ज्येष्ठ नागरिकको मुद्दा अझै ओझेलमा GOPA – 701016

 

नगेन्द्र सापकोटा,
काठमाडौं, माघ १६ गते । सरकारले गत कात्तिक १ गतेदेखि ज्येष्ठ नागरिका लागि सार्वजनिक सवारी साधनमा दुईवटा सिट छुट्टाउने घोषणा गरे पनि व्यहारिक रुपमा भने अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन । घोषणा गरेको चार महिना पुग्न लाग्दा समेत छुटत परेजाओस् सार्वजनिक सवारी साधनमा ज्येष्ठ नागरिक आरक्षण भनी उल्लेखसमेत गरिएको छैन । सिटमा आरक्षण नलेख्दा ज्येष्ठ नागरिकहरु सवारी साधनमा सकी नसकी उभिदै यात्रा गर्न बाध्य भएको ज्येष्ठ नागरिकका प्रतिनिधिहरु बताउनुहुन्छ ।
ज्येष्ठ नागरिक हकहित संघर्ष समितका अध्यक्ष महाप्रसाद पराजुलीले भने सरकारले ज्येष्ठ नागरिकको मागलाई उपेक्षा गरेको बताउनुभयो । सस्तो लोकप्रियताका लागि सरकारले सार्वजनिक सवारी साधनमा सिटको घोषणा गरे पनि व्यवहारिक रुपमा भने अहिलेसम्म पनि कर्यान्वयन आउन नसकेको गुनासो गर्दै उहाँले भन्नुहुन्छ– ‘ज्येष्ठ नागरिकहरु घर, परिवार, समाजबाट त उपेक्षित छदैछन अहिले सरकारबाट समेत ज्येष्ठ नागरिकहरु उपेक्षित बन्न थालेका छन ।’
यातायात व्यवस्था विभागका कर्मचारी र यातयात व्यसायीबीच मिलेमतोका कारण निर्णय कार्यान्वयन नभएको हो࢖’ उहाँले भन्नुभयो– “यसबाट नै सरकारको नियत प्रष्ट भएको छ ।

ज्येष्ठ नागरिक सेवा समाज नेपाल काठमाडौं शाखाका अध्यक्ष शिवशंकर पौडेल पनि सरकारले सार्वजनिक सवारी साधनमा छुट्टयको दुईसिटको कार्यान्वयन नगर्दा धेरै ज्येष्ठ नागरिक उभिए यात्रा गर्न बाध्य भएको बताउनुभयो । कि सरकारले घोषणा नगरेको भए हुन्थ्यो घोषणा गरेपछि त्यसलाई व्यवहारिक रुपमा कार्यान्वयन नगर्नु ज्येष्ठ नागरिक पीडित बनेको भन्दै छिटो भन्दा छिटो घोषणा गरिएको आरक्षण सिटको ज्येष्ठ नागरिकले पाउनुपर्ने विचार व्यक्त गर्नुभयो ।

यातायात व्यवस्था विभागका प्रवक्ता मुक्तिबहादुर केसीले सार्वजनिक सवारी साधनले ज्येष्ठ नागरिकका आरक्षण सिटको उल्लेखन गर्न नसकेको स्वीकार गर्नुभयो । तत्काल अनुगमन गरी व्यवहारीक रुपमा ज्येष्ठ नागरिकलाई सिटको आरक्षण गरी छुट दिलाउन सम्बन्धित निकयालाई ध्यानाकर्षण गराउने भन्दै उहाँले आरक्षण सिट मात्र उल्लेख गर्नु भन्दा पनि युवायुवतीहरुले नैतिकताको आधारमा पनि ज्येष्ठ नागरिकका लागि सिटमा बस्न दिनुपर्ने आवश्यकता उहाँले औंल्यानुभयो ।

Source: http://www.gorkhapatraonline.com/

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s