डिग्री पास गरेका १८ हजार कृषि पेशामा

नेपालका कृषकमध्ये १८ हजार ३६० जनाले स्नातकोत्तर तह उत्तिर्ण गरेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।

बिहीबार , १८ पुस २०७० २:५१ पम
पछिल्लो कृषि गणना अनुसार स्नातकोत्तर तह उत्तिण गर्ने कृषकमध्ये पुरुषको संख्या १७ हजार ४१४ र महिलाको संख्या ९४६ छ । केन्द्रीय तथ्यांक विभागले ९ पुसमा छैंटौं राष्ट्रिय कृषि गणना २०६८ सार्वजनिक गरेको हो ।

देशभरका ३८ लाख ३१ हजार ९३ कृषकमध्ये पीएचडी वा कुनै एक विषयमा विशिष्टता प्राप्त गर्नेको संख्या २ हजार ७५१ छ । त्यसमध्ये पुरुष २ हजार ५०२ र महिला २४९ छन् ।

स्नातक उत्तिर्ण गर्ने कृषकको संख्या भने ४१ हजार ११२ छ । स्नातक उत्तिर्ण गर्नेमध्ये पुरुष ३८ हजार ८३५ र महिला २ हजार २७७ रहेको तथ्यांक विभागका निर्देशक अम्बिका बस्यालले जानकारी दिए ।

एक लाख ६ हजार ८९६ नेपाली कृषकले भने प्रमाणपत्र तह तथा १२ कक्षा उत्तिर्ण छन् । तीमध्ये पुरुषको संख्या ९६ हजार ६५४ र महिलाको संख्या १० हजार २४२ छ ।

एसएलसी उत्तिर्ण गर्ने कृषक १ लाख ९२ हजार ६१० रहेको विभागले जनाएको छ । एसएलसी गर्नेमध्ये पुरुष कृषकको संख्या १ लाख ७१ हजार २७५ छ भने महिलाको संख्या २१ हजार ३३५ छ ।

विभागका अनुसार पाँच कक्षासम्म पढ्ने कृषक ४ लाख ९३ हजार २४७ र कक्षा ६ देखि १० सम्म पढ्नेको संख्या ६ लाख ९६ हजार ५२४ छ ।

तर, अक्षर नचिन्ने कृषकको संख्या १३ लाख ६ हजार ९६ छ । नेपाली कृषकमध्ये ९ लाख ७३ हजार ४९९ जना भने साक्षर भएको तथ्यांकले देखाएको छ ।

विभागले ३१ लाख ४ हजार ३३८ जना पुरुष र ७ लाख २६ हजार ७५५ महिला गरी ३८ लाख ३१ हजार ९३ जना कृषक रहेको तथ्यांक सार्वजनिक  गरिसकेको छ ।

नेपाललाई फ्री वाइफाइ जोन बनाउन कार्यदल गठन

सूचना तथा सञ्चार मन्त्रालयले नेपाललाई निःशुल्क इन्टरनेट सेवा (फ्री वाइफाइ जोन) युक्त मुलुक बनाउन आवश्यक सम्भाव्यता अध्ययनका लागि एक कार्यदल गठन गरेको छ ।

बुधबार , १७ पुस २०७० ४:०१ पम
नेपाललाई फ्री वाइफाइ जोनका रुपमा विकास गर्ने सूचना तथा सन्चारमन्त्री माधव पौडेलको घोषणाअनुरुप मन्त्रालयले सम्भाव्यता अध्ययनका लागि कार्यदल गठन गरेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका सदस्य महेश अधिकारीको संयोजकत्वमा गठित कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्राविधिक उपसचिव, राष्ट्रिय योजना आयोगका प्राविधिक उपसचिव, विज्ञान तथा प्रविधि मन्त्रालयका प्राविधिक उपसचिव, सूचना तथा सञ्चार मन्त्रालयका प्राविधिक उपसचिव र त्रिभुवन विश्वविद्यालयका सम्बन्धित विषयका विज्ञ रहेका छन् ।

मन्त्रालयका अनुसार कार्यदलको सदस्य सचिवमा नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक आनन्दराज खनाललाई नियुक्त गरिएको छ ।

कार्यदलले काम शुरु गरेको ३० दिनभित्र नेपाललाई फ्री वाइफाइ जोनका रुपमा विकास गर्ने सम्बन्धमा आफ्नो राय र सुझाव सहितको प्रतिवेदन पेस गर्नेछ ।

कार्यदललाई मुलुकलाई फ्री वाइफाइ जोनका रुपमा विकास गर्न सम्भाव्यता अध्ययन गरी त्यसका लागि आवश्यक पर्ने आर्थिक तथा प्राविधिक स्रोत साधनको विश्लेषणसमेत गरी आवश्यक सुझाव पेस गर्ने अधिकार दिइएको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s