नर्भिक अब पूर्ण डिजिटलमा – 701016 – KEND

सरस्वती ढकाल
काठमाडौं, १४ माघ- नर्भिक इन्टरनेसनल हस्पिटल वैशाखसम्म पूर्ण डिजिटल प्रविधिमा जाने भएको छ । बिरामीका लागि अनलाइनबाटै डाक्टर बुकिङ, बारकोडसहितको बिरामी दर्ता, डाक्टरको प्रेस्क्राइभ (बिरामी पुर्जा), परीक्षण रिपोर्ट सबै अनलाइबाटै उपलब्ध गराउने सफ्टवेयर तयार भइरहेको अस्पतालले जनाएको छ ।  यो सफ्टवेयरमार्फत डाक्टरले बिरामीको अवस्था हेरी अनलाइबाटै सल्लाह–सुझावसमेत दिनेछन् ।नर्भिक अब पूर्ण डिजिटलमा
प्रशासनिकदेखि मेडिकलतर्फका सबै काम ‘पेपरलेस’ बनाउने लक्ष्यसहित नर्भिकले ‘ई–हेल्थ’ सुरु गर्न लागेको हो । वैशाखदेखि फाइल बोक्ने, हरेक पटक बिल काट्ने, औषधि किन्न कागज बोकिरहनुपर्ने झन्झटबाट बिरामी र आफन्त मुक्त हुनेछन् तर उनीहरुसँग स्मार्टफोन भने हुनुपर्नेछ । “विरामी आइसकेपछि सबै जानकारी सिस्टममै अपडेट गरिन्छ, सुरुदेखि डिस्चार्ज नभएसम्मका सबै रकर्ड हेर्न सकिनेछ,” हस्पिटलका प्रमुख सञ्चालन अधिकृत दीपक वंशलले भने ।
डिजिटल प्रविधिमा जान अस्पतालले ६० प्रतिशत काम सकिसकेको छ । अनलाइनबाटै प्रेस्क्राइभ गर्ने, रिपोर्ट हेर्ने तथा सल्लाह–सुझाव दिने काम सुरु भइसकेको छ । बिरामीका सबै हार्डकपी राख्नुपर्ने÷नपर्ने विषयमा स्वास्थ्य विभागको व्यवस्था नभएकाले अहिले हार्डकपी राखिएको वंशलले बताए ।
“बिरामीको अवस्था जाँच्न जाँदा डाक्टरसँगै नर्सहरु फाइलमा बिरामीको अवस्था रेकर्ड गर्छन् तर त्यो रेकर्ड अब डिजिटल हुन्छ,” उनले भने, “बिरामी जाँच गरेपछि डाक्टर वा नर्सले तुरन्तै अपडेट गर्न सक्नेछन्, सबै विभाग÷वार्डमा इन्टरनेट र ल्यापटप÷कम्प्युटर व्यवस्था छ ।” रेकर्ड राख्न, बिरामीको अवस्था सहजै जानकारी गराउन र तुरन्तै बिरामीलाई सल्लाह दिन सबै डाक्टरलाई ट्याब्लेट दिइने उनले बताए ।
ल्याबबाट पनि सबै रिपोर्ट सम्बन्धित बिरामीको बारकोडसहित प्रोफाइलमा उपलब्ध हुनेछ । बिरामीका आफन्तले युजरनेम र पासवर्ड लिई सबै विवरण हेर्न सक्नेछन् ।
डाक्टर ड्युटीमै नभएको अवस्थामा पनि घरबाट वा अन्य ठाउँबाट समेत ‘गाइड’ गर्न सक्नेछन् । “हरेक बिरामीको बारकोड भएपछि एउटाको सट्टा अर्काे उस्तै नाम भएको व्यक्ति पर्ने सम्भावना रहँदैन,” वंशलले भने, “यस्ता व्यवस्थाले हामीलाई नमुना र डिजिटल अस्पताल बनाउनेछन् ।” उनका अनुार ३ महिनाभित्र नर्भिक पूर्ण रूपमा ‘पेपरलेस’ हुनेछ ।
अस्पतालले ‘पिक्चर अर्काइभिङ एन्ड कम्युनिकेसन सिस्टम (प्याक्स)’ मार्फत काम गर्नेेछ । एमआरआई, एक्स–रे, सीटीस्यानजस्ता फोटो नै आवश्यक पर्ने सेवामा पनि सोही सिस्टमबाटै अपलोड गर्न सकिनेछ । रेडियोलोजीमा फोटो प्रयोग गर्नुपर्ने भएकोले प्याक्स अझ प्रभावकारी हुनेछ । भर्ना भएका बिरामीका आफन्तका लागि २ साताभित्र ‘एसएमएस अलर्ट’ सुविधा ल्याउने तयारी भइरहेको वंशलले बताए । बिरामीका आफन्त जहाँ भए पनि तत्काल सबै अवस्था थाहा पाउन सक्नेछन् । विदेशी पर्यटक नेपाल आउँदा स्वास्थ्य सेवा लिनु परे सबै रिपोर्ट सम्बन्धित राष्ट्रका डाक्टरले समेत हेर्न सक्ने अस्पतालले जनाएको छ ।
स्मार्टफोन प्रयोगकर्तालाई लक्षित गर्दै अस्पतालले ‘मोबाइल एप्स’ पनि सुरु गर्दैछ । यो एप्समार्फत अस्पताल आउने बिरामीको पछिल्लो अवस्था जानकारी गराइनेछ । जटिल अवस्थालाई मध्यनजर गरी आफन्तलाई एसएमएससमेत गर्न सकिने सुविधा यसमा हुनेछ । अस्पतालले आधारभूत र विस्तृत गरी दुईथरीका एप्स बनाउँदैछ ।
अस्पतालमा अहिले सयभन्दा धेरै डाक्टर कार्यरत छन् भने दैनिक ५ सयभन्दा धेरै बिरामीले सेवा लिइरहेका छन् ।

Source : http://www.karobardaily.com/nepali/news/2014/01/1391050665

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s