कृषिगणनाले दिएको सन्देश

 

कृषिगणनाले दिएको सन्देशविश्नाथ खरेल
मुलुकमा कृषियोग्य जमिनको क्षेत्रफल घटेको छ । जमिनसँगै खाद्यान्न बालीअन्तर्गतको धान, गहुँ, मकै, कोदो, जौ र फापर तथा दाल र तोरी बाली लगाउने क्षेत्रफलमा समेत कमी आएको छ । घरजग्गा कारोबारमा भएको वृद्धि र ग्रामीण क्षेत्रमा सडक निर्माणले तीव्रता पाएका कारण पछिल्लो १० वर्षको अवधिमा खेतीयोग्य जमिन घटेको हो ।  कृषिप्रधान देश नेपालका ६० प्रतिशत जनता प्रत्येक वर्ष अनिकालको सामना गर्न बाध्य हुँदै आएको केन्द्रीय तथ्यांक विभागद्वारा गत पुस ९ गते सार्वजनिक गरिएको कृषि जनगणनामा औँल्याइएको छ । नेपालका अधिकांश जनता कृषिमा आश्रित भए पनि पछिल्लो १० वर्षमा घट्दो खेतीयोग्य जमिनका कारण नेपालका ६० प्रतिशत किसान वर्ष दिन पुग्ने खाद्यान्न उत्पादन गर्न नसक्ने अवस्थामा पुगेको २०६८ सालमा संकलन गरिएको कृषि जनगणनाको विवरणमा उल्लेख छ । यसमा आफ्नै उत्पादनले १० देखि १२ महिनासम्म अपुग हुने परिवार १५ प्रतिशत छन् । ७ देखि ९ महिना अपुग हुने २३ प्रतिशत, ४ महिनादेखि ६ महिनासम्म अपुग हुने ४४ प्रतिशत र १ देखि ३ महिनासम्म अपुग हुने १८ प्रतिशत कृषक परिवार छन् । जसमा मुख्य खाद्यान्न बाली धान, गहुँ, मकै, कोदो, जौ र फापरको उत्पादन क्षेत्र घटेको हो । उक्त कृषि जनगणनामा ८३ प्रतिशत नेपाली अझै पनि कृषि पेसामै आश्रित भएको उल्लेख छ । ९१ प्रतिशत परिवार कृषिमा आश्रित भए पनि कृषि पेसामा लागेका ४० प्रतिशत किसानले मात्रै कृषि उत्पादनबाट जीवन गुजारा गर्न सफल भएको र बाँकी ६० प्रतिशत किसान वर्षभरि खान नपुगी अनिकालको सामना गर्न बाध्य छन् । यसबाट नेपाली किसानको दयनीय अवस्था रहेको देखिएको छ ।
पहिलो कृषिगणना वि.सं. २०१८ सालमा सुरु भएको थियो भने यो छैटौं राष्ट्रिय कृषिगणनाको प्रथम र दोस्रो चरण गरी नमुना (स्याम्पलिङ सर्भे) सर्वेक्षण पद्धतिअनुसार ७५ वटै जिल्लाका ५२ सय वडा र १ लाख २४ हजार ४ सय कृषक परिवारको छनोटमा गरिएको थियो ।
नेपालमा जनसंख्याको बढ्दो चापसँगै खाद्यान्नको माग उच्च हुँदै गर्दा यता कृषि तथा खाद्यान्न उत्पादन हुने जमिन भने घट्दै गएको छ । देशमै उत्पादनको प्रचुर सम्भावना भएका खाद्यान्न बालीहरूसमेत परनिर्भर हुँदै गएको छ । तथ्यांकमा पछिल्लो १० वर्षमा खेतीयोग्य जमिनको अनुपात उल्लेखनीय रूपमा घटेको औँल्याइएको छ । अस्थायी खाद्यान्न बालीको क्षेत्रफल पनि घट्दै गएको छ । कृषिगणना २०६८ मा मुलुकमा अस्थायी बाली (एकपटक लगाएपछि पुनःउत्पादन नदिने र नयाँ उत्पादनका लागि पुनः बीउ रोप्नुपर्ने जातका बाली) को गत १० वर्षको अवधिमा यसको क्षेत्रफल घट्दै गएको देखिएको हो । सो तथ्यांकअनुसार मुख्य खाद्यान्न बाली मानिएका धान, मकै, गहुँलगायतका खाद्यान्न बाली उत्पादन क्षेत्रफल घट्दै गएको देखिएको छ । यस्तै कोदो, जौ, फापर, कोषे÷दाल, तोरी बालीको क्षेत्रफलसमेत घट्दै गएको छ । विगत यो १० वर्षको समयमा कोदो उत्पादन क्षेत्रफलको १९ प्रतिशतले घटेको देखिएको छ भने तरकारी बालीको क्षेत्रफल ४१ प्रतिशतले वृद्धि भएको छ । यस्तै सो तथ्यांकअनुसार अस्थायी बाली आलु २० प्रतिशतले, अरू नगदे बाली १२ प्रतिशतले, मसलबाली ७ प्रतिशतले वृद्धि भएको देखाएको छ ।
