योग र जीवन : मण्डुकासन

विधि
१.    बज्रासन (घुँडा मारेर) मा बस्ने।
२.    बूढी औंला भित्र पारेर मुठ्ठी बनाउने।
३.    बूढी औंलातिरको भाग नाभीमा राख्ने।
४.    लामो सास लिने, तुरुन्त सास छाडेर अगाडि हेरेर शरीरलाई झुकाउने।
५.    १०/१५ सेकेन्ड रोक्ने र सिधा भएर सास भर्ने।
६.    पुनः दोहोर्‍याउने।
७.    दोस्रो प्रक्रियामा मुठ्ठी खोली बायाँ हातको हत्केलाले नाभी ढाक्ने र दायाँ त्यसभन्दा माथि राखी अगाडि गरेझैं गर्ने।
फाइदा
१.    यो आसनले प्याङ्क्रियाजलाई सक्रिय बनाई इन्सुलिन उत्पादन बढाउँछ, जसले गर्दा मधुमेहका रोगीलाई फाइदा हुन्छ।
२.    अपच, ग्यास्ट्राइटिस, मोटोपन, एसिडिटीजस्ता पेटका समस्यामा लाभदायक छ।
३.    मुटु रोगीका लागि पनि उपयोगी हुन्छ।
सावधानी
१. धेरै ढाड-कम्मरको समस्या हुनेहरूले शरीर नझुकाई दबाब मात्र दिने।
२. मधुमेहका रोगीले २१ पटकसम्म गर्ने, अरूले कम्तीमा ३ पटक गर्ने।
भर्चुअल गिफ्ट
– दुरी, भूगोल तथा अन्य कारणले स-शरीर भेट्न नपाएका प्रेमी-प्रेमिकालाई भर्चुअल गिफ्ट पठाउन सकिन्छ।
– इमेल, फेसबुकजस्ता थुप्रै माध्यम अपनाएर भर्चुअल गिफ्ट पठाउन सकिन्छ।
– अनलाइनमार्फत पठाइएका गिफ्ट लक्षित व्यक्तिले तुरुन्तै प्राप्त गर्न सक्ने भएकाले यो सुरक्षित र प्रभावकारी पनि छ।
– इन्टरनेटमा उपलब्ध ई-ग्रेटिङ कार्ड आदान-प्रदान गरेर आफ्नो प्रेम सम्वन्धलाई ताजा बनाउन सकिन्छ।
लभ मन्त्र
–    प्रेम सम्बन्धलाई दिगो राख्न प्रेमी/प्रेमीकाले एक अर्काको भावना बुझ्नुपर्छ।
–    एकअर्काप्रति सम्मानित व्यवहार गर्नुपर्छ।
–    झूटो आश्वसनमा फसाउने वा गलत नियतले सम्बन्ध जोड्नुहुँदैन, त्यसबाट नराम्रो नतिजा हात लाग्न सक्छ।
–    शारीरिक सम्बन्धमा मात्र ध्यान केन्दि्रत गर्नुहुँदैन।
–    शारीरिक सम्बन्ध अघि शारीरिक तथा भावनात्मक रूपले तयार हुनुपर्छ।
–    आफ्नो व्यवहारले प्रेमी/प्रेमीकालाई असर गरेको छ, छैन? बुझ्नुपर्छ।
–    प्रेमी/प्रेमिकाको रुचिका सम्बन्धमा अनभिज्ञ हुनुहुँदैन।
–    एक-अर्काको ख्याल राख्नुपर्छ।
–    कारणवस भेटघाट गर्न नपाए फोन एवं च्याटमार्फत कुराकानी गर्न सकिन्छ।
ट्राभल टिप्स
–    यात्रालाई सुरक्षित एवं सहज बनाउन हामी स्वयंले केही सजगता अपनाउनुपर्छ।
–    लामो यात्रामा निस्कनुअघि आफूलाई आवश्यक खर्च एवं सामग्रीको जोहो गर्नुपर्छ।
–    यात्राका क्रममा विस्फोटक एवं ज्वलनशील वस्तु लानु हुँदैन।
–    आफू बस्ने सिटमा ठूलो झोला राख्नु हुँदैन, जसले आफैंलाई असजिलो बनाउँछ।
–    यात्राका क्रममा बालबालिकाको विशेष ख्याल गर्नुपर्छ। उनीहरूलाई यस्तो स्थानमा राखौं, जहाँ आफूले निगरानी गर्न सकियोस्।
–    आपत्कालीन अवस्थाका लागि बसमा केही ढोका हुन्छन्। यात्रा गर्दा उक्त ढोका कहाँ छ? ख्याल गर्नुपर्छ।
–    यात्राका क्रममा आफ्नो परिवारजनसँग सम्पर्कमा रहनुपर्छ। आफू पुगेको स्थानका सम्बन्धमा अपडेट गराइरहनु राम्रो हुन्छ।
रिसर्च
धूम्रपानले डिमेन्सिया बढाउँछ
डिमेन्सिया एक किसिमको समस्या हो। यो अवस्थामा मानिसको स्मरण शक्ति कमजोर हुन्छ, त्यसैले मानिसले चाँडै बिर्सन्छ। २१ हजार मानिसमा २३ वर्ष लगाएर गरिएको एक अध्ययनले एक दिनमा दुई प्याकेट चुरोट सेवन गर्नेहरूमा एल्जिमर डिजिज् तथा डिमेन्सिया हुने सम्भावना दुई गुणाले बढेको देखाएको छ। त्यसबाहेक उच्च रक्तचाप हुने, पक्षघात हुने, मष्तिस्कघात हुने सम्भावना पनि बढी भएको बताइन्छ। उक्त अध्ययनले ५० वर्ष पुग्नुअघि धूम्रपान त्याग्नेहरूमा डिमेन्सिया हुने सम्भावना घटेको पनि देखाएको छ।
फोन म्यानर्स
– फोनमा सधैं मुस्कुराएर कुरा गर्नु राम्रो मानिन्छ । हुन त सम्बन्धित व्यक्तिले फोनबाट मुस्कुराएको देख्दैन, यद्यपि आवाजबाट मुडको अन्दाज लगाउन सकिन्छ।
– बोलीमा नम्रता हुनुपर्छ। ठाडो एवं कडा भाषामा बोल्दा नकारात्मक प्रभाव पर्न सक्छ।
– फोन गरिरहेका बेला अर्को काममा ध्यान केन्दि्रत गर्ने गल्ती गर्नुहुँदैन।
– कसैले वार्तालापलाई अनावश्यक लम्ब्याउन सक्छ। यस्तो अवस्थामा बाँकी कुरा पछि गर्ने आग्रहसहित फोन राख्न सकिन्छ।
फिट्नेस र्फमुला
– बिहान उठ्नासाथ खाली पेटमा एउटा टमाटर खाने।
– मोटोपन घटाउन गि्रन टिको नियमित सेवन गर्ने।
– खानामा सलादको मात्रा बढाउने।
– चिन्ता वा तनावका बेला खानापान नगर्ने।

Source : http://www.ekantipur.com/saptahik/article/?id=13495

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s