लोक सेवाको फर्म अनलाइनबाटै – 701009

Thursday, 23 January 2014 01:24:13

काठमाडौं । आगामी वर्षदेखि लोक सेवा आयोगका परीक्षार्थीले अनलाइनबाटै परीक्षा फर्म भरेर आफैँले प्रवेशपत्र प्रिन्ट गरेर परीक्षा हलमा प्रवेश गर्नसक्ने भएका छन् । एसियाली विकास बैंकको सहयोगमा तयार हुँदै गरेको सो प्रविधिले सरकारी सेवामा प्रवेश गर्न चाहनेहरूलाई सहज र सरल वातावरण तयार पार्नेछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुधबार बसेको सूचना प्रविधि आयोजनाको समीक्षा बैठकमा लोक सेवा आयोगको परीक्षालाई अझ विश्वसनीय र भरपर्दो बनाउन अनलाइनबाटै फर्म भर्ने व्यवस्था गर्न लागिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्णहरि बाँस्कोटाले जानकारी दिए । सो काममा हालसम्म ४० प्रतिशत प्रगति भएको छ । सो आयोजनाको कुल बजेट तीन अर्ब रुपैयाँ रहेको छ र आगामी सन् २०१४ को सेप्टेम्बरभित्र प्राविधिक काम सम्पन्न गर्ने लक्ष्य आयोजनाले राखेको छ । 

आयोजनाको दोस्रो चरणमा १४ वटा मालपोत कार्यालयबाट सम्पादन हुने सबै काम कम्प्युटरीकृत गर्ने लक्ष्य राखिएको छ । पहिलो चरणमा नमुनाका रूपमा भक्तपुरको मालपोत कार्यालयबाट सो कामको थालनी गरिनेछ । तेस्रो चरणमा सवारीचालक अनुमतिपत्रलाई मास्टर कार्ड÷भिसा कार्डको ढाँचामा तयार गरिनेछ । सो प्रणालीको विकासपछि सक्कली वा नक्कली सवारीचालक अनुमतिपत्रको तुरुन्तै पहिचान गर्न सकिने र कम्प्युटरमा सबै सूचना राख्न सकिने सुविधा प्राप्त हुनेछ । सवारीधनी प्रमाणपत्रको तथ्यांकसमेत कम्प्युटरमा राख्न सकिनेछ । 

यसैगरी, चोथो चरणमा कम्प्युटरमा विशेष दक्षता अभिवृद्धि गर्नका लागि सामान्य प्रशासन मन्त्रालयका करिब तीन हजार कर्मचारीलाई सीप अभिवृद्धि तालिम दिइनेछ । हालसम्म सो तालिम ६ सय जनालाई दिइसकिएको छ । गृह मन्त्रालयले वितरण गर्न लागेको राष्ट्रिय परिचयपत्रको कामसमेत सोही प्रणालीमा अगाडि बढाइनेछ । यस्तै, सरकारका विभिन्न निकायले तयार गरेको कम्प्युटर सफ्टवेयर र अन्य कामको स्तरीकरण, गुणस्तरीयताको अभिवृद्धि गर्ने र न्यूनतम मापदण्डअनुसार काम गराउने गरी राष्ट्रिय सूचना प्रविधि केन्द्रले काम गरिरहेको सचिव बाँस्कोटाले जानकारी दिए ।

– See more at: http://commanderpost.com/index.php?option=newsDetail&newsId=14038&catId=3#sthash.7TkZ8x08.dpuf

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s