विश्वका दश प्रभावशाली ‘सेल्फमेड’ महिला उद्यमी

March 9, 2014
०४औं अन्तरराष्ट्रिय नारी दिवस विशेष

वु याजुन

फोर्ब्सको अर्बपतिको सूचीमा सन् २०१३ मा २ सय २९औं स्थानमा रहेकी वु याजुन सन् २०१४ को सूचीमा भने ४ सय ८औं स्थानमा झरेकी छन् । पत्रकारिताबाट व्यवसायमा प्रवेश गरेकी उनी चीनको लोङ्फर प्रपर्टिजकी अध्यक्ष हुन् । विशेषतः रियल इस्टेटमा लगानी रहेकी उनको सम्पत्ति ३ दशमलव ७ अर्ब अमेरिकी डलर छ । उनी फोब्र्स पत्रिकाको ५० शक्तिशाली महिलाको सूचीमा परेकी छन् ।

रोसालिया मेरा

रोसालिया मेरा फेशन रिटेलर कम्पनी इण्डिटेक्सकी सहसंस्थापक हुन् । मेराले ११ वर्षको उमेरमा स्कूल जान छोडेर कपडा पसलमा काम गर्न थालेकी थिइन् । उनले पूर्वपतिसँग मिलेर सन् १९७५ मा जारा क्लोदिङ चेन स्थापना गरेकी थिइन्, जुन पछि विश्वकै सबैभन्दा ठूलो फेशन रिटेलर बन्न सफल भयो । सन् २०१३ को अगष्टमा उनको मृत्यु भइसकेको छ । मृत्यु अघिसम्म उनी स्पेनको सबैभन्दा धनी तथा आफ्नै सङ्घर्षबाट बनेकी विश्वकै सबैभन्दा धनी महिला थिइन् । उनको सम्पत्ति ६ दशमलव १ अर्ब डलर रहेको अनुमान गरिएको थियो ।

ओप्रा व्रिन्फे

ओप्रा व्रिन्फे बीसौं शताब्दीकै सबैभन्दा धनी अफ्रिकीमूलकी अमेरिकी हुन् । अहिले उनी एकमात्रै उत्तर अमेरिकी अश्वेत अर्बपति हुन् । ६० वर्षीया विन्फ्रे ‘द ओपरा विन्फ्रे शो’ नामक टेलिभिजन कार्यक्रमका लागि चर्चित छन्, जुन सन् १९८६ देखि २०११ मा यो नसकिउञ्जेल अमेरिकामा सबैभन्दा उच्च श्रेणीको कार्यक्रमका रूपमा रहेको थियो । उनी हार्पो प्रडक्शन, द ओपरा विन्फ्रे नेटवर्क (ओडब्ल्यूएन) टेलिभिजन च्यानल तथा ओपरा विन्फ्रे लीडरशिप एकेडेमी फर गल्र्सकी संस्थापक हुन् । हाल उनको सम्पत्ति २ दशमलव ९ अमेरिकी डलर छ ।

झाङ यिन

झाङ यिन चीनको सबैभन्दा ठूलो कागज उत्पादक नाइन ड्रागन्स पेपर होल्डिङ्स लिमिटेडकी संस्थापक तथा निर्देशक हुन् । कम्पनीले अमेरिका तथा अन्य देशबाट बिग्रिएका कागज ल्याउँछ र त्यसलाई कार्डबोर्ड बाकसमा परिणत गरी चिनियाँ सामान निर्यात गर्न प्रयोग गर्छ । सन् २००६ मा ४९ वर्षको उमेरमा उनी चिनियाँ अनुसन्धान संस्था हुरोनको सबैभन्दा धनी चिनियाँको सूचीमा परेकी थिइन् । सन् २०१४ मा उनको सम्पत्ति ३ दशमलव ७ अर्ब डलर छ ।

एरियाना हफिङ्गटन

एरियाना हफिङ्गटन पुलिट्जर पुरस्कार विजेता वेबसाइट तथा ब्लग ‘द हफिङ्गटन पोष्ट’की निर्माता हुन् । उनले यो वेबसाइट सन् २००५बाट शुरू गरेकी हुन् । सन् २००९ मा उनी मिडिया क्षेत्रका सबैभन्दा प्रभावशाली महिलाको सूचीका १२औं स्थानमा पर्न सफल भएकी थिइन् । ६३ वर्षीया लेखक तथा स्तम्भकार हफिङ्गटनको सम्पत्ति ३ करोड ५० लाख अमेरिकी डलर रहेको अनुमान छ । ‘द हफिङ्गटन पोष्ट’ सन् २०११ मा ३१ करोड ५० लाखमा एओएललाई विक्री गरेपछि उनी द हफिङ्गटन पोष्ट मिडिया ग्रूपकी अध्यक्ष तथा प्रधानसम्पादक छिन् ।

