शिवरात्रीका लागि आएका साधुसन्तलाई बिदाई

 

dolesorनेपाल समाचारपत्र
काठमाडौं । पशुपति क्षेत्र विकास कोषले शिवरात्रीका लागि स्वदेश तथा विदेशबाट पशुपति मन्दिरमा आएका करिब दुई हजार पाँच सय साधुसन्तलाई आज बिदाई गरेको छ । उनीहरुलाई दोसल्ला ओढाएर भोजन, प्रसाद तथा दक्षिणा प्रदान गरी कोषले बिदाई गरेको हो ।
साधुसन्तलाई गुठी संस्थानले स्तर निर्धारण गरे अनुरुप कोषले उनीहरुको स्तर अनुसारको दक्षिणा प्रदान गरि विदाइ गरेको हो ।

अब गुगलले गराउने छ ताजमहल भ्रमण

google_trecker_tajmahal_projectकाठमाडौं । आज भ्यालेन्टाइन्स डे । प्रेमी–प्रेमिकाका लागि आजको दिन खास मानिन्छ । यो महत्वपूर्ण दिनमा प्रेमका धरोहर मानिने विश्वका केही खास ऐतिहासिक सम्पदामा युवा युवतीको भीड नै लाग्ने गर्दछ । यस्तै एक धरोहर हो, भारतको आगरास्थित ताजमहल ।
साढे तीन शताब्दी पुरानो ताजमहल विश्व सम्पदा सूचीमा पर्दछ । विश्वमा मै यसको चर्चा हुने गर्दछ भने ताजमहल भ्रमणका लागि वर्षेनी लाखौं विदेशी पर्यटक भारत आउने गर्दछन् । २१ औं शताब्दीमा प्रविधिले विश्वलाई नै साँघुरो गाउँका रुपमा रुपान्तर गरेको अवस्थामा अब ताजमहल पनि कोठामै बसी–बसी घुम्न पाइने भएको छ । अर्थात् ताजमहलको सौन्दर्यता अवलोकन गर्नका लागि प्लेन, बस, रेल यात्रा तथा टिकटका लागि लाइन लाग्नुपर्ने बाध्यताबाट मुक्ति मिल्ने भएको छ ।
गुगलले भारतको संस्कृति मन्त्रालयसँगको सहकार्यमा ताजमहलको भ्रमण अब इन्टरनेटबाटै गराउने प्रवन्ध मिलाउन लागेको हो । यो योजना अनुसार इन्टरनेट प्रयोगकर्ताले अनलाइनबाटै अब ताजमहलको भ्रमण गर्न पाउने भएका छन् । आफ्नो कोठा तथा कार्यालयमै बसेर फुर्सदको समयमा ताजमहल अवलोकन गर्न पाइने भएको छ ।
taj‘गुगल ट्रेकर’ नाम दिइएको यो महत्वाकांक्षी परियोजना अन्तर्गत ताजमहलको भिडियो फुटेज संकलन गरिने छ । यो प्रविधि अन्तर्गत यसअघि विश्वकै सबैभन्दा अग्लो भवन ‘बुर्ज खलिफा’को अनलाइन संस्करण निर्माण भइसकेको छ । ताजमहलको अनलाइन भ्रमण सम्बन्धी परियोजनामा काम गरिरहेका सुरेन रुहेलाका अनुसार ताजमहलको डिजिटल रेकर्डिङको काम भइरहेको छ । अलग–अलग दिशामा जडित १५ वटा क्यामेराको मद्दतले ताजमहलको भिडियो तयार पारेर अनलाइन संस्करणमा राखिने उनले बताए । यो प्रविधिअन्तर्गत अवलोकनकर्ताले आफैं ताजमहल पुगेको अनुभव गर्न सक्ने उनको दाबी छ ।
उल्लेखनीय छ, ताजमहलको सबै भागमा पर्यटकलाई जान दिइदैन तर गुगलले तयार पार्न लागेको यो परियोजना अन्तर्गत ताजमहलको हरेक हिस्सा हेर्न पाइने छ । यद्यपी यो परियोजना पुरा गर्नका लागि सुरक्षा सम्बन्धी चिन्ता मुख्य चुनौती बनेको छ । तर यो चिन्तालाई समयमै समाधान गर्न सकिने रुहेलाले बताए । (एजेन्सीहरुको सहयोगमा)

Source : http://www.newsofnepal.com/new/nepal/2014/03/41971

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s