नयाँ वर्षदेखि राजधानी फुटपाथ पसलरहित हुने

मिति : २०७० फागुन २२, बिहीबार

मन्त्रालयको निर्देशनमा महानगरपालिकाले सहरी सौन्दर्यमा बाधा पुर्‍याउने फुटपाथका पसल हटाउन थालेको छ। ‘वैशाखको पहिलो साताभित्र सडक पेटीमा पसल रहने छैनन्’, महानगरपालिकाका कार्यकारीअधिकृत लक्ष्मण अर्यालले भने। सडकपेटी खाली गराएपछि खुलामञ्चका पसलसमेत उठाउने योजना महानगरको छ।

महानगरपालिकाले चार दिनमा बानेश्वर, बसुन्धरा, गौशाला, बालाजु र चाबहिलबाट सयभन्दा बढी फुटपाथ पसल हटाइसकेको छ। सडकपेटीमा राखिएका सबैखाले पसल हटाउन थालिएको छ। जिल्ला प्रशासन कार्यालय, प्रहरी वृत्त र प्रभागको सहयोगमा फुटपाथ पसल हटाउने काम भइरहेको छ।

२०५० सालदेखि फुटपाथ पसल हटाउने महानगरको प्रयास अहिलेसम्म सफल भएको छैन। पछिल्लो अभियान भने सफल हुने दाबी महानगरको छ। महानगरपालिकाका प्रवक्ता शान्ताराम पोखरेलले भने, ‘यसपटक जति दबाब आए पनि उठाउँछौं। फुटपाथ व्यापारीका लागि होइन, सडकयात्रुका लागि हो।’

महानगरलाई चार क्षेत्रमा विभाजन गरी फुटपाथ पसल हटाउन थालिएको छ। बानेश्वर, गौशाला र कोटेश्वरलाई पूर्व क्षेत्र, कलंकी, कालीमाटी, स्वयम्भू र बालाजुलाई पश्चिम क्षेत्र, दरबारमार्ग, महाराजगन्ज, लाजिम्पाटलगायतलाई उत्तर र रत्नपार्क, जमल, सुन्धारा, पुतलीसडकलाई मध्य गरी चार क्षेत्रमा विभाजन गरिएको छ। नगर प्रहरीनिरीक्षक दिनेश अर्यालका अनुसार चारै क्षेत्रका सडकमा रहेका पसल हटाउन नगरप्रहरी निरीक्षकको टोली खटाइएको छ।

नगरप्रहरीले कारबाहीमा परेका व्यापारीका सामानको सूची तयार पारेर महानगरपालिका कार्यालयमा पठाउने गरेको छ। महानगरले फेरि फुटपाथमा पसल नथाप्ने कागज गराएर सामान फिर्ता दिने गरेको

महानगरपालिकाले फुटपाथमा राखिएका पसल हटाउन ताकेता पनि गरेको छ। महानगरपालिका कार्यान्वयन महाशाखाप्रमुख धनपति सापकोटाले अटेर गर्नेहरूलाई पक्राउ गर्ने र सामान नियन्त्रणमा लिने गरिएको बताए। व्यापारीको समूहले भने कार्यकारी अधिकृत अर्याललाई भेटेर पसल नहटाउन आग्रह गरेको छ। महानगरभित्रका फुटपाथ पसलको यकिन तथ्यांक महानगरपालिकासँग छैन।

फोहोर उठाउन निर्देशन
सरकारले काठमाडौं महानगरपालिका र ललितपुर उपमहानगरपालिकालाई बागमती नदीकिनारमा फालेको फोहोर तत्काल हटाउन निर्देशन दिएको छ। बागमती सरसफाइसम्बन्धी अभियान समीक्षा गर्न बुधबार सिंहदरबारमा बसेको बैठकमा मुख्यसचिव लीलामणि पौडेलले फोहोर हटाउन निर्देशन दिएका हुन्। सफाइ अभियान अहिले ४३ औं सातामा चलिरहेको छ।

महानगरपालिकाको वातावरण व्यवस्था शाखाका प्रमुख हरि कुँवरका अनुसार नदीकिनार (कुपण्डोलदेखि बल्खुसम्म) मा फालिएको फोहोर दुवै नगरपालिकाले उठाउनुपर्नेछ। उनले भने, ‘विगतमा फालिएको फोहोर कुहिसकेको छ। पछिल्लो समयमा फालेर नकुहिएको अवस्थाको फोहोर ललितपुरपट्टिको ललितपुर उपमहानगरपालिकाले र काठमाडौंपट्टिको काठमाडौंले उठाउनु भनी निर्देशन भएको हो।’

बैठकमा सहभागी पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव गोविन्द टन्डनले वैशाखसम्ममा मीनभवन क्षेत्रसम्मको बागमती नदीको पानी नुहाउन मिल्ने बनाउने विषयमा छलफल भएको छ। उनले भने, ‘मुख्यसचिवले जे बोल्यौं, त्यो गरेर देखाउनुपर्छ भन्नुभएको छ।’

बैठकमा नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत सफाइ अभियानसँग सम्बन्धित सबैको उपस्थिति थियो।

Source : http://www.annapurnapost.com/en/news/social/4651/

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s