किरण मजुमदार शा

किरण मजुमदार शा भारतको बैङ्गलोरमा रहेको बायोटेक कम्पनी बायोकोन लिमिटेडकी अध्यक्ष तथा प्रबन्ध निर्देशक हुन् । उनले २५ वर्षकै उमेरमा सन् १९७८ मा १० हजार भारतीय रुपैयाँ बीउ पूँजी लगाएर बायोटेक कम्पनी स्थापना गरेकी थिइन् । उनलाई भारतकै पहिलो बायोटेक उद्यमीका रूपमा लिइन्छ । यी ६० वर्षे महिला व्यवसायी इण्डियन इन्ष्टिच्युट अफ म्यानेजमेण्टकी अध्यक्ष पनि हुन् । उनी फोर्ब्सको १ सय सबैभन्दा शक्तिशाली महिलाको सूचीमा परेकी छिन् । त्यस्तै, फाइनान्सियल टाइम्सले उनलाई उत्कृष्ट ५० उद्यमी महिलाको सूचीमा राखेको छ । सन् २०१० मा उनको सम्पत्ति ९० करोड अमेरिकी डलर भएको अनुमान गरिएको थियो ।

एलेना बाटुरिना

एलेना बाटुरिनालाई रूसकी सबैभन्दा धनी महिलाका रूपमा लिइन्छ । १ अर्ब अमेरिकी डलरभन्दा धरै सम्पत्ति हुने एकमात्र रूसी महिला बाटुरिना निर्माण तथा पूवार्धार कम्पनी इण्टेकोकी संस्थापक हुन् । उनले सन् १९९१ मा प्लाष्टिक उद्योगका रूपमा उक्त कम्पनी स्थापना गरेकी थिइन्, तर पछि त्यसलाई निर्माण कम्पनी बनाइन् । ५० वर्षीया बाटुरिना होटल चेनकी पनि मालिक हुन् भने सांस्कृतिक तथा परोपकारी संस्था बी ओपनकी संस्थापकसमेत हुन् ।

जुलिएना बेनेट्टोन

जुलिएना बेनेट्टोन विश्वव्यापी फेशन ब्राण्ड बेनेट्टोन ग्रूपकी संस्थापक हुन् । उक्त ग्रूपका विश्वका १ सय २० मुलुकमा ६ हजार ५ सयभन्दा बढी स्टोर तथा आउटलेट छन् । बेनेट्टोन परिवारको पूर्ण स्वामित्व भएको यो इटालियन कम्पनीको युनाइटेड कलर्स अफ बेनेट्टोन, अण्डरकलर्स अफ बेनेट्टोन, प्लेलाइफ तथा सिस्लेजस्ता विश्वविख्यात ब्राण्डमाथि स्वामित्व छ । सन् १९६५ मा स्वीटर बुन्ने कम्पनीबाट व्यवसाय शुरू गरेकी गिउलिएना अहिले ७६ वर्ष भइन् भने उनको सम्पत्ति २ दशमलव ९ अर्ब अमेरिकी डलर छ ।

मेरी पर्किन्स

मेरी पर्किन्स बेलायतकै सबैभन्दा धनी सेल्फमेड महिला हुन् । पतिसँगको सहकार्यमा उनले सन् १९८४ मा ‘स्पेकसेभर्स’को स्थापना गरिन्, जुन चश्मा तथा कण्ट्याक्ट लेन्सको विश्वकै सबैभन्दा ठूलो रिटेलर हो । पर्किन्स परिवारको पूर्ण स्वामित्व भएको स्पेकसेभर्स अप्टिकल गू्रूप लिमिटेडका विश्वभर १ हजार ६ सय ५० स्टोर छन् । सन् २०१४ मा उनको खुद सम्पत्ति २ दशमलव १ अर्ब अमेरिकी डलर रहेको फोर्ब्सको अनुमान छ ।

योशिको शिनोहारा

योशिको शिनोहारा जापानकी सबैभन्दा प्रभावशाली महिला उद्यमीका रूपमा चिनिन्छिन् । ७७ वर्षको उमेरकी शिनोहारा अहिले टम्पस्टाफ कम्पनी लिमिटेडकी अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत छिन् । उनको कम्पनीले मानव संसाधन उपलब्ध गराउने तथा परामर्शदाताको काम गर्छ । शिनोहाराको कम्पनीले जापान, अमेरिका, चीन, सिङ्गापुर, भारत, इण्डोनेशिया तथा दक्षिण कोरियालगायत देशका ५९ हजार ग्राहकलाई सेवा दिइरहेको छ । उनले सन् १९७३ मा अस्थायी कर्मचारी उपलब्ध गराउने फर्मका रूपमा व्यवसाय शुरू गरेकी थिइन् । त्यसबेला उनले ग्राहक पाउन त समस्या पर्‍यो नै, अस्थायी कामदार भर्ना नगर्ने जापान सरकारको कडा नीतिको पनि विरोध गर्नुपरेको थियो । तर, अहिले उनको कम्पनीमा ५ हजार कर्मचारी छन् भने वार्षिक २ दशमलव ९ अर्ब अमेरिकी डलर अम्दानी छ ।

 

 
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s