साधुमय पाशुवत क्षेत्र

  • महाशिवरात्री विहीबार

  • सम्पूर्ण तयारी पूरा : कोष

  • पशुपति मन्दिर परिसरको अग्रभाग नागाबाबाले भरिभराउ छ । दर्शनार्थीको मुख्य आकर्षणको केन्द्र पनि उनै नागाबाबा छन् । नेपाल र भारतका विभिन्न ठाउँबाट नागाबाबाहरु महाशिवरात्रीका लागि पशुपति क्षेत्र आइपुगेका छन् । काठमाडौ, फाल्गुन १३ – पशुपति मन्दिर परिसरको अग्रभाग नागाबाबाले भरिभराउ छ । दर्शनार्थीको मुख्य आकर्षणको केन्द्र पनि उनै नागाबाबा छन् । नेपाल र भारतका विभिन्न ठाउँबाट नागाबाबाहरु महाशिवरात्रीका लागि पशुपति क्षेत्र आइपुगेका छन् । उनीहरुलाई पशुपति मन्दिर पसिरमा राखिएको छ । भित्र प्रवेश गर्ने बालक, युवा, बद्धबृद्धालगायत सबैको आकर्षणको केन्द्र उनै नागाबाबा छन् । गा“जा र भाङले लठ्ठिएका बाबालाई दर्शनार्थीहरु नियाली नियाली हेर्ने गरेका छन् ।

    मुख्य ढोका छेउमै धुनी जगाई बसेका नागाबाबा युवायुवतीसँग ठट्टा गर्न पनि पछि पर्दैनन् । ‘यो संसार प्रभुको कृपा हो, यहाँ सब समान छन्’, भन्ने जस्ता प्रवचन दिइरहेका नागाबाबाहरु आफूबारे जिज्ञासा राख्नेलाई पनि जवाफ दिइरहेका हुन्छन् । पशुपति परिसरमा भेटिएका एक नागाबाबा भन्छन्,‘ नागा शब्द संस्कृतको ‘नागा’ बाट आएको हो । जसको अर्थ पहाड पनि हुन्छ र एक बहादुर लडाकू व्यक्ति पनि हुन्छ । साथै, यसको अर्थ नांगो रहने व्यक्ति पनि हुन्छ ।’

    नागाबाबा हुन अन्य साधुसन्त भन्दा कठिन तपस्या गर्नुपर्ने ती बाबाको तर्क छ । ‘एउटा नागाबाबा तयार हुन् १२ वर्Èलाग्छ । १२ वर्षको कठिन परिश्रमपछि नागाबाबा अखडामा सामेल हुन्छन’, उनले सुनाए ।

    तपको माध्यमले आफूले आफ्नो शरीरलाई कठोर बनाउँने गरेको उनले बताए । हरेक बर्षजस्तै यसपटक पनि झण्डै २ सय नागाबाबाहरु महाशिवरात्रीमा सहभागी हुन पशुपति आइपुगेको छन् । पुशपति परिसरमा अहिलेसम्म चार हजार साधुसन्तको उपस्थिति हुने कोष अनुमान छ । नागाहरुमा बरियताका आधारमा पद विभाजन गरिएको हुन्छ । दीÔा लिने साधुहरुलाई बरियताको आधारमा पुजारी, कोतवाल, भण्डारी, कोठारी, बडा कोठारी, महंत र सचिवजस्ता पद दिइन्छ । पशुपति क्षेत्र विकास कोषका अनुसार गतवर्ष भन्दा यसपटक साधुसन्तको उपस्थिति उल्लेख्य छ ।

    मन्दिर परिसर, राममन्दिर, कालोमोचनघाट, श्लेषमानक बनलगायतका क्षेत्रमा अघोरी, दुधबाबा, साधुसन्त बसेका छन् । कोषका वरिष्ठ प्रशासक रमेश उपे्रतीले नागाबाबालाई बस्ने स्थान नभएर केहीलाई बाहिर पनि राखिएको बताए । जुनसुकै स्थानमा बसेपनि साधुसन्तको बस्ने व्यवस्था राम्रो बनाएको उनले बताए । ‘आउँदा स्वागत गछौं र  जाँदा दक्षिणा दिन्छौं, महाशिवरात्रीका आकर्षण केन्द्र नै साधु पनि हुन’, उनले भने । एक हप्तादेखि पाशुवत साधु सन्तमय भएको उनले  बताए ।

    कालोमोचनघाट छेउमै बसेका नागाबाबाको तस्विर खिच्न विदेशी पर्यटक तँछाडमँछाड गरेको भेटिन्छन् । मन्दिर परिषरबाहिर भएकाले पनि ती नागाबाबा विदेशी पर्यटकको आर्कषकणका केन्द्र भएका हुन्  । पाटी सतल, मन्दिर, रुखमुनि साधुसन्तले धुनी जगाई बसेका छन् । पशुपतिनाथ मन्दिरमा रह“दा धुनी जगाउने (आगो ताप्ने) र गा“जाभाङगमा लठ्ठिने गर्छन् । मंगलबार आयोजित पत्रकार सम्मेलनमा  कोषका सदस्य सचिव गोविन्द टण्डनले महाशिवरात्रीको सम्पूर्ण तयारी पूरा भएको बताए ।
    प्रकाशित मिति: २०७० फाल्गुन १३ ०७:००

    – See more at: http://www.ekantipur.com/np/2070/11/13/full-story/384761.html#sthash.n0CAw1fD.dpuf

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s