छैठौं कृषिगणना र घट्दो कृषिभूमि

विश्वनाथ खरेल ,       नेपालमा कृषि गणना लिने कार्य प्रत्येक दश वर्षमा हुँदै आएको छ । यो क्रम वि.सं. २०१८ सालदेखि सुरु भएको हो । त्यसैगरी दोस्रो पटक २०२८ मा भएको थियो भने तेस्रो पटक भने २०३८, चौथो २०४८, पाँचौँ २०५८ मा भएको र छैठौं २०६८ कृषि गणनाको नतिजा गत मंसिर ९ गते केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको छ । यो गणना छनोट विधिमा आधारित नमूना सर्वेक्षण हो । देशभरका ७५ वटै जिल्लामा सञ्चालन गरिएको सर्वेक्षणमा ५ हजार २ सय वडा तथा वडा समूहहरू छनोट गरिएका थिए । यी वडाका एक लाख २४ हजार ४ सय कृषक परिवार छानिएका थिए । छानिएका कृषक परिवारको प्रत्यक्ष अन्तर्वार्ताका माध्यमबाट तथ्यांक संकलन गरिएको थियो ।  देशभर खटिएका ३ हजार हाराहारी गणनाले किसानको परिभाषामा कम्तीमा हिमाल–पहाडमा ४ आना तथा तराईमा ८ धुर जग्गा भएकालाई किसान मानेको थियो । जग्गाको स्वामित्व भएको, तर कृषिकर्म नगर्ने गणनामा समेटिएका छैनन् । कृषिकर्म नगर्ने पनि समेटिएका छैनन् । यसमा सरकारको लगानीमा १३ करोड खर्च गरेर पहिलो पटक गरिएको गणनाले देशभर ८३ प्रतिशत कृषकको मुख्य आयस्रोत कृषि रहेको देखाएको छ । विभागले १० वर्षअघिको दाँजोमा करिब १ लाख २९ हजार हेक्टर खेतीयोग्य जमिन घटेको उल्लेख गर्दै कुल कृषक परिवारले कृषिकर्मका लागि २५ लाख २५ हजार हेक्टर जग्गा प्रयोग गरिरहेको जनाएको छ । त्यसैगरी मुलुकका ६० प्रतिशत किसानलाई आप्mनै उत्पादनले वर्षभर खान पुग्दैन ।             

