शालीनदी

हिन्दूहरूको धार्मिक इतिहासमा शालीनदीको विशेष महत्व छ। श्री स्वस्थानी व्रत कथामा शालीनदीको विशेष प्रसंग उल्लेख छ। हिन्दू नारीहरूले पुस शुक्लपूणिर्मादेखि माघ शुक्लपूणिर्माका दिनसम्म एक महिना कठिन व्रत बसी शाली नदीमा स्नान गर्छन्। काठमाडौंबाट १७ किलोमिटर टाढा पर्ने शालीनदी क्षेत्रलाई स्वस्थानी व्रतकथामा लावण्य देश भनेर चित्रण गरिएको छ। लावण्य देशकी महारानी चन्द्रावती यही नदीबाट पुल तर्ने क्रममा हावाहुरीले पुल भाँचिएर लडेको प्रसंग उल्लेख छ। यहाँ परम्परागत शैलीमा स्वस्थानीमाताको मन्दिर पनि निर्माण गरिएको छ। यो मन्दिर राजा शंखदेव तथा पुजारी जोगदेवको प्रयासमा वि.सं. १८०१ मा निर्माण भएको मानिन्छ। त्यहाँ मल्लकालमा पनि केही मठमन्दिर निर्माण गरिएको इतिहास छ। शालीनदीमा स्नान गरेर व्रत बस्ने छुट्टै नियम छ।

हलेसी

पूर्वको पशुपतिनाथका रूपमा चिनिने तथा खोटाङ जिल्ला महादेव स्थान गाविसमा पर्ने हलेसी गुफाको प्रसिद्धि नेपालमा मात्र नभई भारत, बंगलादेश र भुटानमा समेत छ। तीर्थ पर्यटनको मनोकाङ्क्षाले वाषिर्क लाखौं पर्यटक खोटाङको हलेसी गुफा पुग्छन्। खोटाङको सदरमुकाम दिक्तेलबाट ३ घण्टाको पैदल दूरीमा रहेको हलेसी गुफा पुग्न हाल स्थानीय सवारी साधनहरू पनि उपलब्ध छन्, जसको शिरमाथि आफ्नो हात राख्छस् उही भष्म हुनेछ भनी महादेवबाट भष्मासूरले वरदान प्राप्त गरेअनुसार स्वयं महादेवमाथि नै परीक्षण गर्न भष्मासुर जाइलागेकाले महादेव भाग्दै उक्त गुफामा आई बसेका थिए भन्ने किंवदन्ती छ। यही ठाउँमा प्राकृतिक शिवलिंग छ जहाँ नित्य पूजा हुन्छ। करिब दुई हजार वर्ग फिटमा फैलिएको लामो र ठूलो गुफा भएकाले त्यहाँ हजारौं चमेराले डेरा जमाएका छन्।

गुफा वरिपरि चारैतिर फलामे पाइपको रेलिङले बारिएको छ। तलतिर ओर्लंदै जाँदा गुफाको एक छेउमा एउटा प्राकृतिक शिला फेला पर्छ, यही हो हलेसी महादेव, जसलाई तामाको चतुर्मुखी शिवलिंगले छोपेर राखिएको छ। यही परिसरभित्र जन्मद्वार, कर्मद्वार तथा पापद्वार छन् जसबाट छिर्दा लाभ मिल्छ भनिन्छ। यसैअनुसार निःसन्तानहरू जन्मद्वारमा गएर वर माग्छन् भने पाप काट्नेहरू पापद्वारमा झुम्मिन्छन्। पार्वतीको पूजा नगरेसम्म फल मिल्दैन भनेर भक्तजनहरू गुफाको माथिल्लो भागमा गै धुमधामले पार्वतीको पूजा-अर्चना गर्छन्।

यो गुफालाई बौद्ध, किराँत र हिन्दूहरूले उत्तिकै श्रद्धा एवं सम्मान गरी आ-आफ्नै रीति-थिति र संस्कृतिअनुरूप पूजाआजा गर्ने हुनाले धार्मिक सहिष्णुताको एक अजीव संगम देख्न पाइन्छ। बौद्ध धर्मगुरु पद्मसंभव यो पवित्र भूमिमा आएर केही समय बसी तपस्या गरेकाले बौद्ध ध्वजापताकासहितको एउटा गुम्बा गुफा हलेसी महादेवनजिकै छ।

