स्वस्थानी व्रतकथा आजदेखि सुरु

Thursday, 16 January 2014 04:16:29
दानबहादुर कार्की
काठमाडौं । पौष शुक्लपूर्णिमाका दिनदेखि सुरु हुने श्री स्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आजदेखि साँखुस्थित शालीनदीमा सुरु भएको छ । प्रत्येक वर्ष आजैका दिनदेखि स्वस्थानी व्रतकथा सुरु भई माघ शुक्लपूर्णिमाका दिन समापन हुने गर्दछ । माघदेखि फागुनसम्म एक महिना लाग्ने यो मेलामा हजारौँ भक्तजनले दर्शन गर्ने गर्दछन् । यो समयमा व्रतालु तथा भक्तजनले श्रद्धापूर्वक श्री स्वस्थानीको कथा वाचन र श्रवण गर्ने गर्छन् । व्रत बस्ने प्रत्येक महिलाले महिनाभरि नुहाई मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाक खाएर बसेका खण्डमा पुण्य मिल्ने तथा मनोकाङ्क्षा पूरा हुने विश्वास सदियौँदेखि  चल्दै आएको छ । एक महिनाभर प्रत्येक दिन बेलुका हिन्दूधर्मावलम्बीहरुले घर घरमा श्री स्वस्थानीको कथा वाचन तथा श्रवण गर्ने गर्दछन् । यो कथा महादेव र पार्वतीका साथै तपस्याबाट प्राप्त भएको गुणको व्याख्यामा केन्द्रित छ ।
    सत्ययुगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेव स्वामी पाउन विष्णुको सल्लाहअनुसार निराहार रहेर स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकाङ्क्षा पूर्ण भएको र पछि उनले लोककल्याणका निम्ति यो व्रतकथा प्रचारप्रसार गराई गरिब तथा दुःखीहरूको उद्धार गर्नुभएको कथाका रुपमा यो नेपाली समाजमा प्रचलित छ । यस अवधिभर पशुपति, गौरीघाट, गणेशमन्दिर, शालीनदी तथा सतीदेवीको अङ्ग पतन भएको स्थानमा पूजाआजा गरेमा पनि मोक्ष मिल्ने धार्मिक विश्वासका साथ ती स्थानमा भक्तजनको घुइँचो लाग्ने गर्दछ ।
    एकतीस अध्याय रहेको स्वस्थानी व्रतकथाको बाह्रौँ अध्यायमा श्रीस्वस्थानीको महिमाबारे वर्णन गरिएको र श्रद्धापूर्वक श्रीस्वस्थानीको व्रत बसी कथा वाचन तथा श्रवण गरेमा दुःख तथा रोगव्याधि नाश हुने र मनले चिताएको पुग्ने पार्वती, गोमा र नवराजजस्ता पात्रका माध्यमबाट स्वस्थानीमा देखाउन खोजिएको छ । परम्परादेखि नै श्रीस्वस्थानीको व्रत र उपासना गर्ने प्रचलन रहेको शालीनदीमा विभिन्न जिल्लाबाट भक्तजनले माघ महिनाका स्वामी नामले चिनिने माधवनारायणको आजैदेखि व्रत प्रारम्भ गर्ने गर्दछन् । शालीनदीस्थित माधवनारायणको मन्दिर पौष शुक्ल पूर्णिमादेखि माघ शुक्लपूर्णिमासम्म एक महिनामात्र खोली प्रत्यक्ष पूजाआजा गर्ने प्रचलन छ । स्कन्दपुराणको केदारखण्डमा सूर्य मकर राशिमा प्रवेश गरेपछि लाग्ने माघ मेलामा पानी शुद्ध र स्वच्छ हुने उल्लिखित छ ।
    मेलामा आउने तीर्थालुहरुले सुरक्षाको विषयमा चिन्ता लिन नपर्ने व्यवस्था समितिले निर्माण गरेको श्रेष्ठले दाबी गर्नुभयो ।  सुरक्षा प्रबन्ध र मेला व्यवस्थापनका लागि साँखुका आठवटा टोलमा फरकफरक उपसमिति गठन गरिएका छन् । मेलालाई व्यवस्थित बनाउन स्थानीय ३५ वटा संस्थाबीच सहकार्य गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । सुरक्षालाई ध्यानमा राख्दै समितिले आठवटा सिसी क्यामेरा जडान गरेको छ । सो क्यामेरामार्फत मेला क्षेत्रको २४ सै घण्टा अनुगमन हुनेछ । केही दिन पहिलेमात्र काठमाडौँका प्रमुख जिल्ला अधिकारी वसन्तराज गौतमद्वारा शालीनदी परिसरमा राखिएको शिलापत्र अनावरण गरिएको थियो । सोही अवसरमा मेला क्षेत्रमा शङ्खरापुर सरोकार समाज र लायन्स क्लबलाई मेलामा राखिने पसल र होटलको मूल्य अनुगमन गर्ने जिम्मा दिइएको थियो । सबै होटल र पसललाई अनिवार्य रुपमा मूल्यसूची टाँस गरेरमात्र कारोबार गर्न समितिले निर्देशन दिएको थियो । यसैगरी साँखु बस व्यवसायी समितिलाई समेत अनिवार्य रुपमा सो रुटमा चल्ने गाडीमा भाडादरसहितको ब्यानर राख्न अनुरोध गरिएको छ ।  काठमाडौँबाट साँखु बसपार्क पुग्न यात्रुले कति रकम तिर्नुपर्ने हो सो खुल्ने गरी बोर्ड राखिने भएको छ ।
    बस व्यवसायी समितिले यात्रुको सेवा र सुविधालाई ध्यानमा राखेर बेलुकी अबेरसम्म भएपनि यात्रुलाई गन्तव्यमा पु¥याउने व्यवस्था गरेको संयोजक श्रेष्ठले बताए ।
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s