समष्टि रूपमा भन्नुपर्दा देशमा खेतीयोग्य जग्गाको क्षेत्रफलसँगै अन्नबालीको क्षेत्रफलमा उल्लेख्य गिरावट आएको छ । खेतीयोग्य जमिन घरघडेरी र हाउजिङमा परिणत हुन थालेपछि खेतीयोग्य जमिनको क्षेत्रफलमा कमी आएको हो । सडकको पहुँच, औद्योगिक क्षेत्रको विकास, सहरीकरणलगायत कारणले कृषिकर्म गरिने जग्गा घट्दो छ । जग्गा घट्दै गइरहेका बेला कृषक परिवार संख्या बढेको छ । यसरी दिनप्रतिदिन बढ्दो सहरीकरणका कारण एकातिर १० वर्षको अवधिमा जग्गाको क्षेत्रफल घट्दै गएको छ भने अर्कातिर जग्गामा ठूला–ठूला हाउजिङ निर्माण हुन थालेपछि खेतीयोग्य जमिन घट्नुका साथै उत्पादन घट्दै गएको छ । किसानहरूले बढी नाफामुखी खेती तथा नगदे बालीलगायतका तरकारी बालीहरूतर्फ आकर्षित भएकाले तरकारीलगायतका मसलाजन्य बालीको उत्पादन क्षेत्रफलमा वृद्धि भएको हो ।
कृषि विकासका लागि आवश्यक पर्ने कृषि ऋण २२ प्रतिशत किसानहरूले मात्र कृषि ऋण पाएको र ७८ प्रतिशत किसानहरूले कृषि ऋण पाउन नसकेको देखिएको छ । यस्तै त्यसमध्ये ४२ प्रतिशत किसानहरूले कृषि ऋण लिन चाहे पनि ऋण पाउन नसकेको उल्लेख गरिएको छ । यस्तै कृषि पेसामा महिला सहभागिता ८ प्रतिशतले वृद्धि भई १९ प्रतिशतमा पुगेको देखिएको छ भने स्थायी बालीतर्फ सुन्तला, केरा र स्याउको उत्पादन क्षेत्रमा विस्तार भएको छ भने जुनार ६१, कागती ३७ र आँप ३ प्रतिशतको क्षेत्रफलले यसको उत्पादन क्षेत्रमा ह्रास आएको छ । यस्तै बाख्रा, बंगुर÷सुँगुर, भेडा, कुखुरा र हाँसको संख्यामा वृद्धि भएको, तर गाईगोरु, चौँरी, राँगा÷भैँसी परेवाको संख्यामा कमी आएको छ । तरकारी खेती गर्ने परिवारको संख्यामा दोब्बर वृद्धि भई १९ लाख ३१ हजार पुगेको छ भने क्षेत्रफलमा ४० प्रतिशतले वृद्धि भई ८४ हजार हेक्टर पुगेको छ । सो तथ्यांकले १० वर्षको तुलनामा कृषक परिवारको संख्या ४ लाख ६७ हजारले वृद्धि भई ३८ लाख ३१ हजार पुगेको छ । यसै क्रममा २०५८ सालको तुलनामा २०६८ सालमा चलनको आकार (साइज अफ होल्डिङ) कम देखिएको छ । १० वर्षको अवधिमा औसत होल्डिङ साइज ०.१२ हेक्टर घटेको छ । २०५८ सालमा होल्डिङ साइज ०.८० हेक्टर थियो । त्यसैगरी कित्ता संख्या भने २०५८ सालको तुलनामा २०६८ सालमा १० लाखले वृद्धि भएको देखिएको छ । २०५८ सालमा १ करोड १० लाख कित्ता थियो । यसले कृषियोग्य जमिन स–साना टुक्रामा विभाजन हुने क्रम बढ्दै गएको देखाएको छ । विभागले कृषिगणनाका लागि जग्गाको चलन, उपयोग, स्थायी र अस्थायी बाली, पशुपन्छीको स्थिति, कृषिकार्यमा प्रयोग भएको औजार र पुँजीगत विवरण, सिँचाइ, कृषि ऋण, उत्पादनको खाद्यपर्याप्त आदिबारे तथ्यांक संकलन गरेर गणनाको प्रतिवेदन तयार गरेको छ । नेपालमा ३८ लाख ३१ हजार कृषक परिवार छन्, जसमध्ये १ लाख १६ हजार परिवारले खेतीपाती नगरेको उल्लेख छ । १० वर्षअघिको तुलनामा कृषक परिवारको संख्यामा ४ लाख ६७ हजारले वृद्धि भएको छ । १० वर्षअघिको तुलनामा कृषक परिवारको बढेपछि प्रतिपरिवार कृषियोग्य जमिनको क्षेत्रफल भने घटेको छ । कुल कृषियोग्य जमिनको क्षेत्रफल २५ लाख २५ हजार हेक्टर छ । यो क्षेत्रफल १० वर्षको तुलनामा १ लाख २९ हजार हेक्टरले कम हो ।
यदि कृषिगणनाले दिएको सन्देशलाई मनन गरेर कृषिक्षेत्रको विकासका रणनीतिहरू बनाउनु आवश्यक छ ।

Source : http://www.karobardaily.com/nepali/news/2014/01/1388555225/700917.

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s