५ वर्षभित्र पूरै चक्रपथ ८ लेनमा

५ वर्षभित्र पूरै चक्रपथ ८ लेनमा

राधिका ढकाल
काठमाडौं, २२ मंसिर  – तीनकुने, कोटेश्वरदेखि भक्तपुर सूर्यविनायकसम्मको ६ लेन सडकको यात्राबाट उत्साहित उपत्यकाबासी अब ८ लेनको चक्रपथमा गुड्न पाउने भएका छन् । आगामी ५ वर्षभित्र पूरै चक्रपथ ८ लेनमा निर्माण गर्न मित्रराष्ट्र चीनले आर्थिक तथा प्राविधिक सहयोगको सम्झौता गरेपछि उपत्यकाको सडक व्यवस्थित हुने भएको हो । 
असारमा कोटेश्वर–कलंकी साढे ९ किलोमिटर चक्रपथ ८ लेन निर्माणमा सम्झौता गरेको चीनले बाँकी चक्रपथ पनि सँगसँगै विस्तार गर्ने भएको हो । कोटेश्वर–कलंकी लेन विस्तार सुरु भइसकेको छ ।
हाल ३ लेन रहेको यो सडकलाई ८ लेनमा विस्तार गर्न ४२ महिना लाग्नेछ । सहमतिअनुसार काम भए चक्रपथ नेपालकै सबैभन्दा चौडा, आधुनिक र सुविधासम्पन्न सडक हुनेछ । विस्तारित सडकमा सर्भिस सेन्टर, फुटपाथ र साइकल लेनसमेत रहनेछन् । सो क्षेत्रमा ट्राफिक व्यवस्थापनका लागि सुविधासम्पन्न सीसी क्यामरा जडान गरिनेछ । यसले दुर्घघटना न्यूनीकरणका साथै आपराधिक गतिविधि नियन्त्रणमा सजिलो हुने मन्त्रालयले जनाएको छ ।
“सहमतिअनुसार प्रारम्भिक सर्वे सुरु भइसकेको छ,” अर्थ मन्त्रालय वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख मधु मरासिनीले भने, “यसअघि २ चरणमा चक्रपथ निर्माण गर्ने सम्झौता भए पनि २ महिनाअघि एकै पटक पूरै बनाउने सम्झौता भएको हो ।”
नेपाल सरकारले ३ महिनाअघि चक्रपथ विस्तारका लागि गरेको अनुरोध चीनले स्वीकार गरेपछि चिनीयाँ टोली नेपाल आई प्रारम्भिक सर्वे सुरु गरेको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव तुलसी सिटौलाले जानकारी दिए । उनका अनुसार प्रारभ्भिक सर्वे भर्खरै सुरु भएकाले अहिले नै लागत अनुमान तयार गरिएको छैन ।
“२७ किलोमिटर लम्बाइ भएको चक्रपथमा साढे ९ किलोमिटर कोटेश्वर–कलंकी ८ लेन बनाउने प्रक्रिया सुरु भइसकेको छ भने बाँकी १८ किलोमिटर छिट्टै विस्तार गर्ने विषयमा प्रारम्भिक सर्वेक्षण सुरु भएको छ,” उनले भने ।
मरासिनीका अनुसार चीन सरकारसँग पहिलो चरणमा साढे ९ किलोमिटर चक्रपथ निर्माण गर्ने र बाँकी ५ वर्षपछि दोस्रो चरणमा चक्रपथ विस्तार गर्ने सम्झौता भएको थियो । “काठमाडौंमा तीब्र रूपमा भइरहेको सडक विस्तार र कोटेश्वर–कलंकी चक्रपथ निर्माणसमेत सुरु भएकाले बीचमा काम नरोकी अगाडि बढ्न हामीले गरेको अनुरोधमा चीन सरकार सहमत भएको हो,” उनले भने, “अब एकै चरणमा पूरै चक्रपथ ८ लेनमा विस्तार हुनेछ ।”
गत असारमा उपराष्ट्रपति परमानन्द झा र चिनियाँ स्टेट काउन्सिलर याङ जेइचीले चक्रपथ विस्तारको शिलान्यास गरेका थिए । साढे ९ किलोमिटर चक्रपथ विस्तारका लागि चीनले ४ अर्ब रुपैयाँ अनुदान उपलब्ध गराइसकेको छ । चीनको सांघाई कन्स्ट्रक्सन गुप्रले चक्रपथ विस्तार सुरु गरिसकेको छ ।

Source : http://www.karobardaily.com/nepali/news/2013/12/1386470444

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s