काठमाडौंबाट हलेसी महादेव पुग्न २ सय ३० किलोमिटरको यात्रा तय गर्नुपर्छ। त्यहाँ पुग्ने दुईवटा बाटा छन्। एउटा हो— काठमाडौं-मिर्चैया (सिरहा)-कटारी (उदयपुर) हुँदै घुर्मी (उदयपुर) पुगेर ओखलढुंगाको हर्कपुर भै जयरामघाटबाट दूधकोसी तरेर हलेसी लाग्ने। अर्को बाटो हो- धुलिखेल-नेपालथोक-खुर्कोट -सिन्धुली) भएर घुर्मी निस्कने। घुर्मी पुगेपछि त बाटो उही हो, हर्कपुर-जयरामघाट हुँदै हलेसी पुग्ने। सुनकोसी किनारमा अवस्थित घुर्मी सिन्धुली, उदयपुर, रामेछाप, ओखलढुंगा, सोलुखुम्बु र खोटाङको साझा व्यापारिक केन्द्रका रूपमा विकसित हुँदै गएकाले हलेसी जाने धार्मिक पर्यटकहरू पहिलो दिन घुर्मीमै बसेर दोस्रो दिन मात्र हलेसीतर्फ लाग्छन्। घुर्मी र हलेसीमा खाने-बस्ने स्थानीय सुविधा उपलब्ध छ। काठमाडौं चाबहिलबाट हलेसीका लागि गाडी पाइन्छ ३ हजार रुपैयाँमा। ५-६ हजार रुपैयाँ बोकेर ४ दिनको फुर्सद निकाली हलेसीतर्फ लाग्ने हो भने पूरा हुन नसकेका अधुरा इच्छा एवं चाहनाहरू अवश्य पूरा हुनेछन्।

हिउँ चितुवा

घरपालुवा बिरालो जस्तै जिउडाल भएको हिउँ चितुवा बिरालोभन्दा केही ठूलो हुन्छ। यो नेपालको हिमाली क्षेत्रमा पाइन्छ। अन्य चितुवाभन्दा केही छरितो यो चितुवा पुग नपुग एक मिटर लामो हुन्छ। प्राध्यापक डाक्टर मुकेशकुमार चालिसेले गरेको अध्ययनअनुसार हिउँ चितुवाको भाले ४५ देखि ५५ किलोग्राम तथा पोथी ३५ देखि ४० किलोग्रामसम्मको हुन्छ। यो प्रायः सेतो रंगको हुन्छ, जसमाथि हल्का कालो र पहेंलो रंगको बुट्टा हुन्छ। ३ हजार मिटरभन्दा माथि बस्न रुचाउने हिउँ चितुवाको आहारा नाउर, मृग, खरायो, न्याउरीमुसा आदि हुन्। हिउँ चितुवा नेपालको लाङटाङ, अन्नपूर्ण, कञ्चनजंगा, मकालु, संगरमाथा आदि संरक्षित क्षेत्रमा पाइन्छ। यसको पोथीले ३ वर्षको भएपछि भाले खोज्छ र वसन्त ऋतुमा संसर्ग गर्छ। ९३ देखि १ सय १० दिनसम्मको गर्भधारणपछि गि्रष्मऋतुमा १ देखि ५ वटा बच्चा पाउँछ। नेपालमा हिउँचितुवाको गणना नभएकाले यसको संख्या कति छ भन्ने यकिन छैन।

