घट्यो कृषियोग्य जमिन

मिति : २०७० पुस १०, बुधबार

काठमाडौं : मुलुकमा कृषियोग्य जमिनको क्षेत्रफल घटेको छ। जमिनसँगै खाद्यान्नबालीअन्तर्गतको धान, गहुँ, मकै, कोदो, जौ र फापर बाली तथा दाल बाली र तोरी बालीलगाउने क्षेत्रफलमा समेत कमी आएको छ। घरजग्गा कारोबारमा भएको वृद्धि र ग्रामीण क्षेत्रमा सडक निर्माणले तीव्रता पाएको कारण पछिल्लो १० वर्षको अवधिमा खेतीयोग्य जमिन घटेको हो।

केन्द्रीय तथ्यांक विभागले मंगलबार सार्वजनिक गरेको छैटौं रष्ट्रिय कृषि गणनाअनुसार २००१ मा सम्पन्न भएको पाँचौं कृषि गणनाको तुलनामा अहिले कृषियोग्य जग्गाको क्षेत्रफल ०.४ प्रतिशतले घटेको छ। प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्रिय योजना आयोगका सचिव युवराज भुसालले पाँचौं कृषि गणनाका बेला दुई लाख ४९ हजार सात सय हेक्टर कृषियोग्य जग्गा रहेकोमा घटेर अहिले दुई लाख ३६ हजार तीन सय हेक्टरमा सीमित भएको जानकारी दिए।

सन् १९९१ मा सम्पन्न चौथो कृषि गणनामा भने कुल कृषियोग्य जग्गाको क्षेत्रफल दुई लाख ३९ हजार दुई सय हेक्टर थियो। कृषियोग्य जग्गा घटेका कारण पछिल्लो गणनाको क्रममा खाद्यान्न बालीको क्षेत्रफल घटेको छ भने अर्कोतर्फ आलु बाली, अरू नगदे बाली, मसला र तरकारी बालीको क्षेत्रफलमा वृद्धि भएको छ।

प्रतिवेदनअनुसार पाँचौं गणनाको क्रममा अस्थायी बाली लाग्दै आएको २३ लाख २६ हजार हेक्टर घटेर अहिले २१ लाख २३ हजारमा पुगेको छ।

यसैगरी स्याथी बाली लाग्दै आएको एक लाख १७ हजार हेक्टरमा वृद्धि भएर अहिले एक लाख ६८ हजार हेक्टरमा पुगेको छ। पछिल्लो गणनाको क्रममा पशुपन्छीतर्फ उल्लेख वृद्धि भएको तथ्यांकले देखाएको छ। विभागका कृषि शाखाका निर्देशक अम्बिका बस्यालकाअनुसार पाँचौं गणनाको तुलनामा छैटौं गणनाको क्रममा सिँचाइयुक्त क्षेत्रफलमा वृद्धि भएको छ।

पाँचौं गणनाको क्रममा १९ लाख ९८ हजार हेक्टर सिञ्चित क्षेत्रफल बढेर अहिले २४ लाख ७२ हजार हेक्टरमा सिँचाइ सुविधा पुगेको विभागले जनाएको छ। यसमध्ये ट्युबवेल र बोरिङको माध्यमबाट ३० प्रतिशत, ड्याम र रिजर्भवायरबाट १६ प्रतिशत, पम्पपिङबाट नौ प्रतिशत, प्राकृतिक रूपमा ३९ प्रतिशत तथा विभिन्न माध्यमबाट ६ प्रतिशतका दरले कृषियोग्य जग्गामा सिँचाइ सुविधा पुगेको छ।

तथ्यांक विभागले आलुबालीतर्फ प्रचुर उत्पादन दिने दोलखा, काभ्रे, इलाम, बारा र झापालाई सूचीकृत गरेको छ। यसैगरी मसलाबालीतर्फ इलाम, मकवानपुर, मोरङ, सुनसरी र झापालाई सूचीकृत गरेको छ।

यस्तै तेलहन बालीतर्फ दाङ, नवलपरासी, चितवन, रूपन्देही र मोरङलाई र अन्य नगदेबालीतर्फ सर्लाही, सुनसरी, रौतहट, महोत्तरी र नवलपरासीलाई उत्कृष्ट पाँच उत्पादन जिल्लाको रूपमा सूचीकृत गरिएको छ। पाँचौं गणनाको क्रममा झन्डै नौ लाख ७७ हजारको संख्यामा तरकारी बालीतर्फ लागेका कृषकको संख्या झन्डै दोब्बरले वृद्धि भएर १९ लाख ३१ हजार पुगेको छ।

तरकारी बाली नगदे बालीको रूपमा परिणत हुँदै गएपछि ६० हजार हेक्टरबाट ४० प्रतिशतले वृद्धि भएर अहिले तरकारी बालीले ढाकेको क्षेत्रफल ८४ हजार हेक्टर पुगेको छ।

विभागका महानिर्देशक सुमन अर्यालका अनुसार पाँचौं गणनाको क्रममा कृषि पेसामा आठ प्रतिशत महिला र ९१.९ प्रतिशतको हाराहारीमा पुरुष संलग्न थिए भने छैटौं गणनाको क्रममा पुरुषको संख्या घटेर ८१ र महिलाको संख्या बढेर १९ प्रतिशतमा पुगेको छ।

८३ प्रतिशत कृषकको मुख्य आयस्रोत कृषि भए पनि करिब ६० प्रतिशत कृषकले आफूले उत्पादन गरेका उत्पादनले वर्षभर नपुग्ने जनाएका छन्। यसैगरी २२ प्रतिशत कृषकले कृषि कर्मका लागि विभिन्न ब्यांकबाट ऋण सहयोग लिएका छन् भने ७८ प्रतिशत कृषकले आफन्त र नजिकका चिनजानबाट सापटी लिएर कृषि कर्म गर्दै आएको विभागको तथ्यांकले देखाएको छ।

विभागले ‘राष्ट्रिय कृषि गणना २०६८’ अन्तर्गत सोही वर्षको पुसदेखि फागुनसम्म तराई तथा पहाडी क्षेत्रका ५९ जिल्ला तथा गत २०६९ वैशाखदेखि असारसम्म हिमाली क्षेत्रको १६ जिल्लामा कृषिसम्बन्धी लगत संकलन गरेको थियो।

Source : http://www.annapurnapost.com/en/news/business/1633/

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s