भूकम्पमा पूर्व एवं ऐतिहासिक जानकारी

विश्वनाथ खरेल
भूकम्पमा संसारकै जोखिमपूर्ण मानिएको जापानको ‘कोवे सहरवासीभन्दा काठमाडौं बासी बढी जोखिममा छन् । यहाँ साँघुरा बाटो र कमजोर भौतिक संरचना ढलेमा उम्किने खुल्ला स्थान छैन् । जनघनत्व, सहरीकरण, पूर्वाधारविना स्थापना हुने बस्ती र असुरक्षितढंगले बनेका घर जोखिमका कारण हुन । जोखिम कम गराउन सरकारले २०५८ मा भवनसंहिता जारी गरी ५८ नगारपालिका र १ सय १९ नगरउन्मुख गाविस र सदरमुकामलाई पालना गर्न गराउन निर्देशन गरेको थियो । भवनसंहिता विपरीत कमजोर घर र संरचना निर्माण भईरहेका छन् । विभागले राजधानीमा बर्सेनि ६ हजार घर निर्माण हुने गरेको वताइएको छ । काठमाडौं महानगरबाट बर्षेनि चार हजार घर निर्माण लागि नक्सा पास गराइन्छ । त्यस्तै ललितपुर उपमहानगरबाट १ हजार ५ सय, भक्तपुर नगरपालिकाबाट ५ सय, मध्यपुर ठिमी र कीर्तिपुरबाटमात्र २÷३ सयको हाराहारीमा नक्सा पास हुने गरेको छ । भवनसंहिता पालाना गर्नु ठूलो सावधानी रहेको वताए । तसर्थ २०५८ सालको जनगणनाअनुसार नगरपालिकामा ३४ हजार ९ सय ९६ घर छन् । तीमध्ये ३५ प्रतिशत पुराना छन् ।
भूकम्पीय जोखिमको दुष्टिकोबाट काठमाडौं विश्वका २१ वटा सबैभन्दा जोखिममा रहेका सहरहरूमा पर्दछन् र त्यसमध्ये पनि ११ औं स्थानमा यसलााई राखिएको छ । त्यसमाथि यहाँको जनसंख्या वृद्धिदर प्रतिवर्ष ६ दशमलव ५ प्रतिशत रहेको छ र यो दर पनि विश्वको तीव्र जनसंख्या वृद्धिदरमध्ये एक हो । नेपालको पछिल्लो राष्ट्रिय जनगणना अनुसार काठमाडौंको मुख्य क्षेत्रमा प्रति हेक्टर जनघनत्व पाँच सय जना र अन्य क्षेत्रमा १ सय ५० जना रहेको छ । पर्याप्त पूर्वसावधानी न अपनाइएमा सम्भावित भूकम्पका कारण यहाँ ठूलो जनसंहार तथा भौतिक सम्पत्तिको क्षति हुने कुरा विज्ञहरूले बारम्बार दोहोराउँदै आएका छन । नेपालमा पटक–पटक कति भूकम्प हुर्ने गर्छन ? भन्ने गणना अनुसार वि.सं. १९६८ सालदेखि १९९० बीच नेपाल तथा नेपालको सीमाबाट १ सय कि.मि.को क्षेत्र भित्र निम्न प्रकारले भूकम्पहरू भएका छन् । नब्बेसाल महभूकम्पको दुःखदायी घटनाको सम्झना गर्दै विगत सरकारले बि.सं.२०५५ साल माघ २ गतेदेखि राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउने क्रममा १६ औं भूकम्प दिवसको यस सालको मूल नारा ‘ नबोली नसोधि आउँछ है भूकम्पीय बिपदाः जागौं, जुँटौं, जोगाउन सृष्टिको सम्पदा ’ नारा तय गरेको छ । यसैले होला यो सालको नारामा पनि भूकम्प आउँदा थाहा हुँदैन । त्यसको लागि बेलैमा सोचविचार गरी होसियार हुनुपर्छ भन्ने संकेत पाइन्छ । विगत वर्षहरूमा विभिन्न किसिमका नारा तय भएका थिए । जसलेगर्दा पनि समय सापेक्ष नारा तय गर्ने गरेको पाइन्छ । यद्यपि नेपालमा वि.सं.