सिन्धुलीमा जुनारको भाउ

छिमेकी गाउँमै दानको एक रुपैयाँ फरक

राजकुमार कार्की

सिन्धुली, माघ ७ –
छिमेकी गाउँलले एक रुपैयाँ दाना बढी लिएको टुलुटुलु हेरेर बस्न बाध्य छन्, सिन्धुलीको तीनकन्या तल्लो माझ कुभिन्डेका जुनार किसानहरू । छिमेकी गाउँलेको बगैंचामै मोटरबाटो पुगे पनि उनीहरू भरियालाई बोकाउन बाध्य छन् ।
‘मोटरबाटोसम्म जुनार भरियालाई बोकाएर ढुवानी गर्दा प्रतिदाना एक रुपैयाँ लाग्छ,’ किसान लोकबहादुर आलेले भने, ‘व्यापारीले जुनार किन्न बोटमै आए पनि छिमेकीको भन्दा कम नै दिन्छन्, सडक नभएकाले हामी ठगिएका छौं ।’ झन्डै एक किलोमिटर ठाडो उकालो लैजानुपर्ने भएकाले भरियाको विकल्प छैन ।
‘एक लाख दाना जुनार बिक्री गर्दा त्यत्ति नै रकम घाटा लाग्छ, हामीले पटक-पटक हारगुहार गर्दा पनि सडक बनेन,’ अर्का किसान गुण्डबहादुर ठकुरीले भने । माथिल्लोमाझ कुभिन्डेको सबैजसो जुनार, सुन्तला बिक्री भइसक्यो तर उनीहरूको अझै आधाजसो बाँकी नै छ । जुनार नबिकेर किसान चिन्तित छन् ।
भरियालाइ बोकाएर लैजाँदा तीन रुपैयाँ प्रतिदाना आउने तर मोटरबाटो भएको भए चार रुपैयाँ पाइने ठकुरीले बताए । उनका दुई सयभन्दा बढी बोट जुनारका बोट छन् । उनले भने, ‘हाम्रो समस्या वर्षौंदेखिको हो, राज्यले कृषिमा लगानी गर्ने भन्छ तर सडक विस्तारमा सुस्ताएको छ ।’
अर्का जुनार किसान पदमबहादुर ठाडामगरको गुनासो पनि उस्तै छ । ‘समय क्रमसगै ढुवानीको समस्या हट्ला कि भन्यो सघै उस्तै छ । पहिला, पहिला सदरमुकामसम्म नै भरियालाई बोकाएर जुनार बिक्रीका लागि लैजानु पथ्र्याे, त्यो हटे पनि किसानलाई उत्साही गर्ने गरी विकासले गति लिएन,’ उनले भने ।
बोटमै खरिद गर्न जाने व्यापारीले पनि ढुवानी महँगो पर्ने भएकाले जुनार छाडी सुन्तला मात्रै लाने गरेको अर्का किसान कृष्णकुमारी ठकुरीले बताइन् । सुन्तला धेरै दाना बोक्न सक्ने भएकाले भरियाहरू पनि जुनार बोक्न त्यति रुची नगर्ने उनको भनाइ छ । मंसिरदेखि पुस मसान्तसम्ममा जुनार नटिप्दा कुहिएर धेरै खेर जाने गरेको किसान ठकुरीले बताए । माझ कुभिन्डेमा दुई दर्जन परिवारले व्यावसायिक जुनार खेती गरेका छन् । सडक सुविधा हुने भन्दै बैंकबाट ऋण लिएर धेरै किसानले जुनार, सुन्तला खेतीमा लगानी गरेको अर्की किसान देवकुमारी ठकुरीले बताइन् । यातायात सुविधा नभएकाले उचित मूल्य लिन नपाएर ऋण तिर्न समस्या भएको उनको भनाइ छ ।
सडक नहुँदा नै सबैभन्दा बढी समस्या झेलेका माझकुभिन्डेका जुनार किसानले बाटो बनाइदिन सम्बन्धित निकायलाई अनुरोध गरेका छन् । गाविसको सबैजसो रकम सडक निर्माणनै छुट्याएकाले आगामी वर्षभित्रमा बनिसक्नेमा उनीहरू आशावादी छन् ।
एक गाउँ एक उत्पादन (ओभिओपी) कार्यक्रमको भरमग्दुर फाइदा माझकुभिन्डेका किसानले उठाएका छन् तर उक्त कार्यक्रमले सडकमा लगानी नगर्ने भएकाले उनीहरू निराश छन् । ‘नर्सरीदेखि लिएर औषधीसम्म हामीले अनुदान दिने गरेका छौं तर सडकमा लगानी गर्ने बजेट नै हुँदैन,’ कार्यक्रमका संयोजक एवं उद्योग वाणिज्य संघ सिन्धुलीका अध्यक्ष सानुकाजी श्रेष्ठले भने ।
प्रकाशित मिति: २०७० माघ ८ ११:५८

Source : https://www.ekantipur.com/kantipur/news/news-detail.php?news_id=313135

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s