शालीनदी मेलामा दर्शनार्थीको घुँइचो

शालीनदी मेलामा दर्शनार्थीको घुँइचो

काठमाडौं १८ माघ – पौष शुक्ल पूर्णिमादेखि सुरु भएको साँखुस्थित शालीनदीमा श्री स्वस्थानी व्रतकथा तथा माधवनारायणको मेलामा अहिलेसम्म नौ लाखभन्दा बढी भक्तजनले दर्शन तथा पूजाआजा गरेका छन् । 
पूजा आराधना गर्न हरेक दिन मुलुकका काठमाडाँैबाहेक छिमेकी जिल्ला सिन्धुपाल्चोक, भक्तपुर, ललितपुर, काभ्रे, धादिङ, नुवाकोट, रसुवा  उयपुरलगायतबाट भक्तजनहरू आउने श्री माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिका अध्यक्ष जयराम श्रेष्ठले जानकारी दिए  । यो धार्मिक स्थल राजधानीदेखि १७ कलोमिटर उत्तर पूर्वको प्राचीन नगर शंखरापुर साँखुमा अवस्थित छ ।
उनका  अनुसार हालसम्म माइकिङ, चन्दा बाकस, सवारी साधन प्रवेश शुल्कलगायतबाट ८ लाख ५६ हजार आर्थिक संकलन भएको छ ।समितिका अनुसार यस पटक गत वर्ष भन्दा मेला व्यवस्थित र मर्यादित रहेको र भक्तजनलाई दर्शनका लागि लामो समय लाइन बस्नु नपर्ने व्यवथा मिलाइएको छ ।
गत वर्षहरूमा मेलाको अन्तिम सातातिर मात्र घुँइचो लाग्ने गरेको भएपनि यस वर्ष भने मेलाको सुरुदेखि नै भक्तजनको ठूलो घुँइचो लागेकाले गत वर्षभन्दा भक्तजन बढ्ने समितिको अनुमान छ ।
मेलामा आउने तीर्थालुहरूले सुरक्षालाई ध्यानमा राखी यस वर्षदेखि स्थानीय ३५ वटा  संस्थाहरूले सहकार्य गरेका छन् । साथै सुरक्षालाई ध्यानमा राख्दै समितिले आठवटा सिसी क्यामेरासमेत जडान गरेको छ । सो क्यामेरामार्फत मेला क्षेत्रको २४ सै घन्टा अनुगमन हुने महानगरी प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक गोविन्द अधिकारीले जानकारी दिए ।

Source : http://www.karobardaily.com/nepali/news/2014/02/1391228751

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s