१३१० देखि २०४५ सम्म ७ सय ३५ वर्षभित्र १० वटा ठूला खाल्का र पाँच साना भूकम्पहरू गएको थियो । मुलुकको  विगतको कुरा गर्ने हो भने २०६८ साल असोज १ गते साँझ ६ बजेर २५ मिनेटमा ६ दशमलव ८ रेक्टरस्केलको भूकम्प डेढ मिनेटसम्म गएको थियो । यसको असर अधिराज्यभरि परेको थियो । यसमा  देशको भने ६ जनाको मृत्यु भएको पुष्टि भएको थियो भने ६१ जनाभन्दा जना घाइते भएका छन, संरचनातिर हेर्दा उपत्यकामा २० घर र पूर्वका सबैजसो जिल्लामा सरदर एक दर्जन घर भत्किएको बताइएको थियो ।  भूकम्पको कम्पन महसुस गर्ने वित्तिकै राजधानी र बाहिरको जनजीवन भयपूर्ण भएको थियो । छिमेकी देश भारतको उत्तरपूर्वी राज्य सिक्किमको मुख्य केन्द्र विन्दु भएको शक्तिशाली भूकम्पमा परी भारतमा आधा दर्जनको मृत्यु हुनुका साथै पचासौं घाइते भएको अनुमान गरिएको छ । यसमा मुलुकमा गएको ऐतिहासिक भूकम्पहरूमा वि.सं. १३१० को आषाढ शुक्ल तृतीया सोमबार राजा अभय मल्लको शासनकालमा काठमाडौंमा भएको करिब ७ दशमलव ७ रेक्टर स्केलको भूकम्प हालसम्म नेपालमा अभिलेखमा प्राप्त भूकम्पमध्ये पहिलो हो । त्यस्तै गरी वि.सं. १३१६ मा राजा जय देवको पालामा भएको यो भूकम्पका कारण अपार जनधनको क्षति भई अनिकाल पनि परेको थियो । त्यस्ते वि.सं. १४६४ मा भाद्र शुक्ल द्वादशीको दिन राजा श्याम ंिसंहको पालामा भएको भूकम्पबाट ठूलो संख्यामा जनधनको क्षति भएको थियो ।
त्यसैगरी वि.सं. १७३७ पौष कृष्ण अष्टमीका दिन रातको समयमा गएको यस भूकम्पबाट अपार जनधनको क्षति भएको थियो । वि.सं. १७३८ मा जेष्ठ शुक्ल सप्तमीका दिन राजा श्रीनिवास मल्लको शासनकालमा भएको भूकम्पबाट धेरै घर भत्केका थिए । त्यस्तै वि.सं. १८२४ मा आषाढ १ को दिन २४ घन्टामा २१ पटक धक्का अनुभव गरिएको थियो । वि.सं. १८६६ मा जेष्ठ १० दशहराका दिन २१ पटक भूकम्प धक्का अनुभव भएको थियो । त्यस्तै वि.सं. १८८० मा यम पञ्चमीका दिन लगभग १७ पटक भूकम्प भएको थियो । त्यस्तै गरी वि.सं. १८९० मा भाद्र १२ गते सोमबारका दिन साँझदेखि रातीसम्ममा २३ पटकसम्म भूकम्पका धक्का अनुभव भएको थियो । केही दिनसम्म प्रति दिन ४० देखि ५० पटकसम्म भूकम्प भइरहयो । यसबाट काठमाडौं उपत्यकाका चार हजार २ सय १४ घर भत्केका थिए भने देशभरि १८ हजार घर क्षति भएको अनुमान गरिएको थियो । त्यसै गरी वि.सं. १८९१ मा यस वर्ष असार र असोजका विभिन्न दिन भएका भूकम्पहरूबाट धेरै घरको नोक्सानी भयो । त्यस्तै गरी वि.सं. १९७३ मा नेपालको सुदूर पश्चिमाञ्चलमा ठूलो भूकम्प भएको थियो । वि.स १९९० ः माघ २ गते दिनको २ बजे २४ मिनेट २२ सेकेण्ड जाँदा नेपालको पूर्वी क्षेत्र चैनपुरमा केन्द्रबिन्दु भएको महाभूकम्पबाट ८ हजार ५ सय १९ जनाको मृत्यु भयो, घरबास, देवालय र पार्टी पौवासमेत गरी दुई लाख सात हजार ७ सय ४० वटा संरचना भत्किए । वि.सं. २०२३ मा असार १३ गते सुदूरपश्चिमाञ्चल क्षेत्रमा भएको भूकम्पबाट २४ जानको मृत्यु हुनुका साथै एक हजार तीन सयभन्दा बढी घरहरूको पूर्ण क्षति भयो ।
