बाबुराम भट्टराईको चित्र र चरित्र उनकै बोलीमा

 

मेरो खास नाम बाबुराम होइन मुक्तिनाथ भट्टराई हो । मभन्दा माथिको दाजु सानैमा बितेपछि जन्मेको म पनि बाँच्दिन होला भनेर बा–आमालाई ठूलो चिन्ता लागेछ र मलाई न्वारानको नामभन्दा प्यारो गरेर बोलाउने नाम दिनुभएछ ‘बाबुराम’ । पछि विद्यालयमा भर्ना हुँदा नामको कुरा आयो । नाम लेख्ने गुरूले भनिदिनु भयो,
‘तिमीलाई त बाबुराम भन्न नै राम्रो लाग्छ नि, यही नाम चलाऊ ।’ त्यसपछि म बाबुराम भएको हुँ । पार्टीको ‘टेक नेम’ चाहिँ ‘लालध्वज’ हो । टोपी लगाएको यो मेरो फोटो एसएलसी परीक्षा पास गरेको बेलाको हो । त्यो बेलासम्म मेरो खुट्टामा जुत्ता हँुदैनथ्यो । आमा धर्माकुमारी महान जनयुद्धमा म भूमिगत रहेकै बेलामा बित्नुभयो, बा भोजराज मैसँग हुनुहुन्छ । आमा हठी र अलि रुखो स्वभावकी हुनुहुन्थ्यो । बाचाहिँ अन्तर्मुखी र मितभाषी । त्यसैले उहाँहरू दुवैको स्वभाव उत्तरदानका रुपमा मैले पाएको छु । मेरो एउटा भाइ छ शिव । ऊ विद्युत प्राधिकरणमा जागिरे छ । मसँग उसको अनुहार काटिकुटी सबै मिल्ने भएको हुनाले हाम्रो गौरवशाली पार्टीको महान जनयुद्धकालमा उसलाई प्रहरीले धेरैपटक यातना दियो । यसरी उसले हाम्रो महान जनयुद्धलाई योगदान पुर्‍याएको मान्नुपर्छ ।
माक्र्सवाद र म : आजको विश्व स्टालिनवादीभन्दा पनि अलि बढी ट्राट्स्कीवादी बन्दैगएको तथ्यलाई आजका माक्र्सवादीहरूले मनन गर्नैपर्छ । ‘धर्मशास्त्रलाई झैँ एकोहोरो महिमा मण्डन गरेर वा एकसय आठ पण्डितको सामुहिक पाठ गराएर माक्र्सवादको विकास र समृद्धिकरण हुँदैन भन्ने हामीलाई लागेको  छ । म सिद्धान्त र व्यवहार दुवैमा माक्र्सवादी हुँ । गान्धीवादी दर्शनले एउटा गालामा हाने अर्को गालामा पनि हान भनेर गाला थाप्छ, तर माक्र्सवादी भनेको जस्तालाई तस्तै गर्ने हो । यसबाट प्रभावित भएको मभित्र आफूलाई कसैले अन्याय गर्‍यो भने त्यसको न्याय आफैँले गर्नुपर्छ भन्ने इखले बदलाको भावना भरिदिएको छ ।
आफ्नो पार्टी एमाओवादी : पार्टीमा मेरो विचारले काम गरिरहेको छ, तर मलाई निरन्तर सांगठनिक हिसाबले कमजोर बनाउने काम भैराखेको छ । चुनवाङ बैठकदेखि बाह्रबुँदे समझदारीपत्रमा हस्ताक्षर गरेपछि आजका दिनसम्म मेरै लाइन पास भइरहेको छ । हिसिला भन्नुहुन्छ, ‘पार्टीमा तिम्रो विचार चाहिने तिमी नचाहिने ? म भन्छु यो कुरा तपाईं पार्टीका कार्यक्रममा राख्नुस् न ! हाम्रो पार्टीमा नवमण्डले प्रवृत्तिको घुसपैठ भएको छ । नाइजेल काल्डरको यो भनाइ हामीलाई पनि लाग्या छ, ‘पार्टी जब प्राधिकारको नियन्त्रणमा पुग्छ, तब विज्ञानको मृत्यु हुन्छ ।’  आफ्ना गुरूहरूको खण्डन गर्न तयार रहने युवा व्यक्तिको निरन्तर प्रवाहलेमात्र यसलाई जीवित राख्नसक्छ । तर म पार्टी छोडेर वा