योग र जीवन : सर्दी र शरीर

शिव मुखिया

–    जाडोमा चिसोका कारण खोकी वा कफको समस्या भए मरिचको चुर्ण र मह मिसाएर खाने।
–    १/२ वटा मरिचको दाना र जेठी मधु (मुलेठी) मुखमा समय-समयमा राख्दा खोकी तथा घाँटीको खस-खस ठीक हुन्छ।
–    तेजपातको बोक्राको चुर्ण (धूलो) र पिप्पली (पिपला) को चुर्णमा मह मिसाएर खाँदा दम, खोकी आदि चिसोका रोगमा लाभ मिल्छ।
–    गुर्जो, तुलसी, पुनर्नवा, भूमि अमला आदि जडिबुटीको काँडापानी जाडो मौसम मात्र होइन हरेक मौसममा उपयोगी हुन्छ।
–    तुलसीको मञ्जरी चुर्ण, प्याजको रस तथा सौंफ (पानजीरा) को चुर्ण महसाग मिसाएर बिहान बेलुका एक-एक चम्चा खाँदा कफ, खोकी आदिबाट राहत प्राप्त गर्न सकिन्छ।
–    २० ग्राम अदुवाको रसमा मह मिसाएर बिहान-बेलुका खाँदा चिसो- खोकी आदिमा फाइदा मिल्छ।

–    अदुवा र तुलसीको रसमा मह मिसाएर खाए खोकी तथा श्वासका अन्य रोगमा लाभ हुन्छ।
–    जाडोमा सख्खरका साथ जडिबुटी चिया खाँदा धेरै फाइदा मिल्छ।
–    चिसो मौसममा पानीको प्रयोग कम हुन्छ त्यसैले समय-समयमा मनतातो पानी पिइरहनुपर्छ।
–    शरीरमा विजातीय तत्वहरू जम्मा भैरहेका हुन्छन्। पसिनाका माध्यमबाट त्यस्ता तत्वको निष्कासनका लागि शारीरिक क्षमताअनुसार व्यायाम, आसन तथा प्राणायाम अति आवश्यक हुन्छ।
सजिलैसँग अंग्रेजी सिक्न
–    घरका सदस्यहरूमा एउटा त्यस्तो सर्कल बनाऔं, जोसँग अंग्रेजी बोलचालको अभ्यास गर्न सकियोस्।
–    अंग्रेजी भाषाका लागि सबैभन्दा पहिले व्याकरण सिक्नु आवश्यक हुन्छ। त्यसैले सिलसिलाबद्ध व्याकरण सिकौं।
–    दैनिक केही नयाँ अंग्रेजी शब्द याद गरौं। शब्दकोश बढाऔं।
–    अंग्रेजी भाषामा लेखिएका समाचार, साहित्य वा जुनसुकै सामग्री वाचन गर्ने अभ्यास गरौं।
–    टेलिभिजनमा अंग्रेजी च्यानल एवं अंग्रेजी चलचित्र हेर्ने बानी बसालौं।
–    अंग्रेजीमा वाक्य बनाउने अभ्यास गरौं।

