा सर्वविदितै छ । यसरी यति लामो दूरीबाट लामो समय खर्च गरी मृत माछाहरु ल्याउँदा र त्यसलाई बिक्री गर्ने समयसम्म ग्राहकलाई ताजाजस्तै देखिने बनाउन अत्यधिक मात्रामा फर्मालिन (एक प्रकारको औषधि जुन धेरै दिनसम्म ताजा राख्नका लागि प्रयोग गरिन्छ) जस्ता विषादीहरु प्रयोग भएको पाइएको कुरा नेपाल सरकार खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागको समय–समयका अनुसन्धानहरुबाट प्रमाणित भएको कुरा विभिन्न समयमा सञ्चार माध्यमहरुबाट समेत आइरहेको हामीहरुलाई जानकारी नभएको होइन । यस्ता गम्भीर विषादीहरु प्रयोग भएका माछाहरु खाँदा मानव स्वास्थ्यलाई दीर्घकालीन रुपमा प्रतिकूल असर पार्ने मात्र नभई कुनै समयमा त मानिसको ज्यानै समेत जाने खतरा रहन्छ । उपत्यकामा विभिन्न समयमा कुखुराहरुमा देखिएको बर्डफ्ल्यु रोगको प्रकोपको कारण तथा अन्य मासुहरुमा समेत मिसावट आदिको कारण माछा खाने संस्कृति दिनानुदिन बढ्दै गएको छ । यस्तो अवस्थामा आफ्नै देशका विभिन्न स्थानहरुबाट जीवित लोकल माछाहरु ल्याई बिक्रीवितरण गर्ने समयसम्म पसलमा ठूला अक्युरियम (माछा पाल्ने भाँडो) बनाई माछालाई जीवित राख्न आवश्यक अक्सिजनको समेत व्यवस्था गरिएको र अहिलेको व्यस्त समयमा ग्राहकहरुका अमूल्य समयको ख्याल गरी विदेशबाट आयातित आधुनिक प्रविधिका मेसिनहरुबाट माछाको कत्ला सफा गर्ने तथा टुक्रा पार्ने प्रविधि अपनाई माछाका पारखीहरुलाई प्रत्यक्ष जीवित माछा देखाई उहाँहरुको आवश्यकता तथा स्वादलाई दृष्टिगत गरी विभिन्न जातका माछाहरुको बजार व्यवस्था गर्नु अति आवश्यक भएको छ । यसको लागि पनि नेपाल सरकारको सम्बन्धित निकायले ध्यान दिनु जरुरी छ ।
आर्थिक वर्ष २०६४÷०६५ मा कृषि विकास मन्त्रालयको तथ्याड्ढअनुसार मुलुकमा २४ हजार २ सय ९५ मेट्रिक टन बराबरको माछा उत्पादन भएको अनुमान गरिएको थियो । हाल सरकारले ल्याएको एक गाउँ एक उत्पादन कार्यक्रमअन्तर्गत नुवाकोट र रसुवा जिल्लाहरुमा पनि सफा, चिसो र निरन्तर बग्ने पानीमा मात्र पाल्न सकिने जापानी रेन्बो ट्राउट जातको माछापालन व्यावसायिक रुपमा भइरहेको छ । उपभोक्ताहरुको रुचि र सन्तुष्टिलाई ध्यानमा राखेर खानामा अत्यन्त स्वादिलो, पोषिलो तथा अन्य उपयोगिताका हिसाबले माछाको राजा मानिने जापानिज जातको रेन्बो ट्राउट माछाका पारखीले नेपालमै वर्षभरि स्वाद लिन पाउने भएका छन् । समग्रमा भन्नुपर्दा, कुल माछा उत्पादनमध्ये करिब ५० प्रतिशत माछा पोखरीबाट र बाँकी अन्य प्राकृतिक स्रोतबाट उत्पादन हुने अनुमान गरिएको छ । विभिन्न समयमा भारतबाट आयातित विभिन्न माछामा फर्मालिनको प्रयोग भएको प्रमाणित भएपछि काठमाडौँमा जिउँदो माछाको व्यापार बढेको छ । स्वास्थ्यप्रति सचेत ग्राहकले कुखुराको मासुको विकल्पमा माछा रोज्न थालेका कारण चितवन जिल्लाबाट ट्यांकरमा माछा आयात गरी राजधानीका विभिन्न स्थानबाट जिउँदो माछाको बिक्रीवितरण थालिएको हो । फर्मालिन प्रयोग भएको माछा काठमाडौँमा भेटिएपछि काठमाडौँमा जिउँदो माछाको व्यापार बढेको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को पशु तथा मत्स्य निर्देशनालयले जानकारी दिएको बताइछ ।
राजधानीको बल्खु, चाबहिल, बानेश्वर, कलंकी, वसुन्धरा लगायतका चोकमा विभिन्न जातका जिउँदो माछा रोजी–रोजी उपभोक्ताले खरिद गर्न सक्ने गोल्डेन लाइफ फिस इन्टरप्राइजेजका प्रोपाइटरको भनाइ एकातिर छ भने अर्कोतिर, प्रतिकेजी ४०० देखि ४५० रुपैयाँसम्ममा जिउँदो माछा बिक्री हुने गरेकोे जानकारी पनि छ । नेपालको उत्पादनले नधान्ने भएपछि भारतबाट माछा आयात हुनु स्वाभाविकै हो । विशेषज्ञहरुको भनाइ के छ भने ‘फर्मालिनको प्रयोग नगरी भारतदेखि माछा आयात हुनै सक्दैन ।’ फर्मालिन एक प्रकारको रसायन हो । यसको प्रयोग लासलाई ताजा बनाइराख्न प्रयोग गरिन्छ । फर्मालिन प्रयोग भएको माछामासु खानाले मानव स्वास्थ्यमा प्रतिकूल असर पर्ने चिकित्सकको भनाइ छ । कुल माछाको उत्पादनमा आर्थिक वर्ष २०६३÷०६४ को तुलनामा २०६४÷०६५ मा २ दशमलव २९ प्रतिशतले वृद्धि भई २४ हजार २ सय ९५ मेट्रिक टन पुग्ने अनुमान गरिएको छ । त्यस्तै, एक दशकमा मुलुकमा प्रत्येक साल माछा पालिने जलाशयको क्षेत्रफल भने सरदर ६ हजार १ सय १ हेक्टर रहेको देखिन्छ भने कुल माछा उत्पादनलाई अवलोकन गर्दा प्रत्येक साल सरदरमा १८ हजार २ सय १० मेट्रिक टन उत्पादन भएको अनुमान गर्न सकिन्छ र उत्पादकत्वलाई हेर्दा हरेक साल सालाखाला २ हजार ९ सय ५८ किलोग्राम प्रतिहेक्टर उत्पादन भएको अनुमान गरिएको छ ।  

Source : http://www.aarthikdainik.com.np/news_details/701129.

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s