नेपालमा रहेका थप एक सय ६६ हिमाल तत्काल आरोहणको लागि खुला गर्न सुझाव

 

काठमाडौं, पुस १४ गते । पहिला नामाकरण भइसकेका हिमाल पुनः अर्को नामबाट आरोहणको लागि स्वीकृति लिएर जाने गरेको पाइएको छ ।
    मुस्ताङ, ताप्लेजुङ, सोलुखुम्बु, मनाङ, धैलागिरी, सगरमाथा, कञ्चनजंघा, लम्जुङ, बझाङ, गण्डकी र खुम्बु क्षेत्रमा एउटै नामका हिमाल अर्को पनि नामबाट स्वीकृति लिएर आरोहणको लागि जाने गरेको पाइएको हो ।
     हिमाल सलामी पुनरावलोकन तथा आरोहण सुधार सुझाव समितिको एक अध्ययन अनुसार नेपालमा यस्ता प्रकृतिका १६ हिमाल रहेका छन् । अहिले सरकारले तीन सय २६ हिमाल आरोहणको लागि स्वीकृति दिएको अवस्थामा भेडा बाखा्र चढेर आरोहण अयोग्य भएका र नाम दोहोरिएका १६ हिमाललाई स्वीकृत लिस्टबाट हटाउन सिफारिस गरिएको छ ।
    समितिले नेपालमा रहेका थप एक सय ६६ हिमाल तत्काल आरोहणको लागि खुला गर्न र रोयल्टीमा समय सापेक्षा सुधार र पुनरावलोकन गर्न समेत सो समितिले सरकार  समक्ष सुझाव दिएको छ ।   
    समितिका प्राविधि उपसमितिका संयोजक आङ्छिरिङ शेपार्ले नाम दोहोरिएका र भेडा बाख्रा चढ्ने खालका १६ हिमाललाई स्वीकृतिको लिस्टबाट हटाउन आफूहरुले सिफारिस गरेको जनाउनुभयो ।
    गण्डकीकोे  पेरी हिमाल, मुस्ताङको मुकुट हिमाल, ताप्लेजुङको कञ्चनजंघा ए, बी, लुम्बासुम्बा, सोलुखुम्बुका महालंगुर, मनाङ र मुस्ताङ क्षेत्रमा दामोदर हिमाल, सगरमाथा क्षेत्रका खुम्बु, बझाङको सैपालजस्ता हिमालको नाम दोहोरिएको देखिएको छ । यस्ता हिमालको दोहोरिएका नामलाई स्वीकृति लिस्टबाट हटाउन सिफारिस गरिएको छ ।
    थप हिमाल स्वीकृतिसंगै दोहोरिएका हिमाललाई लिस्टबाट हटाउन सिफारिस भएको जनाउदै शेर्पाले भन्नुभयो, “पहिला जुन नाम थियो त्यसलाई काम गरेर पछिल्लोलाई हटाउन सिफारिस गरिएको छ । ”
    सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवं पर्यटन उद्योग महाशाखाका प्रमुख मधु सुदन बुर्लाकोटीले प्रतिवेदनमा उल्लेखित विषय कार्यन्वयनमा आउने जनाउनुभयो ।
    सहसचि बुर्लाकोटीले स्वीकृतिको लागि आएका थप हिमालमध्य केही थप हिमालले आरोहण अनुमति पाउने  छ । प्रतिवेदन अनुसार हिमाल आरोहणको सलामी दस्तुरमा समय सापेक्षा सुधार हुने पनि उहॉले भन्नुभयो ।
    प्रतिवेदनमा उल्लेखित सुझाव कार्यन्वयनमा आउने जनाउदै बुर्लाकोटीले भन्नुभयो, ”कहिलेसम्म कार्यन्वयनमा आउछ भन्ने म अहिलेनै बताउन सक्दीन । ”

Source : http://www.gorkhapatraonline.com/

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s