नेपालमा भारु ५ सय र एक हजार चल्तीमा ल्याउने सहमति

कारोबार संवाददाता
काठमाडौं, १० पुस – नेपालमा दशकदेखि प्रतिबन्धित पाँच सय र एक हजार दरका भारतीय नोट चलनचल्तीमा ल्याउन भारत सहमत भएको छ । दुई देशबीच अनधिकृत व्यापार रोक्न भारतले नेपाली भूभागमा एक सय रुपैयाँभन्दा बढीको भारतीय नोटलाई प्रतिबन्धित गरेको थियो । 
तर हालैसम्पन्न नेपाल–भारत अन्तरसरकारी समिति (आइजीसी) बैठकले नेपाल आउने भारतीयले २५ हजार रुपैयाँसम्म पाँच सय र हजारको नोट ल्याउन सक्ने निर्णय गरेको छ । तर, यससम्बन्धमा दुवै देशका केन्द्रीय बैंकले आवश्यक कार्यविधि तयार गरेपछिमात्र यो व्यवस्थाको व्यवहारिक कार्यान्वयन हुनेछ । नयाँ व्यवस्थाले नेपाल भ्रमण गर्ने भारतीय पर्यटकका लागि सहज हुने बताइएको छ । यसअघि गत जुन महिनामा सम्पन्न गृहसचिव स्तरीय वार्ताका क्रममा पनि ५ सय र एक हजार दरका नोट चलनमा आउन दिनुपर्ने सवाल उठेको थियो ।
पाँच सय र हजार दरका नोट नेपाली भूभागमा नचल्ने मात्र नभई उक्त नोट राख्ने व्यक्ति प्रहरीको कारबाहीमा समेत पर्दथे । दुवै देशका वाणिज्य सचिवस्तरीय वार्ताका क्रममा ठूला दरका नोट चलनचल्तीमा ल्याउन आवश्यक नीति नियम तय गरिने बताइएको छ ।

Source : http://www.karobardaily.com/nepali/news/2013/12/1388029416

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s