मनमोहक खप्तड

मनमोहक खप्तड

खप्तड लेक प्राकृतिक, धार्मिक र सांस्कृतिक विविधताले भरिपूर्ण छ। डोटी, अछाम, बाजुरा र बझाङ जिल्लाको २२५ वर्ग किलोमिटर क्षेत्र समेटेर खप्तड राष्ट्रिय निकुञ्ज बनाइएको हो। सरकारले २०४३ असार ९ गते निकुञ्ज घोषणा गर्नुअघि खप्तड चरिचरन क्षेत्र थियो। अचेल गाईबस्तु चराइँदैन। सेनाले निकुञ्ज संरक्षण गरेको छ।
कतै अग्ला डाँडा, कतै समथर पाटन। रमणीय छ खप्तड। त्यहाँ ३७२ प्रजातिका वनस्पति पाइन्छ। कालकुट, पाँचऔंले, नीरमसीजस्ता १२५ थरी जडिबुटी, २३ किसिमका वन्यजन्तु र २८७ प्रजातिका चरा पाइन्छ। खप्तड खस्रे भ्यागुता र बझाङे पाका लागि समेत प्रख्यात छ।
स्कन्द पुराणमा खप्तडलाई ‘खेचराद्री’ भनिएको छ। खेचरको अपभ्रंश हुँदै जाँदा खप्तड भएको मानिन्छ। खप्तडको उचाइ १२६२ देखि ३२७६ मिटरसम्म छ। यहाँ २२ वटा पाटन छन्। जेठ–असारमा बुकी फूलले पाटन ढकमक्क हुन्छन्। फूलैफूलको गलैंचा बिच्छ्याएजस्तै देखिन्छन्। बर्खामा गंगा दसहरा मेला भर्न हजारौं सहभागी हुन्छन्। उनीहरू नुहाउँछन्। डेउडा गाउँछन्। रमाइलो गर्छन्।    
खप्तड धार्मिक हिसाबले पवित्र मानिन्छ। त्यहाँ नागढुंगा, खापर दह, खप्तड आश्रम, सहस्र लिंग, त्रिवेणीधाम छन्। त्रिवेणीघाटमा नुहाए पाप पखालिन्छ। त्रिवेणीमा दुई नदी गंगा र जमुनाको संगम देखिन्छ। सरस्वती नदी गुप्त बगेकी छिन् भन्ने विश्वास गरिन्छ।  त्यस्तै युधिष्ठिर स्वर्ग जाँदा खप्तड हुँदै गएका थिए भनिन्छ।  
खप्तड पुगेर हेर्नैपर्ने ठाउँ खप्तड बाबा आश्रम पनि हो। त्यहाँ बाबाको मूर्तिका साथै बाबाले प्रयोग गरेका केही सामान छन्। बाबाले खप्तडमा ५० वर्ष बिताउनुभएको थियो। उहाँले योग र ध्यान गर्नुभयो। किताब लेख्नुभयो। उहाँले धर्मविज्ञान, विचार विज्ञान, स्वास्थ्य विज्ञान, म र मेरो कर्तव्य नारीधर्म र पुरुषधर्म, आत्म ज्ञान, योग विज्ञान, वेदान्त विज्ञान, आरोग्य विज्ञानलगायत पुस्तक लेख्नुभएको छ।
आश्रम हाताबाट अपी शैपाल हिमशृंखला देखिन्छ। खप्तडका अन्य ठाउँबाट पनि हिमाल देखिन्छ। त्यहाँ क्यान्सरका लागि उपयोगी मानिएको लौठ सल्लाको जंगल छ।  
निकुञ्ज मुख्यालय भएको ठाउँमा संग्रहालय छ। त्यहाँ भालु, बँदेल, कस्तुरी, चितुवा आदिका टाउका, खुट्टा, पशुपंक्षीका छाला र फोटो सजाइएको छ। मुख्यालयअघिल्तिर सेनाको क्याम्प छ।
खप्तडमा मंसिरदेखि बैसाखसम्म कुनै पनि बेला हिउँ पर्न सक्छ। एकपटक परेको हिउँ धेरै दिन रहन्छ। केही दिनअघि परेको हिउँले खप्तडका पाटन सेताम्मे भइसकेका छन्। हिउँ थुप्रिएपछि त्यहाँ जान गाह्रो हुन्छ। सेनाले बाटोको हिउँ पन्छाएर ट्र्याक खोलेपछि मात्रै माथि जान सकिन्छ। फागुन लागेपछि त लेकमा गुराँस पनि फुल्न थाल्छ।
खप्तड हुँदै राराताल पदयात्रा गर्न सकिन्छ। खप्तडमा तीन दिन बिताउनु राम्रो हुन्छ। डोटी सदरमुकाम सिलगढीबाट उकालो चढेर दुई दिनमा खप्तड पुग्ने। र, तीन दिन त्यहीँ घुम्ने। खप्तडको प्रवेशद्वार झिग्राना हो। त्यहाँ सेनाको ब्यारेक छ। त्यहाँबाट ठाडो उकालो चढ्नुपर्छ। झिग्रानामाथि सर्वसाधारणको बस्ती छैन।
खप्तडमा होटल छैन। निकुञ्जले बीचपानी र मुख्यालयमा एउटा–एउटा गेस्ट हाउस चलाएको छ। पहिल्यै खबर गरेर जानुपर्छ। चिसो ठाउँ भएकाले न्याना लुगा लगाएर जानुपर्छ। सिल्पिङ ब्याग र ड्राई फुड्स लानुपर्छ। एक्लै जानु हुँदैन, समूहमा पदयात्रा गर्नुपर्छ।  
खप्तड जान काठमाडौंदेखि धनगढीसम्म बस वा हवाई यात्रा गर्नुपर्छ। धनगढीबाट डोटी सदरमुकाम सिलगढीसम्म बसमा। सिलगढीबाट पदयात्रा।
 

