सन् २०१४ लाई स्वागत गर्न विविध कार्यक्रम – 700917

 

सन्जोग आचार्य
काठमाडौं, पुस १६ गते । अंग्रेजी महिनाको नयाँ वर्ष सन् २०१४ लाई स्वागत गर्न नेपालको प्रमुख पर्यटकीयस्थल ठमेल मंगलवार रातभर जाग्यो । ‘न्यू एयर इभ’ को अवसरमा ठमेलमा आयोजना गरिएको सडक महोत्सव तथा साँस्कृतिक कार्यक्रममा युवक युवतीले भरपुर मनोरञ्जन लिएका थिए ।
मंगलवार महोत्सवमय बनेको ठमेलको त्रिदेवी मार्ग क्षेत्रमा स्वदेशी तथा विदेशीले एकअर्कामा हातमा हात मिलाउँदै नाच गान तथा शुभकामना आदान प्रदान गरी नयाँ वर्षलाई स्वागत गरिरहेका थिए । केही चिसो मौसम भए पनि ठमेलमा गरिएको सडक महोत्सवले युवक युवतीलाई खुव तताइरहेको थियो ।
सन् २०१३ को अन्त्यमा  आयोजना गरिएको यो महोत्सवमार्फत ठमेलका पर्यटन ब्यवसायीले २०१४ नयाँ सम्भावना र आशाका किरण लिएर आउने सन्देश दिएका छन् । दोस्रो संविधानसभाको निर्वाचन, नेपाल पर्यटन वोर्डको प्रमुख कार्यकारी अधिकृत छनोट प्रक्रियामा किचलो, महंगो हवाई भाडा र युरोपेली आयोगको कालो सूचीको कारण सन् २०१३ को अन्त्यतिर पर्यटक आगमनको संख्या घटेपछि निराश बनेका पर्यटन ब्यवसायीको अनुहारमा नयाँबर्षको पूर्वसन्ध्यामा निकै खुसीयाली देखिन्थ्यो ।
 दोस्रो संविधानसभाको निर्वाचन शान्त र सफतापूर्वक सम्पन्न भएकाले सन् २०१४ मा नेपाल आउने पर्यटकको संख्या बृद्धि हुने आँकलन पर्यटन ब्यवसायीले गरेका  छन् ।  सन् २०१३ को नोभेम्वरमा नेपाल आउने पर्यटकको संख्यामा सात प्रतिशतले कमी आएपनि आफूहरुलाई संविधानसभाको निर्वाचनको परिणाम र सफलताले उत्साहित बनाएको पर्यटन ब्यवसायीको धारणा
छ ।  
ठमेल क्षेत्रमा मात्र नभएर अंग्रेजी महिनाको नयाँ वर्षमा नेपालका अन्य प्रमुख पर्यटकीयस्थलमा पनि विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । नेपाल आउने विदेशी पर्यटकलाई मनोरञ्जन गराउने र आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले चितवनमा हात्ति महोत्सवको आयोजना गरिएको छ ।
पोखरामा १५ आंै पोखरा सडक महोत्सव र डुङ्गा दौड प्रतियोगिता आयोजना गरिएको छ । रेष्टुरेण्ट एण्ड वार एसोसिएशन पोखराका अनुसार आजसम्म हुने उक्त महोत्सवमा स्वदेशी तथा विदेशी पर्यटकको उत्साहजनक सहभागिता रहेको थियो ।
    अंग्रेजी महिनाको नयाँ वर्षलाई लक्षित गर्दै जनवरी २ तारिखमा रोटरी क्लबले काठमाडौंदेखि पोखरासम्म मोटर र्याली आयोजना गरेको छ ।

    न्यू एयर इभको अवसरमा र्याडिशन होटल, अन्नपूर्ण होटल, गोदावरी भिलेज रिसोर्ट, हिमालयन होटल, गोकर्ण फरेष्ट रिसोर्टमा विशेष संगीतिक कार्यक्रम राखिएको थियो । गोदावरी भिलेजले न्यू एयर इभमा एक जोडीलाई नौ हजार ९९९ रुपियाँको विशेष प्याकेजले पर्यटक आकर्षित गराउन सफल भएको थियो ।
    गोकर्ण फरेष्ट रिसोर्टले वेली, हलिउड र बलिउड नृत्यले आन्तरिक र बाह्य पर्यटकलाई मनोरञ्जन गराएको थियो । होटल अन्नपूर्णको पुलसाईड गार्डेनमा पर्यटकले न्यू एयर इभ विशेष कार्यक्रममा मनोरञ्जन लिए । र्याडिशनको द फन क्याफे र ओलिभ गार्डेनमा पनि कार्यक्रम राखिएको थियो ।
    नेपाल एसोसियसन अफ ट्राभल एण्ड टुर एजेण्ट्स (नाटा) का द्धितीय उपाध्यक्ष शम्भु पाठकका अनुसार नेपालको अर्थतन्त्रको मेरुदण्ड पर्यटन बन्दै गएकोले अग्रेजी महिनाको नयाँ वर्षमा धेरै कार्यक्रम हुने गरेको छ ।
    सन् २०१३ मा संविधानसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न भएपछि पर्यटन क्षेत्र निकै उत्साहित भएको जनाउँदै पाठकले भन्नुभयो, “ सन् २०१४ मा  देशले शान्ति र संविधान पाओस् । ”
ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष रामशरण थपलियाले न्यू एयर इभको अवसरमा आयोजना गरेको सडक महोत्सवमा दश हजारको सहभागिता रहने अपेक्षा गरिएको जनाउनुभयो ।
मंगलवार राति १२ बजे सन् २०१४ लाई स्वागत गरिने र दुई बजेसम्म ठमेल खुला रहने पनि उहाँले भन्नुभयो ।
ट्रेकिङ एजेन्सी एसोसियसन अफ नेपालका बरिष्ठ उपाध्यक्ष केशव पाण्डेले नयाँ वर्षलाई लक्षित गरी चितवनमा हात्ति दौड प्रतियोगिता गरिएको बताउनुभयो । अग्रेजी महिनाको नया वर्षसम्म उक्त महोत्सव गर्नको लागि आफूहरुले समय थप गरेको पनि उहाँले बताउनुभयो ।

Source : http://www.gorkhapatraonline.com/%

https://i1.wp.com/www.gorkhapatraonline.com/media/com_fpss/cache/271_16db9b88d9515580a78d5965b066ac2d_m.jpg

 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s