बाई बाई ‘बाग्मती बा’

 

Hutaramकाठमाडौ, पुस ९ – वाग्मती नदी संरक्षणका अभियानकर्ता हुतराम बैद्य ‘वाग्मती बा’ को ९४ वर्षको उमेरमा निधन भएको छ । ९० वर्षको उमेरसम्म पनि वाग्मती संरक्षण तथा सम्वर्द्धनमा अहोरात्र खटिरहने बैद्यको मंगलबार विहान ७ वजे नर्भिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । जीवनको अन्तिम चार बर्ष उनी आछ्याउनमा थलिए ।

फोक्सोको समस्याबाट पीडित हुतरामलाई १२ दिन अगाडी नर्भिक अस्पतालमा  भर्ना गरिएको थियो । मुलुकै पहिलो कृषि इन्जिनियर बैद्यले लामो समयसम्म कृषि विभागमा बैज्ञानिकको रुपमा कार्यरत थिए । २००७ सालमा नेपालको पहिलो कृषि ईन्जिनियर बनेपछि उनले १४ वर्ष सम्म कृष िविभागमा काम गरेका थिए । उनले नेपालमा पहिलो पटक बहुवर्षीय धानबाली भित्र्याएका हुन् ।

सरकारी सेवाबाट अवकास लिएपछि उनले बाग्मती सरसफाई अभियान अघि बढाएका थिए । उनले वाग्मती र यसका सहायक नदीको संरक्षण तथा सम्बर्द्धनमा योगदान दिँदै आएका थिए । सेताम्मे फुलेका कपाल र पावरदार चस्मा लगाएर  बैद्य दिनभर वाग्मती नदी किनारमै भेटिन्थे ।

त्यसकारण बैद्य आफूलाई ‘वाग्मती बा’ भनेको मन पराउँथे । २

०४८ देखि उपत्यकाको बागमती संस्कृति र परम्परा बचाउन उनले ‘बाग्मती सभ्यता’  शब्दको प्रयोग गरेका थिए । बैद्य पैसाले सभ्यतालाई किन्न नसकिने दाबी गर्दै भन्थे, ‘बागमती नदी हाम्रो सभ्यताको जननी हो, संरक्षण गरौं, पैसाले सभ्यता जोगिदैन, बाउबाजेको धरोहर छोडेमा हाम्रो सभ्यता पनि जोगिन्नँ ।’  साहित्यकार भैरव रिसालले ‘बाग्मती सभ्यता’ जननी बैद्य नै भएको दाबी गरे ।

‘शब्द र अवधारणा नै बैद्यजीको हो, उनले अवकासपछि पुरै जीवन वाग्मती बचाउनमै समर्पण गरे’, उनले भने, ‘उनी बाग्मतिको वत्ती हुन् ।’

उपत्यका सभ्यताको बारेमा ज्ञान भएको भन्दै उनले बैद्यबाट अरुले पनि सिक्नु पर्ने बताए । ‘भगवानदास र बैद्य वाग्मती पुत्र नै हुन भन्दा पनि हुन्छ, दुबै जनाले जीवनको अन्तिम अवस्थासम्म पनि वाग्मती बचाऊ अभियानलाई छोडेनन्’ उनले भने ।

अधिकार सम्पन्न वाग्मती एकीकृत विकास समितिका पूर्व अध्यक्ष महेशबहादुर बस्नेतले बुढ्यौली अवस्थामा पनि बैद्यले वाग्मती बचाउँका लागि महत्वपूर्ण योगदान दिएको बताए । ‘वाग्मती पुरानै अवस्थामा र्फकनुपर्छ भन्ने उनको सोच थियो, तर बढ्दै गएको सहरीकरणले त्यो अबस्था रहेन्, जे भए पनि सोच र विचार उच्च थियो’, उनले भने,’ हुतराम जस्ता अभियानकर्ताको मुलुकमा जहिले पनि खाँचो रहन्छ ।’ उनका अनुसार वाग्मती नदीमात्र नभई धार्मिक, ऐतिहासिक र सांस्कृतिक धरोहरको संरक्षण तथा सम्बर्द्धनको क्षेत्रमा बैद्यले योगदान दिएका थिए ।

पूर्व वातावरणमन्त्री गणेश साहले वाग्मती सभ्यता सम्बन्धी अभियान चलाउने बैद्य पहिलो ब्यक्ति भएको बताए । ‘जसरी उनी वाग्मती नदीमा भेटिन्थे, उस्तै लेख र रचनाको माध्यमद्धारा वाग्मती नदीको बारेमा सु-सूचित गराउने पहिलो व्यक्ति हुन’, उनले भने

बैद्यका दुई छोरा र एक छोरी छन् ।  । बैद्य नेपालकै पहिलो डाक्टर रत्नदासका कान्छा छोरा हुन् । उनले भारतको इलाहावाद विश्व विद्यालयबाट कृषि इन्जिनियरिङ पास गरेको थियो । कृषि र  वाग्मती सुधारका विषयमा लेखिएका वैद्यका १० पुस्तक प्रकाशित छन् ।
प्रकाशित मिति: २०७० पुस ९ ११:४३

– See more at: http://www.ekantipur.com/np/2070/9/9/full-story/381264.html#sthash.o43YVIH4.dpuf

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s