महाशिवरात्रि पर्व मनाइँदै

Shivratriकाठमाडौं, फाल्गुन १५ – हिन्दूहरुले आफ्ना आराध्यदेव पशुपति महादेवको आराधना, भजन किर्तन, पूजा, होम आदि गरेर विहीबार अधिराज्यभर महाशिवरात्रि पर्व मनाइँदै छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीको रातलाई शिवरात्रि भनी श्री शिवको ज्योतिर्लिङ्ग उत्पन्न भएको रातको रुपमा मनाउने हिन्दूहरुको परम्परा छ । यस रातलाई उनीहरु मानवआत्माले मोक्ष प्राप्त गरेको रातको रुपमा लिने गर्दछन् । परम्पराअनुसार हिन्दूहरुले यसअघिको भाद्र कृष्णपक्ष अष्टमीको रातलाई    मोहरात्रि, असोज महिनाको बडादशैंमा पर्ने विजयादशमीको अघिल्लो रातलाई कालरात्रि र कात्तिक कृष्णपक्ष आंैशीमा पर्ने लक्ष्मीपूजाको रातलाई सुखरात्रि भनी मनाउने गर्दछन् ।

यस दिन श्री पशुपतिनाथको दर्शन पूजा गर्न विहान सवेरैदेखि स्वदेशी तथा विदेशी भक्तजनहरुको घुइंचो लाग्ने गर्दछ । यस दिन दर्शनार्थीहरुका लागि बिहानैदेखि मन्दिरको चारैवटा ढोका खुल्ला राख्ने गर्दछन् । यस पर्वमा पशुपति महादेवलाई दिनमा पञ्चामृत तथा रातलाई प्रथम, द्वितिय, तृतिय र      चतुर्थमा बिभाजन गरेर क्रमशः दुध दही र महले पूजा गर्ने परम्परा छ ।

यस पर्वमा पशुपतिनाथको दर्शन गर्न आई पशुपति क्षेत्र लगायत राजधानीका विभिन्न अखगामा बसेका सन्त, महन्त, साधु, सन्यासी, उदासी,  बैरागीलगायतलाई गुठी संस्थानले मंगलवारदेखि शनिवारसम्म निशुल्क भोजन र शनिवारका दिन विहान खाना खुवाई दक्षिणा सहित विदा दिने ब्यवस्था भएको पशुपति गोश्वाराका कार्यालय प्रमुख सिमा ओलीले बताए । शिवरात्रिको दिनमा राज्यका तर्फबाट दान गर्न फलफूल, बख्खु, पितांवरी, सिदा, मृगको छाला, बाघको छाला कमण्डलु, राडी आदि वस्तुहरु राष्ट्रपतिबाट संकल्प गराई ल्याइसकेको पनि उनले बताए । यस दिन राजधानीको टुूडिखेलमा नेपाली   सेनाद्वारा प्रस्तुत गरिने शिवरात्रि बधाई कार्यक्रममा राष्ट्रपति डा.रामवरण यादव समेत सरिक हुने कार्यक्रम छ ।

यस पर्वमा राति दोवाटो, चौवाटो र शिव मन्दिर आगडि दाउरा बालेर आगो ताप्ने गरिन्छ । साथै, त्यसै आगोमा हलुवा, तरकारी रोटी आदि पकाएर खाने पनि चलन छ ।

 ललितपुरस्थित तःबहालमा धुनी जगाई रातो मत्स्येन्द्रनाथको मन्दिर अगाडि धुनी जगाई मत्स्येन्द्रनाथलाई आगो तपाउने गर्दछ । त्यस अवसरमा पाटन दरवारबाट पाटनका तत्कालीन राजा सिद्धिनरसिंह मल्लको ऐतिहासिक खडगलाई त्यहाँ पुर्‍याइंछ । खडग पुगेपछि गुठी संस्थाबाट मत्स्येन्द्रनाथलाई पाूच थरी भुटेको मकै, भट्मास, मास, चना र सानो केराउ चढाएर त्यहाू आगो ताप्न आउने सबैलाई प्रसादको रुपमा बाूडने गुठी संस्थान शाखा कार्यालय ललितपुरका कर्मचारी रघुनाथ बस्नेतले बताए ।

यस वारे संस्कृतिविद् हरिराम जोशीले शिव र मत्स्येन्द्रनाथ एकै हुन भनी देखाउन शिवरात्रिको पर्वमा मत्स्येन्द्रनाथको मूर्तिअगाडि त्यसरी धुनी जगाई आगो तपाउने परम्परा चलेको बताए । कुम्भेश्वरमा पनि कुम्भेश्वर महादेवलाई नैवद्य, पञ्चामृत, फलफूल चढाई पुजा गरी मन्दिरअगाडि धुनी जगाउने गर्दछ
प्रकाशित मिति: २०७० फाल्गुन १५ १२:४४

Source :- See more at: http://www.ekantipur.com/np/2070/11/15/full-story/384821.html#sthash.dLU5oPrn.dpuf

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s