सिद्धान्तका कुरा

त्रिभुवन विश्वविद्यालय अंग्रेजी विभागका छात्र सञ्जीव उप्रेती जुनबेला एमएमा गोल्डमेडलका दाबेदार थिए, त्यसबेला उनका बुबा शंकरप्रसाद उप्रेती झापाको चन्द्रगढी जेलमा थिए।

खेलौना

बहिनी अपेक्षा,धेरै–धेरै सम्झना।’केही दिनअघिको घटना तिम्रो मनमा ताजै होला। मामुले ल्याइदिएको खेलौनासँग दिनभरि खेल्दै रमाएका थियौं। मैले खेलौंनाको कपाल कोरिदिएर तिमीले खेलौनाको निधारमा टीका, मुहारमा पाउडर लाइदिएपछि कति राम्रो भएको…

आत्मघाती गोल

आत्मघाती गोल

जाडो दिन ढल्दै थियो। हाम्रा टिम क्याप्टेन चौधरीले हामीलाई ‘हट लेमन विथ हनी’ खुवाइरहेका थिए। राष्ट्रिय गौरवको हाम्रो टिम एउटा अनाम भट्टी स्टाइलको क्याफेमा भेला भएको थियो। तीन महिनादेखि तलब…

'अझै कति गम्भीर भइदिनु मैले?'

‘अझै कति गम्भीर भइदिनु मैले?’

नेपाल लिट्फेस्टमा शनिबार र आइतबार सहभागी हुने भारतीय लेखक शोभा डे त्यहीँको लेखक र मनोरञ्जन दुनियाँमा अक्सर छाइरहन्छिन्। उनीसँगकव इमेल वार्ता पढ्नुहोस्:

युरोपले गरायो 'युटर्न'

युरोपले गरायो ‘युटर्न’

‘अंग्रेज बु्रअर नभई कम्पनी चलाउन नपाइने भयो, लौन खोज्न जाऔं !’काठमाडौंमा डिस्टिलरी चलाउने एकजना साथीको आग्रह टार्न नसकेर युरोप घुम्न हिँडेका वसन्तराज मिश्रको निम्ति त्यही भ्रमण जिन्दगीकै महत्वपूर्ण ‘टर्निङ प्वाइन्ट’…

व्यापकता पाउँदै नेपाल संवत्

चुन्दा बज्रचार्य हिजोआज निकै व्यस्त छिन् । विभिन्न कार्यक्रममा भ्याई–नभ्याई छ । उनको व्यस्तता नजिकिँदै गरेको चुनाव प्रचारको लागि होइन । ‘नेपाल संवत् न्हूँदा राष्ट्रिय समिति ११३४’ की अध्यक्ष रहेकी…

वाल्मीकि आश्रम

वाल्मीकि आश्रम

वाल्मीकि आश्रम। राममयणका रचयिता वाल्मीकिको साधना भूमि। नेपालका धार्मिक, पौराणिक तथा ऐतिहासिक स्थलमध्येको महत्वपूर्ण ठाउँ। चितवनको ठोरी गाविसमा पर्ने यो आश्रम जति लोकप्रिय छ, उत्ति नै उपेक्षित पनि।

नबिझाउने, नबिलाउने

नबिझाउने, नबिलाउने

‘नारी पुरुष, एक रथका दुई पांग्रा’यो उक्ति अभिनेत्री मिथिला शर्मालाई सही लाग्छ। उनको रथ भने एक पांग्रामै सन्तुलित देखिन्छ। ‘तपाईंले त एक पांग्राकै भरमा छलाङ मार्नुभयो नि?’ अविवाहित यी अभिनेत्री…

Source :- See more at: http://www.nagariknews.com/nagarik-sanibar/story/12734#sthash.ak3DwwiK.dpuf

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s