फुटाएर हिँड्दिनँ ।   
प्रचण्ड र किरणसँगको सम्बन्ध : युद्धकालमा कमरेड प्रचण्ड र म एकसाथ हिँड्यौँ । खतरैखतराका बीच जनताका बिकट बस्ती र छाप्रासम्म हाम्रो सहयात्रा दृढ निश्चय र स्पष्ट लक्ष्यका साथ चलेको हो । तर शान्ति प्रक्रियामा आएपछिको राजनीतिमा कमरेड प्रचण्ड पिँधबिनाको लोटाजस्तो देखिनुभयो । वैद्य कमरेड उन्नाइसौँ शताब्दीको कम्युनिष्ट हुनखोज्ने, छोइछिटो बार्ने कट्टर बाहुनजस्तो जडसूत्रवादी, ओल्ड मोडेलको । यसरी एक्काइसौँ शताब्दीको जनवादमा नेतृत्व दिन सकिँदैन । प्रचण्डलाई पहिले देवत्वकरण गर्ने कमरेड किरण नै हुनुहुन्छ, जो अहिले त्यसैगरी राक्षसीकरण गर्दैहुनुहुन्छ । यस्तो अति पूजा र अति घृणा दुवै अतिवादका द्योतक हुन् भन्ने हामीलाई लाग्या’छ । बाहिर के भ्रम छरियो भने कमरेड किरण र प्रचण्डकाबीच गुरु–चेलाको जस्तो सम्बन्ध छ, प्रचण्डले किरणलाई गुरूको रुपमा आदर गर्नुहुन्छ । त्यो  भ्रामक कुरा हो । जनयुद्ध सुरू हुनुभन्दा एक वर्षअघि ०५१ फागुनमा सम्पन्न तेस्रो विस्तारित बैठकको पूर्वसन्ध्यामा ‘जनयुद्धको विकास, धक्का र छलाङ्को रूपमा कि क्रमिक विकासका आधारमा ?’ भन्ने सबालमा किरण र प्रचण्डबीच निकै भनाभन भयो । मैले प्रचण्डको प्रस्तावलाई ऐतिहासिक कोसेढुङ्गा मानेँ, ‘ग्रामीण वर्गसंघर्षको विकास’ का लागि बादलको उच्चमूल्याङ्कन गरेँ, तर कमरेड किरण र कमरेड प्रचण्डबीच कालिङपोङ (भारत) को एउटा होटलमा झगडा हुँदा छुट्याउनलाई झन्डै प्रहरी बोलाउनु परेको थियो । त्यो आलोचनात्मक सम्बन्धकै कारण आखिर पार्टी फुट्यो ।
नेपाल राष्ट्र : यो राष्ट्र पृथ्वीनारायण शाहको अगुवाइमा खडा गरेको कुरामा हामीले बहस गर्नुछैन, तर उनले किन खडा गरेका थिए भन्नेमा हाम्रो आफ्नै बहस छ । तपाईंहरूले पनि थाहा पाइसक्नु भएको छ, नेपालको क्षेत्रीय र अन्तर्राष्ट्रिय आयाम । संघीयताका बारेमा छिमेकीहरूले बोलिसके । म प्रधानमन्त्री छँदा मुख्यसचिव नियुक्तिमा समेत केके भयो, त्यो जगजाहेरै छ (भारतले मधेसीलाई बनाउन हस्तक्षेप गरेको थियो, सं.) । खासमा यो मुलुकको चाबी अन्तै रहेछ, त्यसैले सोचेजस्तो गर्न नसकिने रहेछ । उत्तरको छिमेकी चीन हाम्रै जमानामा महाशक्ति राष्ट्र हुँदैछ । भारत पनि त्यसैगरी उन्नति गर्दैछ । बीचको यो नेपालले आफ्नो प्रगति गर्न सकेन भने एकातिर मर्ज हुनुपर्छ । मैले सिंगापुरको नेसनल युनिभर्सिटीमा प्रस्तुत गरेको कार्यपत्र ‘नेपालको