आज महाशिवरात्रि पर्व मनाइँदै

चेतबहादुर सिं

Shivratriकाठमाडौं, फाल्गुन १५ – हिन्दूहरुले आफ्ना आराध्यदेव पशुपति महादेवको आराधना, भजन किर्तन, पूजा, होम आदि गरेर विहीबार अधिराज्यभर महाशिवरात्रि पर्व मनाइँदै छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीको रातलाई शिवरात्रि भनी श्री शिवको ज्योतिर्लिङ्ग उत्पन्न भएको रातको रुपमा मनाउने हिन्दूहरुको परम्परा छ । यस रातलाई उनीहरु मानवआत्माले मोक्ष प्राप्त गरेको रातको रुपमा लिने गर्दछन् । परम्पराअनुसार हिन्दूहरुले यसअघिको भाद्र कृष्णपक्ष अष्टमीको रातलाई    मोहरात्रि, असोज महिनाको बडादशैंमा पर्ने विजयादशमीको अघिल्लो रातलाई कालरात्रि र कात्तिक कृष्णपक्ष अौंशीमा पर्ने लक्ष्मीपूजाको रातलाई सुखरात्रि भनी मनाउने गर्दछन् ।

आज श्री पशुपतिनाथको दर्शन पूजा गर्न विहान सवेरैदेखि स्वदेशी तथा विदेशी भक्तजनहरुको घुइंचो लागेको छ ।  दर्शनार्थीहरुका लागि बिहानैदेखि मन्दिरको चारैवटा ढोका खोलिएको छ। यस पर्वमा पशुपति महादेवलाई दिनमा पञ्चामृत तथा रातलाई प्रथम, द्वितिय, तृतिय र      चतुर्थमा बिभाजन गरेर क्रमशः दुध दही र महले पूजा गर्ने परम्परा छ ।

यस पर्वमा पशुपतिनाथको दर्शन गर्न आई पशुपति क्षेत्र लगायत राजधानीका विभिन्न अखगामा बसेका सन्त, महन्त, साधु, सन्यासी, उदासी,  बैरागीलगायतलाई गुठी संस्थानले मंगलवारदेखि शनिवारसम्म निशुल्क भोजन र शनिवारका दिन विहान खाना खुवाई दक्षिणा सहित विदा दिने ब्यवस्था भएको पशुपति गोश्वाराका कार्यालय प्रमुख सिमा ओलीले बताए । शिवरात्रिको दिनमा राज्यका तर्फबाट दान गर्न फलफूल, बख्खु, पितांवरी, सिदा, मृगको छाला, बाघको छाला कमण्डलु, राडी आदि वस्तुहरु राष्ट्रपतिबाट संकल्प गराई ल्याइसकेको पनि उनले बताए । यस दिन राजधानीको टुूडिखेलमा नेपाली   सेनाद्वारा प्रस्तुत गरिने शिवरात्रि बधाई कार्यक्रममा राष्ट्रपति डा.रामवरण यादव समेत सरिक हुने कार्यक्रम छ ।

यस पर्वमा राति दोवाटो, चौवाटो र शिव मन्दिर आगडि दाउरा बालेर आगो ताप्ने गरिन्छ । साथै, त्यसै आगोमा हलुवा, तरकारी रोटी आदि पकाएर खाने पनि चलन छ ।

 ललितपुरस्थित तःबहालमा धुनी जगाई रातो मत्स्येन्द्रनाथको मन्दिर अगाडि धुनी जगाई मत्स्येन्द्रनाथलाई आगो तपाउने गर्दछ । त्यस अवसरमा पाटन दरवारबाट पाटनका तत्कालीन राजा सिद्धिनरसिंह मल्लको ऐतिहासिक खडगलाई त्यहाँ पुर्‍याइंछ । खडग पुगेपछि गुठी संस्थाबाट मत्स्येन्द्रनाथलाई पाूच थरी भुटेको मकै, भट्मास, मास, चना र सानो केराउ चढाएर त्यहाू आगो ताप्न आउने सबैलाई प्रसादको रुपमा बाूडने गुठी संस्थान शाखा कार्यालय ललितपुरका कर्मचारी रघुनाथ बस्नेतले बताए ।