सेक्स फ्याक्ट : युवतीको सेक्स अपिल
जुन युवती आफूलाई राम्री मान्छिन् उनलाई एक नजर लगाइदियो भने उनको घमन्ड अझ बढ्छ। त्यस्ती युवतीलाई छड्के आँखाले खुट्टामा हेरिदियो भने उनी लज्जित हुन्छिन्। खुट्टामा हेरेर प्याच्च थुक्यो भने केही पर पुगेर आफ्नो जीउडाल फर्की-फर्की हेर्न थाल्छिन्। नजिकमा घर वा कोठा भए र्फकेर गएर ऐना हेर्छिन्। यो पुरुषहरूको सम्मोहन शक्तिको गुण हो।
जतिसुकै व्यस्त भए पनि महिलाहरू घर बाहिर निस्कँदा घडी अर्थात् समयलाई महत्त्व दिँदैनन्, ऐना हेर्छन्। ऐना नहुनेले मुख पुछपाछ गरी कम्मर मर्काई-मर्काई आफ्नो शरीर हेर्न थाल्छन्। त्यस्तै लोग्नेमान्छे आफूबाट मोहित भएको युवतीलाई थाहा हुँदैन। यदि कुनै युवती एउटा खुट्टा अर्कोमा चढाएर वा उपरखुट्टी लगाएर बसेकी छिन् भने त्यस्तो बेला यौन प्रस्ताव राख्नुहुँदैन। यस्तो स्थितिमा गालामा थप्पड वा चप्पल पर्न सक्छ, तर युवती खुट्टा फैलाएर बसेकी छिन् अथवा देब्रे वा दाहिनेमध्ये कुनै एउटा खुट्टा हल्लाउँछिन् भने समागमको प्रस्ताव राख्दा फरक नपर्ने अध्ययनकर्ताहरूको दाबी छ।
घरेलु टिप्स
एउटा कचौरामा थोरै वेकिङ पाउडर राखौं। १०-१५ दिनपछि त्यसबाट एक किसिमको बास्ना आउँछ, जसले साङ्ला भगाउँछ। ल्वाङको प्रयोगबाट पनि साङ्ला हटाउन सकिन्छ। किचन क्याविनेट मुनी केहि ल्वाङ राखे साङ्ला विस्तारै हट्दै जान्छ।
एउटा कचौरामा एकतिहाइ जति रेड वाइन राखौं, साङ्लाको आतंक क्रमशः कम हुँदै जान्छ। अन्डाको खोस्टाबाट पनि साङ्ला हटाउन सकिन्छ।
गिफ्ट आइडिया
आफ्नो पे्रम सम्बन्धलाई सुमधर राख्ने एउटा उपाय हो, उपहार आदान-प्रदान। यद्यपि उपहार दिनुअघि केहि कुरामा ध्यान पुर्‍याउनुपर्छ।
प्रेमी वा प्रेमिकालाई मनपर्ने पहिरन उपहार दिन सकिन्छ। यद्यपि पहिरन खरिद गर्नुअघि उनको रुचि, शारीरिक बनौट, मनपर्ने रंग यावत् कुराको ख्याल गर्नुपर्छ।
यदि लभ रिलेसनमा हुनुहुन्छ भने, चकलेट उपहार दिनुहोस्। युवतीहरू प्रायः चकलेट मन पराउँछन्। त्यसैले बजारमा उपलव्ध उत्कृष्ट ब्रान्डको चकलेट राम्रोसँग प्याक गरेर उपहार दिन सकिन्छ।
अहिले केही भिन्न वान्कीको कफी मग, वेडसिट, घडी, टिसर्ट आदि चल्तीमा छन्। यसले आफ्नो फिलिंङ्सलाई पनि जीवन्त तुल्याउँछ।
उपहार दिनुअघि प्रेमी वा प्रेमिकाको मनोविज्ञान बुझ्नु राम्रो हुन्छ। प्रेमी वा प्रेमिकाको रुचिअनुसार उपहार छनौट गर्दा त्यसको प्रभाव सकारात्मक हुन्छ।
यी कुराले नपुंसक बनाउन सक्छ
मानिसमा प्रजनन क्षमता गुम्नु वा नपुंसक हुनुका विभिन्न कारण हुन सक्छन्। मानसिक दबाब तथा डिप्रेसन, मदिरा तथा लागू औषधको लत, धूम्रपान, मोटोपन, मधुमेह, हृदयरोग तथा उच्च रक्तचापजस्ता समस्याले कालान्तरमा मानिसलाई नपुंसक बनाउन सक्छ। एक अध्ययनले आउँदा वर्षहरूमा विश्वमा प्रजनन क्षमता गुमाउने मानिसको संख्या अझ बढ्ने र सन् २०२५ सम्ममा यस्ता नपुंसक मानिसमध्ये सबैभन्दा धेरै भारतीय हुने ठहर गरेको छ। मानिसलाई नपुंसक बनाउने तत्वमध्ये विश्व ऊष्णीकरण तथा जलवायु परिवर्तनसमेत महत्वपूर्ण कारकतत्व बन्ने विज्ञहरू बताउँछन्। यसका साथै अनियमित जीवनशैलीले समेत प्रजनन क्षमता नष्ट गर्न सहयोग गर्छ। विज्ञहरूका अनुसार विश्वमा नपुंसकताको सिकार भएकामध्ये सबैभन्दा धेरै मानिस एसिया, अफ्रिका तथा उत्तर अमेरिकामा छन्।

 

 

 

Source : http://www.ekantipur.com/saptahik/

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s