द्वन्द्वोत्तर पुन:संचना : चुनौती र सम्भावना’ मा भनेको त हो, एउटा छिमेकीलाई चिढ्याएर अर्कोसित लहसिने कुनै पनि विदेश नीति नेपालको राष्ट्रिय हितका लागि प्रत्युत्पादक हुनसक्छ । तर बाहिर बसेर भन्नु र सत्ता चलाउनुमा बिल्कुल फरक रहेछ । २०५२ साल माघमा हामीले तत्कालीन कांग्रेसी नेतृत्वको सरकारसमक्ष पेश गरेका ४० सूत्रीय माग र त्यसको सिरानका ७ वटा नेपाल–भारत सम्बन्धका मागलाई उचालेर फुटेर गएका साथीहरूले ‘मियाँ के जुते मियाँ की सर’ गरिरहेका छन् । ती मागले आज मलाई निरूत्तर बनाइरहेको साँचो हो । तर म ती मागको भावनाबाट बाहिर छैन ।
हामी नेपालको राज्यसंरचना बदल्न प्रतिबद्ध छौँ । म त फेरि भन्छु, वर्तमान राज्यलाई टुक्राटुक्रा पारेर नयाँ राज्य स्थापना गर्नु हाम्रो लक्ष्य हो’ ९इगच गतिष्mबतभ नयब िष्क तय यखभचतजचयध तजभ यमि कतबतभ चभउबिअष्लन ष्त धष्तज ब लभध यलभ। ।।।क्ष्ल यगच अबकभ ष्त जबक mभबलत अगततष्लन गउ तजभ कतबतभ उबचत दथ उबचत, ष्ल ाबअत धभ बचभ मभखयगचष्लन ष्त उबचत दथ उबचत।।।।० ।
सत्ता र प्रधानमन्त्री पद : प्रधानमन्त्री हुँदा आफ्नो पार्टीभित्रबाट मलाई खासै सहयोग भएन, खुट्टा तान्ने काम भयो । कमरेड प्रचण्डका मविरूद्धका खेललाई पनि मैले हेरिरहेको छु । यसको म उहाँहरूले बोल्नै नसक्ने गरी जवाफ दिनेछु । म प्रधानमन्त्री हुँदा राष्ट्रपति भारत गएर मेराविरूद्ध लबिङ गरेर आएछन् । त्यो थाहा पाएपछि भन्नैपर्‍यो, गोली खान तयार छु, तर पदबाट हट्दिनँ । किनकि म संविधानसभा संसदबाट बकाइदा निर्वाचित भएर प्रधानमन्त्री भएको मान्छे, मैले षड्यन्त्रपूर्वक हट्नु थिएन । संविधानत: मलाई कसैले हटाउन मिल्दैनथ्यो । मैले ठेगान नभएका र चरित्र भत्केका मधेसीलाई पनि लिएर सत्ता चलाउनु परेको थियो । धेरैजसोलाई त म चिन्दा पनि चिन्दिनथेँ । मैले भनेँहुँला, काम गर्न नपाए एक मिनेट पनि पदमा बस्दिनँ, म जतिन्जेल बस्छु देश र जनताकै पक्षमा काम गर्छु । तर मैले भनेरमात्र के गर्ने ? मेरा हातखुट्टा बाँधेर केही गर्न नदिई कुर्सीमा राखिएको थियो । मैले त्रिभुवनको शालिक सहिद गेटबाट झिकेर नारायणहिटीमा लगेर राख्न खोजेँ, सर्वोच्च अदालतले रोक्यो । अदालतले पनि मलाई काम गर्न दिएन । राष्ट्रपतिले अध्यादेश जारी नगरेर असहयोग नै गरिदिए । भ्रष्टाचारीलाई तह लगाउन नसक्नु त छँदैथियो, अब त भ्रष्टाचारीले हामीलाई नै सिध्याउलान् जस्तो भइसक्यो ।
