आय–आर्जनको आधार तरुलखेती-701014

विश्वनाथ खरेल ,    

गत माघे सक्रान्ति पर्वमा काठमाडौं उपत्यकामा दैनिक सय टनसम्म तरुल बिक्री भएको थियो भने अहिले तरुलको सिजन भएको हुँदा मुलुकका विभिन्न भागमा खुद्रा पसलदेखि लिएर थोक बिक्री केन्द्रहरु समेत तरुलले भरिभराउ हुन्छन् । जाडो महिनामा घ्यू, चाकुसँगै विभिन्न प्रकारका तरुललाई पोषिलो आहार मानिन्छ । तरुलको उत्पादन खासगरी पहाड र तराई भेगमा बढी मात्रामा हुने गरेको छ । यस खेतीका लागि ठूलो पुँजी आवश्यक नपर्ने हुँदा सामान्य आय–आर्जन गर्ने व्यक्तिदेखि ठूल–ठूला कृषकहरुले सजिलैसँग यो खेती गर्न सक्छन् । यो धनी, गरिब सबैका लागि अनिवार्य खाद्यपदार्थ हो । यसको प्रयोग खासगरी तरकारी, दाल र उसिनेर व्रत तीर्थ आदि कार्यमा खाने चलन छ । हाम्रो देशका विभिन्न भेगमा विभिन्न किसिमका तरुलहरु पाइन्छन् । विगतका वर्षहरुमा २०६४ मा एक हजार पाँच सय ६१ मेट्रिक टन, २०६५ मा एक हजार एक सय ६४ मेट्रिक टन, २०६६ मा एक हजार पाँच सय ३९ मेट्रिक टन र हालसम्म झन्डै दुई हजार मेट्रिक टन तरुल वर्षभरिमा कालिमाटी बजारमा आउने गरेको अनुमान गरिएको छ ।      
देशमा विभिन्न जिल्लाहरुबाट राजधानीमा विभिन्न किसिमका तरुलहरु आपूर्ति हुन्छ । यसमा धादिङबाट घ्यू तरुल, नलवपरासीबाट भँुडे तरुल, सर्लाहीबाट दाउरे तरुल, गोरखा र चितवनबाट सिमल तरुल, नवलपरासी, फर्पिङ र चितवनबाट वन तरुल  आयात गरिन्छ भने घर तरुल आयात गरिने क्षेत्रमा चितवन, नवलपरासी र धादिङ पर्दछन् । त्यसैगरी तनहूँ, चितवन, गोरखाबाट सेता तरुल आउँछ भने धादिङ, काभे्रपलाञ्चोक र चितवनबाट हात्तीपाइले तरुल राजधानी भित्रिएको हुन्छ । त्यसैगरी चितवनबाट रातो तरुल आउँछ भने सर्लाही र नुवाकोटबाट रातो पत्ताले तरुल राजधानीमा आउने गरेको छ । यसै क्रममा काभे्रपलाञ्चोक र नुवाकोटबाट पानी तरुल आउँछ भने तनहूँ, सिन्धुपाल्चोक, धादिङ र चितवनबाट रातो घरतरुल र काठमाडौं र धादिङबाट सेतो तरुल कालिमाटी बजारमा आउने गरेको छ ।  नेपालभरिको अध्ययन गर्ने हो भने सबैभन्दा बढी तरुल उत्पादन हुने जिल्लाहरुमा सर्लाही, चितवन र धादिङ अगाडि पर्दछन् । यसमध्येमा पनि सबैभन्दा बढी उत्पादन हुने जिल्ला सर्लाही हो भने दोस्रो र तेस्रोमा क्रमशः चितवन र धादिङ जिल्ला पर्छन् । काठमाडौंमा सबैभन्दा बढी तरुल सर्लाहीबाट आउने कुरा विगतका तथ्यांकहरुले देखाएका छन् । यसरी सर्लाहीबाट आउने तरुलमध्ये सबैभन्दा सस्तो दाउरे तरुल पर्छ । नेपालीहरुको लागि माघे सक्रान्ति पनि एक महत्वपूर्णको पर्व हो । यस बेला तरुलको निकै महत्व मानिएको हुन्छ । यसबेला सबैभन्दा बढी मूल्य वन तरुलको पर्दछ । यसको सरदर मूल्य प्रतिकिलो एक सयमाथि नै पर्छ त्यसरी नै हात्ती पाइने, घर तरुल, रातो तरुल ५० देखि ६० र अरुको मूल्य ४० देखि ५० रुपैयाँ पर्ने गर्छ ।      
समग्रमा भन्नुपर्दा हाल बजारमा तरुलको आयात अनुपातमा खपत बढ्दै गएकाले तत्काल मूल्य नघट्ने सम्बन्धित क्षेत्रका विज्ञहरुको भनाइ रहेको पाइन्छ । तरुलमा मुलुक आत्मनिर्भर रहेको माथिको उल्लेखित आँकलबाट पनि स्पष्ट हुन्छ । देशमा आयात हुने तरुल चाडपर्वमा नगण्य रुपमा छिमेकी मुलुकबाट आएको देखिएको छ ।  तर, हाम्रै देशको तरुलको उत्पादनले बढ्दो मागलाई परिपूर्ति गरेको अनुमान विज्ञहरुको रहेको छ । अझ भन्नुपर्दा, हाम्रो मुलुकमा तरुलको क्षेत्रफल र उत्पादन बढाउने हो भने हाम्रा छिमेकी मुलुकहरुमा निर्यात समेत गर्न सक्ने कुरामा कसैको पनि दुईमत नहोला । तसर्थ देशको खासगरी हिमाली भागमा कमै मात्रामा तरुलको उत्पादन भए पनि तराईमा सबैभन्दा बढी र दोस्रोमा पहाडी भागमा तरुलको खेती गरिने गरिन्छ । यसको उपभोग व्रततीर्थको समयमा विशेष रुपमा गरिने गरिन्छ ।          
र अन्य समयमा पनि तरकारीको रुपमा यसको प्रयोग गर्ने गरेको पाइन्छ । हाम्रो देशका स–साना कृषकहरुको आय–आर्जनको प्रमुख स्रोत नै तरुल हो । तरुलमा मुलुक आत्मनिर्भर रहेको माथिको उल्लेखित आँकलबाट पनि स्पष्ट हुन्छ । देशमा आयात हुने तरुल चाडपर्वमा नगण्य रुपमा छिमेकी मुलुकबाट आएको देखिएको छ । तर, हाम्रै देशको तरुलको उत्पादनले बढ्दो मागलाई परिपूर्ति गरेको अनुमान विज्ञहरुको रहेको छ । अझ भन्ने हो भने हाम्रो मुलुकमा तरुलको क्षेत्रफल र उत्पादन बढाउने हो भने हाम्रा छिमेकी मुलुकहरुमा निर्यात गरी विदेशी मुद्रा आर्जन गर्ने  कुरामा कसैको पनि दुईमत नहोला ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s