वि.सं. २०३७ मा श्रावण १४ गते बझाङ्ग जिल्लामा भएको ६.४ रेक्टर स्केलको भूकम्पबाट १६ जिल्लामा गरी १ सय ३ जानको मृत्यु भयो भने साढे दुई हजारभन्दा बढी घरहरू क्षतिग्रस्त भए ।  वि.सं. २०४५ मा भाद्र ५ गते बिहान ४ बजेर ५४ मिनेट ३५ सेकेण्डमा नेपालको पूर्वी भाग उदयपुर जिल्लामा केन्द्रबिन्दु भएको ६.६ रेक्टर स्केलको भूकम्पबाट ७ सय २१ जनाको मृत्यु र करिब ६५ हजारभन्दा बढी घर क्षतिग्रस्त भयो । छिमेकी मुलुक चीनको दक्षिण पश्चिम भागमा बैशाख ३०,०६५ मा गएको ७ दशमलव ८ रेक्टरको भूकम्पका कारण ७० हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो । चीनमा आधिकारिक समाचारपत्र सिन्हवाका अनुसरा भूकम्पमा ६४ हजार ७ सय ४६ जना घाइते र १४ हजार ५ सय जना हराइरहेका थिए । अपितु चीनले सन् २००९, मे मा देशमा आएको विध्वंसकारी भूकम्पबाट छोराछोरी गुमाउन वाध्य भएका अथवा अंगभंग भएका सिचुआन प्रान्तका नागरिकलाई थप एक सन्तान जन्माउन पाउने अनुमति दिएको थियो ।  यो ७ दशमलव ९ रेक्टर स्केलको महाभूकम्पबाट झण्डै ७० हजार मासिको मृत्यु भएको थियो । यो विगतको ३० वर्षमै सबैभन्दा ठूलो विनाशकारी भूकम्प थियो । सिन्ह्वा समाचार समितिका अनुसार त्यस भूकम्पबाट १८ हजार परिवारले आफ्ना छोराछोरी गुमाएका थिए । त्यस्तै गरी सन् २०११ को जनवरी १३ मा हैटीमा गएको ७ रेक्टर स्केलको भूकम्पमा २ लाखभन्दा बढीले ज्यान गुमाएका थिए । 
अन्तमा भन्नु पर्दा भूकम्प दैवि प्रकोपको रूपमा लिन सकिन्छ । यसको कुनै पनि निश्चित अवधि हुँदैन । यसलाई पूर्वतयारी र न्यूनीकरण बाहेक अरु उपायहरू अबलम्बन गर्न सकिदैन । यसकारण मुलुक भूकम्प जोखिम खतरामा छ भन्ने कुरालाई बेलैमा महसुुस गरेर सम्बन्धीत निकायहरूले बेलैमा रोकथामका उपायहरू बारे ब्यापक रूपमा जनचेतना हुने खालका गोष्ठी, सेमिनार, पत्र पत्रिका, रेडियो,टि.भि आदिबाट सुसूचित हुने खालका कार्यक्रमहरू प्रसारण गर्नु अतिआवश्यक हुन जाने कुरामा कसैको पनि दुईमत नहोला । वितगमा भएका भूकम्पबाट पनि देशलाई निकै नै राम्रा पाठ सिक्न सकिने कुरा पनि स्पष्ट रूपमा उल्लेख गरिएको छ । यसैलाई नै मध्यनजर राखेर प्रत्येक ७० देखि १०० वर्ष भित्रमा आउने महाभूकम्पबाट जोगिन उल्लेखित कुराहरूसलाई बेलैमा ध्यान दिन अति आवश्यक भएको छ ।
चाडबाड र बढ्दो महँगी
विश्वनाथ खरेल