मैले सत्ता छोड्नुपर्छ भने सुशील कोइरालालाई होइन, स्वतन्त्र व्यक्ति वा हाम्रो सत्ता समीकरणका मित्रलाई छोड्न सकिन्छ भनेको हुँ । सुशील कोइराला संघीयताविरोधी हुन् र कांग्रेस यथास्थितिवादी शक्ति हो । कांग्रेस र एमाले मेरो नेतृत्वको सरकारलाई कुनै हालतमा मान्न चाहदैनन् भने मैले कांग्रेसको नेतृत्व मान्न किन पद छोड्ने ? कांग्रेस पार्टीबाट आएका राष्ट्रपतिमाथि कांग्रेसलाई नै प्रधानमन्त्री पद दिँदा प्राप्त उपलब्धीहरू खतरामा  पर्ने जोखिम पनि थियो ।  
भारतसँगको सम्बन्ध : मैले भारतमै उच्चशिक्षा हासिल गरँे । नेपालमा बोर्डफस्र्ट भएर आएको भन्ने हैसियतले पनि ममाथि अलि ध्यान दिएर हेर्न थालियो । ‘रअ’ का अधिकारी हर्मिस थराकानको गृहराज्य केरालामा बस्दा उनीसँग घनिष्टता भयो । प्रा. सुखदेव (एस्. डी.) मुनीसँग त्यसैबेला देखिको सम्बन्ध हो । विद्यार्थी कालमा राजनीतिक गतिविधिमा सरिक भएकोले पनि सबैसँग चिनजान भयो । राजा वीरेन्द्र भारत भ्रमणमा गएको बेला कालोझण्डा देखाउने मै थिएँ । त्यसले त भारतीयलाई भन्नचाहिँ नहुने गरी भित्रभित्रै गद्गद् बनाइछ । त्यसले पनि मलाई इन्डियामा बसेर राजनीतिक गतिविधि गर्न हौस्याएको हो । भारतसँगको सम्बन्धको जग त्यही हो ।
राजतन्त्रकालमा नारायणहिटी राजदरबारले जुन शक्ति चलाउँथ्यो, राजतन्त्र ढलेपछि नेपालमा नयाँदिल्ली र लैनचौरले त्यही शक्ति चलाइरहेका छन् । आज नेपालमा भारतमात्र होइन, विभिन्न विदेशी शक्ति चलखेल गरिरहेका छन् ।
मैले भारत भ्रमणका बेला लगानी संरक्षण सम्बन्धी सम्झौता (बिप्पा) गरेको हो । मलाई भारतीय समकक्षी (डा. मनमोहन सिंह) सम्झाउँदै थिए, यदि सम्झौता गर्दा तपाईंलाई अप्ठ्यारो आइलाग्छ भने केही छैन, नगर्नुहोस् । तर मैले यसमा जुवा खेलेँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायत अन्य १५ विमानस्थलको व्यवस्थापन जिम्मा भारतीय कम्पनीलाई दिने कामको प्रारम्भचाहिँ माधवकुमार नेपालकै पालामा भएको हो ।
म मुलुकको प्रधानमन्त्रीसम्म भएँ । तर मैले यो पद सम्हाल्दा छवि बलिदान गर्नुपर्‍यो । मैले कुनै त्यस्तो गल्ती गरेको छैन, जुन भविष्यमा सच्याउन नसकियोस् । मैले पार्टीको उपाध्यक्ष पद छाडेकोलाई पनि नानाथरि चर्चा गरियो । राष्ट्रपतिको उम्मेद्वार बन्ने तयारीको रुपमा अर्थ लगाइयो । तर मैले पदमा नबसी पार्टीको एउटा इमान्दार सिपाही भएर काम गरिरहनका लागि यो अठोट लिएको हुँ । युवाहरूलाई अवसर र स्थान दिनका लागि मेरो पदत्याग हो ।                         
(यो सामग्री डा. भट्टराईले विभिन्न कार्यक्रम र सन्दर्भमा बोलेका कुरालाई समेटेर तयार गरिएको हो ।)

Source : http://www.sadawahar.com/2013/07/blog-post_9078.html

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s