पर्यटकीय हब

पोखरा, माघ ८ –
प्रकाश श्रेष्ठले पोखराका लागि गाएको गीतले सुन्दरता बखान गरेको छ । पोखराकै विषयमा लेखिएका तथा गाइएका यस्ता गीत/कविता अनगिन्ती छन् । प्राकृतिक रूपमा सुन्दर भएरै पोखराका विषयमा सृजना कोरिएका हुन । बखान मात्र हैन, पोखराको सुन्दरतामा लुटपुटिएपछि स्वदेशी हुन् या विदेशी मग्न हुन्छन् । लेखेकेाभन्दा देखेको पोखरा अझै सुन्दर छ भन्ने  अनुभूति यहाँ पाइला टेकेपछि अनुभूत हुन्छ । एक पटक आउनेहरू फेरि दोहोर्‍याएर नआइरहन सक्दैनन् । तिनीहरूमध्यकै बेलायतबाट आएका विल बेनपि्रज फेवातालमाथि रहेको विश्वशान्ति स्तुपाबाट सहरी दृश्यावलोकन गर्दा कम्ती आनन्दित भएनन् । ‘हिमाल ताल, सहरसँगै  हरियाली तथा आसपासका गाउँहरू एक साथ नियाल्दा मनै अघाएन,’ लेकसाइडमा  भेटिएका उनले भने ।

पोखराले मन तानेरै उनी ४ वर्षदेखि लगातार आइरहेका छन् । यसरी  स्वदेशी तथा विदेशी पर्यटक दोहोर्‍याएर पोखरा आसपास आउने क्रम बढ्दो छ । प्राकृतिक तथा सांस्कृतिक सम्पदा, मौसमको अनुकूलता, पोखरेलीको आतिथ्य पर्यटक तान्ने कारक बनेका छन् ।

प्रकृतिले दिएको वरदान आफ्नो  ठाउँमा छ, त्यसका अलावा लाइभ म्युजिक, डिस्को डान्स, गजल दोहोरीले पनि पर्यटकलाई भुलाउने गर्छ । ‘पोखरा पर्यटकको पहिलो रोजाइ हो,’ नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य टीकाराम सापकोटाले भने, ‘यसलाई कसैले बनाएको हैन । स्वतःस्फूर्त आकर्षणको केन्द्र भएको हो ।

उनका अनुसार बर्सेनि ३० देखि ३५ प्रतिशतको दरले पर्यटन आगमनमा वृद्धि भएको छ । पर्यटन व्यवसायीहरूले बाह्रैमास पर्यटक भित्राउन लागिपरेका छन् । नेपालमा पर्यटकीय ‘हब’ पोखरा बाहेक अर्को छैन,’ पर्यटन व्यवसायी वासु त्रिपाठीले भने, ‘पर्यटकलाई चाहिने आकर्षणसँगै सहज पहँुच पोखरामा पर्याप्त छ ।’ पोखरा सहर क्षेत्रका पर्यटकीय स्थलहरूसँगै मुस्ताङको मुक्तिनाथ, लोमान्थाङ, थोराङपास, मनाङको तिलिचो ताल, कालिगण्डकीको गल्छी, मनकामना मन्दिर, घोडेपानीको घनघोर गुराँसको वनलगायत पर्यटक आकर्षण गर्ने  स्थलहरू  छन् ।

पोखराबाट छोटो दूरीमा धम्पुस, पोथाना, घान्द्रुक सिक्लेस तथा लामो दूरीका अन्नपूर्ण  बेस क्याम्प, थोराङपास,  लोमान्थाङ, पुनहिल, तिलिचोलगायत महत्त्वपूर्ण पर्यटकीय स्थलहरू देश विदेशमा चर्चित छन् ।

यहाँ आउने पर्यटक भुलाउने ताल, हिमाल मात्र हैन, साहसिक खेलकुद प्याराग्लाइडिङ, जिप फ्लायर, अल्ट्रालाइटले बसाइ लम्याउने गरेको छ । ‘साहसिक खेलुकदले पनि  पोखरामा पर्यटकीय चहलपहल बढाएको छ,’ नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष  राजेश बमजनले भने । त्यसो त पोखरामा पर्यटक भित्रिनु र लगानीको सम्भावना बढ्नुमा यहाँको हावापानी,  प्राकृतिक सुन्दरता र  घुम्नका लागि  विश्वकै उत्कृष्ट अन्नपूर्ण पदयात्रा मार्गजस्ता आकर्षक स्थान हुनु पनि  हो । पोखरा अहिले १५ हजार पर्यटकलाई एक साथ सुविधा दिने सक्ने भएको छ । पोखरासँगै आसपासमा पर्यटकका लागि चाहिने पूर्वाधार विकास गरेर यस्तो सम्भव भएको हो । आसपासका पर्यटकीय ग्रामीण बस्तीहरूसमेत पर्यटकीय स्तरका होटल र रेस्टुरेन्ट विस्तार भएका छन् । राजधानीका ठूला व्यवसायी पनि पोखराको पर्यटनमा लगानी गर्न तम्सिएका छन् । ठूला तारे होटलहरू थपिने क्रममा छन् । होटल हिमालय काठमाडौंले सराङकोटमा पाँच तारे होटल निर्माण गर्दै छ ।

विदेशी पर्यटकको मात्रै गन्तव्य नभई स्वदेशी पर्यटकको पनि त्यतिकै आकर्षण पोखरा भएको युवा नेता रविन्द्र अधिकारीको भनाइ छ । ‘पोखराको ५० प्रतिशत हिस्सा आन्तरिक पर्यटनले धानेकेा छ,’ अधिकारीले भने । उनले पोखरा क्षेत्रीय विमानस्थल, मध्यपहाडी राजमार्ग तथा पोखरा चक्रपथ निर्माण भए अझ धेरै सम्भावनाका ढोकाहरू खोलिने बताए ।

पोखरा हुँदै आसपासका पेरीफेरीमा वाषिर्क रूपमा स्वदेशी तथा विदेशी गरी झन्डै सात लाखको हाराहारीमा पर्यटक आगमन हुने अनुमान छ ।

प्रकाशित मिति: २०७० माघ ९ १०:१७

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s