यस वारे संस्कृतिविद् हरिराम जोशीले शिव र मत्स्येन्द्रनाथ एकै हुन भनी देखाउन शिवरात्रिको पर्वमा मत्स्येन्द्रनाथको मूर्तिअगाडि त्यसरी धुनी जगाई आगो तपाउने परम्परा चलेको बताए । कुम्भेश्वरमा पनि कुम्भेश्वर महादेवलाई नैवद्य, पञ्चामृत, फलफूल चढाई पुजा गरी मन्दिरअगाडि धुनी जगाउने गर्दछ ।

 

सीसीटीभीबाट निगरानी

कान्तिपुर संवाददाता

काठमाडौं- पशुपति क्षेत्र विकास कोषले शिवरात्रिको तयारी पूरा भएको जनाएको छ । मूल आयोजक समितिले दर्शनार्थीको सुरक्षा, स्वास्थ्यलगायत आन्तरिक तथा बाह्य व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।

कोषका अनुसार मुलुकका विभिन्न स्थानलगायत भारत, बंगलादेश र श्रीलंकाबाट दर्शनार्थी आएका छन् । सदस्य सचिव गोविन्द टण्डनले पशुपति क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र र नेपाली सेना परिचालन गरिएको बताए । उनले सुरक्षाकर्मी खटाई मासु, मदिरा, लागूपदार्थ र हूलदंगा नियन्त्रण गरिने एवं पशुपति मन्दिरको चार ढोकामा र विभिन्न संवेदनशील स्थानमा सीसीटीभीबाट निगरानी गरिने उल्लेख गरे ।

‘पाँच हजार सुरक्षाकर्मी परिचालन गरेका छौं, दर्शनार्थीका लागि स्वयंसेवक राखिएका छन्,’ उनले भने ।

कोषका अनुसार स्वास्थ्य सेवाका लागि १५ वटा शिविरमा ५० जना विशेषज्ञ डाक्टर र स्वयंसेविकाहरूको व्यवस्था गरिएको छ । रात्रिकालीन व्यवस्था उपसमितिमार्फत दर्शनार्थीहरूलाई २४ सै घन्टा सेवा सुविधा उपलब्ध गराइनेछ ।

कोषले तयारीका क्रममा सुरक्षा, दर्शन तथा स्वयंसेवा परिचालन उपसमिति, अर्थ संकलन तथा सःशुल्क दर्शन व्यवस्थापन उपसमिति र सूचना तथा प्रचार प्रसार उपसमिति गठन गरेको छ । त्यसैगरी भोजन तथा भौतिक व्यवस्थापन उपसमिति, स्वास्थ्य सेवा व्यवस्थापन उपसमिति, जुत्ता-चप्पल तथा सरसफाइ उपसमिति, पूजा तथा धार्मिक भजनकीर्तन व्यवस्थापन उपसमिति, साधुसन्त सत्कार तथा चन्दन, प्रसाद वितरण व्यवस्था उपसमिति, साज सजावट व्यवस्थापन उपसमिति र रात्रिकालीन व्यवस्था उपसमिति पनि गठन गरेको छ । विदेशी तथा स्वदेशी दर्शनार्थीको सुलभ र छिटो दर्शनका लागि १ हजार रुपैयाँ टिकट बैंकमार्फत बिक्री सुरु गरेको छ ।
प्रकाशित मिति: २०७० फाल्गुन १५ १२:४४

जय शम्भो (फोटोफिचर)

काठमाडौ, फाल्गुन १५ – आज हिन्दुहरुको महान पर्व महाशिवरात्रि मुलुकभर मनाइँदैं छ । देशभरको शिव मन्दिरहरुमा भक्तजनको भीड लागेको छ । काठमार्डौस्थित पशुपतिनाथ मन्दिरमा बिहानैदेखि स्वदेशी तथा विदेशी भक्तजनहरुको घुइंचो लागेको छ ।

पशुपति दर्शनका लागि हजारौं दर्शनार्थीहरु लाइन लागेका छन् । भारतबाट आएका सन्त तथा जोगीहरुको पनि मन्दिर परिसरमा घुइंचो छ

महाशिवरात्रिका दिन पशुपति क्षेत्रमा देखिएका केही झलकहरु ।

तस्बिर: प्रकाश तिमिल्सेना

shivaratri
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
प्रकाशित मिति: २०७० फाल्गुन १५ ०१:२५
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s