नेपालीहरूको ठूल–ठूला चाडपर्वहरू भन्नाले दशै, तिहार, छठ, धान्य पूर्णिमा, तमू ल्होछार, माघी आदि हुन । यसमध्ये महान पर्व बडा दशैं पनि एक हो । यो आफैमा महान् पर्व पनि हो, यो पर्वलाई मासु खाने पर्वको रूपमा समेत लिने गरिन्छ र अन्य पर्वमा भन्दा धेरै बिदा हुने र आफन्तहरूसँग रमाइलो गर्दै मासुका परिकार धेरै खाने प्रचलन विगतदेखि रहिआएको छ । दशैं व्यापारिक हिसावले पनि निकै फुर्तिलो पर्व हो । स्वभावत यो पर्वमा मासुको व्यापार अत्याधिक मात्रामा हुने गर्छ । यस पर्वमा बर्सेनि पशुबलि विरुद्धका आवाजहरू पनि उठ्ने गरेको अखबारहरूमा एकातिर आएका छन् भने अर्कोतिर देशभरि नै पशुपक्षीको बलि अत्याधिक मात्रामा हुँदै आएको पनि देखिन्छ । परम्परागत रूपमा रहेको धार्मिक तथा सांस्कृतिक मान्यता यो पर्वसँगै जोडिएको हुँदा पशुपक्षीको खपत बढी हुने गरेको हो । यस पर्व मनाउनको लागि राजधानीबाट ३०÷३५ लाख मानिसहरू विभिन्न जिल्लाहरू गएको अनुमान गर्न सकिन्छ ।  यसरी मुलुकमा महान पर्वहरू विस्तारै बाहिरिने र भित्रिने क्रममा रहेको छ ।  यसरी महान चाडपर्वका बेला अतिरिक्त उपभोग गर्ने चिनी, दूध, ध्यू जस्ता पदार्थको मूल्य पनि मानिसको काबुभन्दा बाहिर गएको छ । केहीदिन अधिमात्र यस्ता पर्वहरूमा अत्याधिक प्रयोग हुने मासुको मूल्यमा बृद्धि भएको छ । त्यसको साथसाथै दूधजन्य पदार्थ ध्यू, दही, पनिर, मक्खनमा मूल्यबृद्धि भइसकेको छ । त्यस्तै गरी चिनीको मोल ८०–१०० रूपैयाँ पुगेको छ । चाडपर्वको सँगसँगै मानिसले अधिक उपयोग गर्न रुचाउने मासु पनि एक हो । अहिले गत वर्षको तुलनामा खसीको मासुमा दर्शै आउनुअगाडि नै प्रतिकेजी झन्डै १०० रूपैयाँ बृद्धि भइसकेको छ । दशैंमा आर्थिक अवस्था कमजोर हुने परिवारले समेत ऋण गरेर खसी बोकाको मासु किन्छन् । सामान्य आर्थिक अवस्था भएकाले घरमै खसी बोकाको बलि दिएर मासु खान्छन् दशैंमा मूल्य बढी हुने भए पनि अहिलेजस्तो चर्को मूल्य कहिल्यै नभएको खसी किन्ने उपभोक्ताहरू बताउँछन् । अहिले खसीको मासु ७५० देखि ८०० रूपैयाँ सम्म प्रतिकिलोमा विक्री हुँदै आएको छ । यस्तै गरी गत वर्षमा राजधानीमा मात्रै दशैको अबसरमा ३६ हजारको हाराहारीमा खसी बोकाको किनबेच भएको थियो भने यसपालीको दर्शैको लागि ६० हजारको हाराहारीमा खसी बोकाको माग काठमाडौं उपत्यकालाई रहेको सम्बन्धीत क्षेत्रका विशेषज्ञहरूको भनाई रहेको पाइन्छ । दशैंको सप्तमीदेखि टीकासम्म सामान्य समयभन्दा करिब सात गुणा बढी मासु खपत हुने गरेको छ । दशैंको सप्तमीदेखी टीकासम्म प्रतिव्यक्ति मासु खपत दैनिक २ सय १२ ग्राम हुन्छ, जवकी अरु बेला यो २८ ग्राममा सीमित हुन्छ । दशैंको अवधिमा मात्रै देशमा १२ लाख किलो मासु खपत हुने सम्बन्धीत क्षेत्रको दावी रहेको छ । यसमा दैनिक ६० हजार खसीबोका र २ सय ५० राँगा काटिने अनुमान गरिएको छ । यसमा सरकारी स्वामित्वको खाद्य संस्थानले ३ हजार ४ सय खसीबोका सहुलियतमा विक्री गर्ने योजना बनाएको  छ । यो वर्ष साउनमा देखिएको बर्डफ्लुका कारण खसीबोकाको मासु माग बढ्दा गत वर्षको तुलनामा ज्युँदा खसीबोको मूल्य प्रतिकिलो करिब ५० देखि ६० रूपैयाँसम्म बढेको छ । गतवर्ष प्रतिकिलो ३ सय ६० देखि ३ सय ७० रुपियाँ प्रति किलो ज्यँुदा खसीबोको विक्री भएको थियो भने यस वर्ष भने ४ सय २५ रूपैयाँसम्म पुग्ने व्यापारीहरूको भनाई रहेको छ । नेपालमा प्रतिदिन एक अमेरिकी डलरभन्दा कम आम्दानी गर्नेहरूको संख्या धेरै ठूलो रहेको छ । मुलुकका कम आम्दानी र बढ्दो मूल्यबृद्धिले उनीहरूको जीवनयापनमा कठिनाइ पैदा भएको छ । यसले गर्दा अब चाडपर्व समेत हुनेखाने, सम्पन्न, धनीमानी, उच्च वर्गका शासक, प्रशासनको मात्र मनोरञ्जन गर्ने अवसरका रूपमा परिणत हुँदैछ । र चाडपर्व विपन्न र गरिब नेपालीहरूको पहुँच भन्दा बाहिरको विषय बन्दै गएको छ ।
राष्ट्र बैंकले प्रकाशमा ल्याएका आर्थिक विवरणले देशमा समग्र मूल्यबृद्धि १३ दशमलव २ प्रतिशत रहेको खुलासा गरेको छ । तर व्यवहारिक रूपमा भने राष्ट्र बैंकले प्रकाशमा ल्याएको मूल्यबृद्धिको भन्दा कैयन गुणा मूल्य बढेको देखिन्छ । गत वर्ष २०–२५ रूपैयाँमा यतिवेला पाइने बन्दागोभीको मूल्य अहिले ४०–५० रूपैयाँ पुगेको छ । त्यस्तै गरी ६० रूपैयाँ हाराहारीमा पाइने आलु अहिले एक धार्नीको ९०÷१०० रुपियाँको हाराहारीमा पुगेको छ । ३५–४० रूपैयाँ प्रतिकिलोमा पाइने काउली ७०–८० रूपैयाँमा पुगेको छ । गत वर्षको तुलनामा सबै प्रकारका तरकारीमा झन्डै २०० प्रतिशतले मूल्यबृद्धि भएको छ । यो क्रम रोकिने सम्भावना समेत देखिदैन् । त्यस्तै गरी खाद्यान्न, तेलहन, दलहन जस्ता बस्तु र त्यसका उत्पादनमा भएको मूल्यबृद्धि नियन्त्रण गर्नका लागि सरकारले थालेको अनुगमन, मूल्यसूचि टाँसगर्ने, छापामारबाट पटक्कै प्रभावकारी बन्न सकेको छैन् ।
समग्रमा भन्नुुपर्दा  नेपाली घर आँगन बडा दशैंको आगमनको प्रतिक्षामा सबैे रहेका छन् । चाडबाडको पहिलो स्वागत बजारले गर्नु स्वाभाविकै हो । तर बजार व्यवस्थापनमा सरकार, अझै सचेत नभएको अवस्थाले आम उपभोक्तामा चिन्ता छाएको छ । यो चाडपर्वमा अत्याधिक प्रयोग हुने वस्तु चामल, पिठो, दाल, चिनी, मासु, माछा, फलफूल, तरकारी, ध्यू र तेल आकासीएको छ । यदी उपभोक्ताहरूलाई प्राप्त हुन सक्यो भने पनि एक केजीमा परलमोलभन्दा २० रूपैयाँ बढी मूल्य तिर्न उपभोक्ता वाध्य भएका छन् । यस्तै गरी अरु थुप्रै बस्तुहरूको महँगीका कारणले गर्दा सामान्य व्यक्तिको लागि महान चाडपर्व दशैं दशा बन्दैछ, यो कुनै स्वाभाविक प्रक्रियाबाट भएको होइन । कृत्रिम रूपमा महँगी बढाइएको भन्ने केही पहिले सरकारले केही खाद्य भण्डारमा छापामार्दाको अवस्था मैै देखिएको हो । उपभोग्य वस्तुहरूको मूल्य नियन्त्रण गर्ने अधिकार सरकार हो । तर, सरकारको नजरमा नजिकै आएको दशैं दशा सिवाय अरु केही हुन नसक्ने अवस्थामा नेपाली जनता रहेको कुरामा कसैको दुईमत नहोला ।
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s