स्वाद काश्मीरी खानाको

शरदप्रकाश धिताल

मंसिर ६ –
फूलहरूको सहरका रूपमा चिनिने काश्मीरको आफ्नै छुट्टै रंगीन अस्तित्व रहेको छ । फूलमात्र होइन, हिंसा र युद्ध अथवा त्यहाँका रसिला र स्वादिला स्याउका लागि सबैले काश्मीरलाई सम्झने गर्छन् । तर फूल र स्याउमात्र होइन उत्तरपश्चिम भारतको जम्मु र काश्मीर इलाका स्वादिलो खानाका लागि पनि उत्तिकै चर्चामा रहने गर्छ ।
नवाव र पण्डितहरूको बसोबासको इतिहास बोकेको यो क्षेत्रले १५ औं शताब्दीदेखि खानालाई आफ्नो संस्कृतिको अङ्गका रूपमा विकास गरेको देख्न सकिन्छ । उत्तर भारतीय मसालेदार खाना अझ त्यसमा पनि नट्स र ड्राई फुड्स अनि मटनको धेरै प्रयोग हुने काश्मीरी डिसले धेरैलाई लोभ्याउने गरेको छ ।
यस्तै स्वादिलो खानाहरूलाई समेटेर होटल सोल्टीले नोभेम्बर १५ देखि उत्तर भारतीय खानाका लागि प्रख्यात आफ्नो रेस्टुरेन्ट काकोरीमा काश्मीरी फुड फेस्टिवल सञ्चालन गरिरहेको छ । करिब तीन साता सञ्चालन हुने यो फेस्टिवलभरिका लागि सोल्टीले नयाँ मेनुमात्र तयार गरेको छैन, काकोरीलाई थप रंगीन ढंगले सिंगारेको पनि छ ।
‘सोल्टीमा आउने गेस्टहरूलाई अन्तभन्दा धेरै आशा रहेको हुन्छ, त्यसैले अब के नयाँ दिने भन्ने सोचमा हामी सधैं लागिरहेका हुन्छौं,’ होटलका फुड एन्ड बेभरेज डाइरेक्टर बलराम पाठकले भने, ‘अरूभन्दा फरक र व्यवस्थित ढंगले गुणस्तरमा ध्यान दिएर यो फेस्टिवल आयोजना गरेका हौं ।’
सोल्टीले आफ्नो अर्को रेस्टुरेन्ट चाइना गार्डेनमा सिचुवान फुड फेस्टिवल आयोजनालगत्तै काश्मीरी फुड प्रमोसन सञ्चालन गरेको हो । काकोरीेले आफ्नो फेस्टिवल मेनुको सुरुआत नै ‘वाजवान’ बाट सुरु गरेको छ । यो शब्दले काश्मीरी क्युजिनको मल्टी कोर्स मिललाई जनाउने गर्छ । यो काश्मीरी संस्कृति र सभ्यताको एउटा अंग पनि बनिसकेको छ । यो काश्मीरमा मात्र होइन, विभिन्न फुड फेस्टिवलको माध्यमबाट अन्तर्राष्ट्रिय रूपमा पनि चर्चामा रहेको छ । भेज र ननभेज गरेर यसमा ३६ कोर्स मिल समावेश गरिएको हुन्छ । सोल्टीले सञ्चालन गरिरहेको यो फेस्टिवलमा सबै खाना समावेश नभए पनि महत्त्वपूर्ण र चर्चित अधिकांशलाई समेट्ने प्रयास गरेको छ ।
‘काकोरीको मेनुमा पहिले लिमिटेड काश्मीरी डिस रहेको थियो भने अहिले धेरै समेटेका छौं,’ सोल्टीकी मार्केटिङ तथा पब्लिक रिलेसन्स म्यानेजर रेना शर्माले भनिन्, ‘सुरुआती रेस्पोन्स राम्रो पाएका छौं, कस्टुमरले मन पराउनेमा ढुक्क छौं ।’ काश्मीरी खानामा नन भेजिटेरियन र भेजिटेरियन दुवै प्रकारको पाइन्छ ।
अझ नन भेजिटेरियन खाना र यसमा पनि मटनको बाहुल्यता यसमा पाइन्छ । सांस्कृतिक रूपले पनि अत्यन्त धनी काश्मीरमा पाइने भेज खानामा विभिन्न मिक्स्ड भेजिटेबलको साथमा कटेज चिज र आलुको प्रयोग भएको पाइन्छ । राजमा, नदिर याकेन, जफरानी पुलाउ, काश्मीरी पुलाउ र काश्मीरी आलुदमजस्ता खाना धेरै नै चर्चित भेज खानामा पर्छन् ।
यहाँका खानामा अदुवा, लसुन र प्याजको कम प्रयोग भएको देखिन्छ । ‘यो अलग्गै स्वाद भएको भारतीय खाना हो, यसमा घरमा तयार गरिएको फरक किसिमको मसला प्रयोग गरिएको हुन्छ,’ सोल्टीका एक्जुकेटिभ सस सेफ युवराज पोखरेलले भने, ‘काश्मीरी फुडमा प्रयोग हुने किमा बनाउने तरिका नै फरक हुन्छ, यसमा मासुलाई थिचेर बनाउने गरिन्छ ।’
उनले फेस्टिवलका लागि आवश्यक स्पेसल मटन पनि बाहिरबाट आयात गरिएको जानकारी दिए । ‘यसका लागि हामीले लामो समयदेखि तयारी गरेका छौं, ग्राहकले काश्मीरी फुडको वास्तविक स्वाद लिन सक्नु हुनेछ,’ उनले भने । उनले अधिकांश परिकार मटनको बन्ने पनि जानकारी दिए । त्यसपछि चिकेन र फिसको प्रयोग हुन्छ ।
मुस्लिम बाहुल्यको क्षेत्र भए पनि काश्मीरी फुडमा विफको प्रयोग भएको पाइँदैन । मटनलाई विशेष किसिमले तयार गर्नेमात्र होइन, त्यसमा भेजिटेबल र अलिक धेरै मसलाको प्रयोग गरिएको हुन्छ । सोल्टीले सञ्चालन गरेको फुड फेस्टिवलमा स्न्याक्स, सुप, मेन कोर्स, डिजर्ट र टी को व्यवस्था गरेको छ ।
काश्मीरी स्न्याक्समा काश्मीरी कम्वार्ग, मुर्ग शाह मिर पसन्द, तलि मच्छी, गोस्त कवाब, फल्दारी टिक्कीमात्र होइन, सुपका रूपमा कद्दुका दाल्चा, कच्चु हक निम्बु रस पनि यहाँ उपलब्ध छ । मेन कोर्समा रिस्ता, धनिवाल कोर्मा, मर्चवानगन कोर्मा, जफरानी पुलाउ, काश्मीरी नान, पिर पन्जार पराठा, केसरी मिठी मुर्गका साथै सेफरोन चिया पनि यहाँ उपलब्ध छ ।
प्रकाशित मिति: २०७० मंसिर ७ ०१:०४

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s