सहिदहरूको सम्झना

काठमाडौं,  माघ १६ गते । जनताको सार्वभौम अधिकारका लागि आफ्नो जीवन उत्सर्ग गर्ने महान् सहिदप्रति भावपूर्ण श्रद्धा र  सम्मान अर्पण गर्दै आज देशभर सहिद दिवस मनाइएको छ ।
यो दिवसमा खासगरी नेपाली जनतामा सार्वभौम अधिकार निहीत गराउन जहाँनिया राणाशासनका विरुद्धमा दरो रूपमा आवाज उराल्ने चार वीर सपूतहरू सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको योगदानको स्मरण गरिन्छ ।
विसं १९९७ माघ १० गते निरङ्कुश राणाशासन विरुद्धमा नेपाल प्रजापरिषद् स्थापना गरी जनतालाई राजनैतिक अधिकारका लागि क्रान्ति गर्न प्रेरित गर्ने शुक्रराजलाई टेकुस्थित खरीको रुखमा झुण्ड्याएर हत्या गरिएको थियो । त्यसको दुई दिनपछि माघ १३ गते सिफलमा धर्मभक्तलाई  झुण्ड्याएको थियो भने माघ १५ गते दशरथ चन्द र गङ्गालाललाई शोभाभगवतीमा गोली हानी राणाहरूले हत्या गरेका थिए । उनीहरूले हाँसीहाँसी देश र जनताका लागि देखाएको त्याग राजनीतिक इतिहासमा स्वर्ण अक्षरले लेखिएको छ ।
पछिल्लो कालखण्डमा निरङ्कुश पञ्चायती व्यवस्था तथा राजतन्त्रका विरुद्धका अहिंसात्मक तथा शान्तिपूर्ण प्रजातान्त्रिक आन्दोलनका क्रममा ज्यान गुमाएकाको सम्झना तथा सम्मान यसै दिवसमा गरिन्छ ।
हेटौँडा ः सहिद दिवसको उपलक्ष्यमा हेटौँडा नगरपालिका–११ नवलपुरस्थित सहिद स्मारकमा आज बिहान भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरियो ।
सहिद दिवस मूल समारोह समितिका संयोजक गोकर्णराज शर्मा, मकवानपुरका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्याल सहितका समाजका गण्यमान्य व्यक्ति, उद्योगी व्यवसायी, पत्रकार, स्थानीय नागरिक लगायतले सहिद स्मारकमा पुष्पगुच्छा अर्पण गर्नुभयो ।
स्मारकमा श्रद्धाञ्जलि अर्पण गर्न आज बिहान झाँकीसहितको एक र्याली नवलपुरबाट स्मारकसम्म पुगेको थियो । सोही अवसरमा आयोजित सङ्क्षिप्त साहित्यिक कार्यक्रममा विभिन्न कविकवयित्रीले सहिदको सम्झनामा आ–आफ्ना कविता वाचन गरेका थिए । रासस

Source: http://www.gorkhapatraonline.com/%

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s