बिदा भए वाग्मती बा

दीपेन्द्र विष्ट

hutaramकाठमाडौं, पुस १० – ‘वाग्मती बा’ नामले चिनिएका वाग्मती नदी संरक्षणका अभियानकर्ता हुतराम वैद्यको ९४ वर्षको उमेरमा मंगलबार निधन भएको छ । ९० वर्षको उमेरसम्म पनि अभियानमा अहोरात्र खटिरहने वैद्यको बिहान ७ बजे नर्भिक अस्पतालमा उपचार क्रममा मृत्यु भएको हो । जीवनको अन्तिम चार वर्ष उनी ओछ्यानमा थलिएका थिए ।

फोक्सोको समस्याबाट पीडित हुतरामलाई १२ दिनअगाडि अस्पतालमा भर्ना गरिएको थियो । मुलुककै पहिलो कृषि इन्जिनियर वैद्य लामो समय कृषि विभागमा वैज्ञानिकका रूपमा कार्यरत थिए । २००७ सालमा नेपालको पहिलो कृषि इन्जिनियर बनेपछि उनले १४ वर्षसम्म कृष िविभागमा काम गरेका थिए । उनले नेपालमा पहिलो पटक बहुवर्षीय धानबाली भित्र्याएका हुन् ।

सरकारी सेवाबाट अवकाश लिएपछि उनी वाग्मती सरसफाइ अभियान र यसका सहायक नदी संरक्षणमा लागेका थिए । सेताम्मे फुलेका कपाल र पावरदार चस्मा लगाएर वैद्य प्रायः वाग्मती किनारमै भेटिन्थे । त्यसैले वैद्य आफूलाई ‘वाग्मती बा’ भनेको मन पराउँथे । २०४८ देखि उपत्यकाको वाग्मती संस्कृति र परम्परा बचाउन उनले ‘वाग्मती सभ्यता’ शब्दको प्रयोग गरेका थिए । वैद्य पैसाले सभ्यतालाई किन्न नसकिने दाबी गर्दै भन्थे, ‘वाग्मती नदी हाम्रो सभ्यताको जननी हो, संरक्षण गरौं, पैसाले सभ्यता जोगिँदैन, बाउबाजेको धरोहर छाडेमा हाम्रो सभ्यता पनि जोगिन्नँ ।’

साहित्यकार भैरव रिसालले ‘वाग्मती सभ्यता’ का जननी वैद्य नै भएको बताए । ‘शब्द र अवधारणा नै हुतरामको, उनले जागिरबाट अवकाशपछि पूरै जीवन वाग्मती बचाउनमै समर्पण गरे,’ उनले भने, ‘उनी वाग्मतीका बत्ती हुन् ।’

उपत्यका सभ्यताको बारेमा ज्ञान भएको भन्दै उनले वैद्यबाट अरूले पनि सिक्नुपर्ने बताए । ‘भगवानदास र वैद्य वाग्मती पुत्र नै हुन् भन्दा पनि हुन्छ, दुवै जनाले जीवनको अन्तिम अवस्थासम्म पनि वाग्मती बचाऊ अभियानलाई छाडेनन्,’ उनले भने ।

अधिकार सम्पन्न वाग्मती एकीकृत विकास समितिका पूर्वअध्यक्ष महेशबहादुर बस्नेतले बुढ्यौली अवस्थामा पनि वैद्यले वाग्मती बचाउन महत्त्वपूर्ण योगदान दिएको बताए ।

‘वाग्मती पुरानै अवस्थामा र्फकनुपर्छ भन्ने उनको सोच थियो, तर बढ्दै गएको सहरीकरणले त्यो अवस्था रहेन, जे भए पनि सोच र विचार उच्च थियो,’ उनले भने, ‘हुतरामजस्ता अभियानकर्ताको मुलुकमा जहिले पनि खाँचो रहन्छ ।’ उनका अनुसार वाग्मती नदी मात्र नभई धार्मिक, ऐतिहासिक र सांस्कृतिक धरोहरको संरक्षण तथा संवर्द्धनको क्षेत्रमा वैद्यले योगदान दिएका थिए ।

पूर्ववातावरण मन्त्री गणेश साहले वाग्मती सभ्यतासम्बन्धी अभियान चलाउने वैद्य पहिलो व्यक्ति भएको बताए । ‘जसरी उनी वाग्मती नदीमा भेटिन्थे, उस्तै लेख र रचनाको माध्यमद्वारा वाग्मती नदीका बारेमा सुसूचित गराउने पहिलो व्यक्ति हुन्,’ उनले भने । वैद्यका दुई छोरा र एक छोरी छन् ।

वैद्य नेपालकै पहिलो डाक्टर रत्नदासका कान्छा छोरा हुन् । उनले भारतको इलाहावाद विश्वविद्यालयबाट कृष िइन्जिनियरिङ गरेका थिए । कृष िर वाग्मती सुधारका विषयमा लेखिएका वैद्यका १० पुस्तक प्रकाशित छन् ।

प्रकाशित मिति: २०७० पुस १० ०९:००

– See more at: http://www.ekantipur.com/np/2070/9/10/full-story/381295.html#sthash.SMrS5p52.dpuf

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s