यसमा आप्mनै उत्पादनले १० देखि १२ महिनासम्म अपुग हुने परिवार १५ प्रतिशत छन् । सातदेखि ९ महिना अपुग हुने २३ प्रतिशत, ४ महिनादेखि ६ महिनासम्म अपुग हुने ४४ प्रतिशत र १ देखि ३ महिनासम्म अपुग हुने १८ प्रतिशत कृषक परिवार छन् । दश वर्षअघिको दाँजोमा कृषक परिवार संख्या ४ लाख ६७ हजारले वृद्धि भई ३८ लाख ३१ हजार पुगेको छ । तर, कुल किसानमध्ये १ लाख १६ हजार परिवार खेतीपाती नगरी पशुपालनमा मात्र आबद्ध छन् । नेपाली कृषि प्रणालीबारे सूचना संकलन गर्ने उद्देश्यले थालिएको छैटौं गणनाले सबैभन्दा धेरै कृषि क्षेत्रफल भएका जिल्लामा मोरङ, झापा, सर्लाही, सिराहा, सुनसरीलाई देखाएको छ भने कम भएको जिल्लामा मनाङ, मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला छन् । देशमा खेतीयोग्य जग्गाको क्षेत्रफलसँगै अन्नबालीको क्षेत्रफलमा उल्लेख्य गिरावट आएको छ । यसरी राष्ट्रिय कृषि गणना २०६८ मा खेतीयोग्य जमिनमा घरघडेरी र हाउजिङमा परिणत हुन थालेपछि खेतीयोग्य जमिनको क्षेत्रफलमा कमी आएको देखाएको हो । यसर्थ सडकको पहुँच, औद्योगिक क्षेत्रको विकास, सहरीकरण लगायत कारणहरुले कृषिकर्म गरिने जग्गा घट्दो छ । जग्गा घट्दै गइरहेका बेला कृषक परिवार संख्या बढेको छ ।  यसरी एकातिर दिनप्रतिदिन बढ्दो सहरीकरणका कारण १० वर्षको अवधिमा जग्गाको क्षेत्रफल घट्दै गएको छ भने अर्कोतिर जग्गामा ठूल–ठूला हाउजिङ निर्माण हुन थालेपछि खेतीयोग्य जमिन घट्नुका साथै उत्पादन घट्दै गएको छ ।  विभागका अनुसार १० वर्षको तुलनामा अन्नबालीको क्षेत्रफल ९ प्रतिशतले घटेको छ । धान र गहुँबालीमा ६ प्रतिशत, मकै बालीमा १२ प्रतिशत कोदो बालीमा १९ प्रतिशत, जौ बालीमा ३५ प्रतिशत फापरमा ४० प्रतिशत क्षेत्रफल घटेको छ । त्यस्तै, कोसे÷दाल बालीमा २१ प्रतिशत क्षेत्रफल घटेको छ । तोरी बालीमा १३ प्रतिशत क्षेत्रफल घटेको छ । आलु बालीमा भने १० वर्षको अवधिमा २० प्रतिशत क्षेत्रफल बढेको छ । त्यसैगरी नगदे बाली १२ प्रतिशत, मसला बाली ७ प्रतिशत र तरकारी बालीमा ४१ प्रतिशत क्षेत्रफल बढेको विभागको तथ्यांक छ । तरकारीखेती गर्ने परिवारको संख्यामा दोब्बर वृद्धि आएको छ । २०५८ मा ९ लाख ७७ हजार तरकारी खेती गर्ने परिवार संख्या रहेकोमा ०६८ मा आएर दोब्बर वृद्धि भई १९ लाख ३१ हजार पुगेको छ । यस अवधिमा तरकारी खेती गर्ने क्षेत्रफलमा समेत उलेख्य वृद्धि भएको छ । ६० हजार हेक्टरमा तरकारी खेती गरिँदै आएकोमा अहिले ४० प्रतिशत बढेर ८४ हजार हेक्टर पुगेको छ ।               अन्त्यमा भन्नुपर्दा विसं २०५८ देखि २०६८ सम्मको १ दशकमा मुख्य खाद्यान्न बालीको उत्पादन क्षेत्रफल ९ प्रतिशतले घटेको छ । खेतीयोग्य जमीनमा हाउजिङ तथा अपार्टमेन्ट निर्माण हुनु तथा ग्रामीण भेगमा पु¥याइएको सडकका कारण मुख्य खाद्यान्न बालीको उत्पादन क्षेत्रफल घटेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । खेतीयोग्य जमिन मासेर व्यक्तिगत घर बन्दै गएका छन्, जसकोे प्रभाव खाद्यान्न बालीको उत्पादन क्षेत्रफलमा परेको हो । उन्नत प्रविधि अभाव र पर्याप्त जमिनको कमीले किसान परिवार अभावका कारण असन्तुलित आहारामा निर्भर छन् । करिब ७५ प्रतिशत किसानको जमिन एक हेक्टरभन्दा कम छ । पाँच÷सात जनाको परिवार भएका यस्ता किसानले पर्याप्त सिँचाइ, रासायनिक मलबीउ, उन्नत प्रविधि नपाउनाले यस्तो अवस्था आएको हो । यसरी १० वर्षको अवधिमा फलफूलको क्षेत्रफलमा उल्लेख्य वृद्धि भएको छ । विभागका अनुसार सुन्तला ८६ प्रतिशत, केरामा ५६ प्रतिशत, स्याउमा २४ प्रतिशत क्षेत्रफल बढेको छ । त्यस्तै, जुनारमा ६१ प्रतिशत, कागतीमा ३७ प्रतिशत र आँपमा ३ प्रतिशत क्षेत्रफल घटेको छ । बाख्राको संख्या ५९ प्रतिशत, बंगुर ३० प्रतिशत, भेडा २९ प्रतिशत, कुखुरा ४९ प्रतिशत र हाँसको संख्यामा ९ प्रतिशत बढेको छ । त्यस्तै, गाईगोरुको संख्यामा ११ प्रतिशत, चौंरीमा ४९ प्रतिशत, राँगा भैँसीमा ९ प्रतिशतले घटेको छ । पछिल्लो १० वर्षको अवधिमा महिला कृषकको संख्या बढेको छ भने १० वर्षअघि मुख्य कृषकमध्ये ८ प्रतिशत महिला रहेकोमा हाल १९ प्रतिशत पुगेका छन् । Source : http://www.aarthikdainik.com.np/news_details/5610/700919.

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s