वेलकम विन्टर

शिव मुखिया

काठमाडौ, पुस ४ –
जाडो दिनहुँ बढेको बढ्यै छ । हिजोभन्दा आज र आजभन्दा भोलि, मौसमी तापमान क्रमशः ओरालो झर्दैछ । कठ्याङ्गि्रने ठिहीं र अत्यासलाग्दो भुइँकुहिरोले साम्राज्य फैलाउँदैछ । कतिपय भेगमा हिउँ बर्सनेछ । गर्मीको बिदाइसँगै मौसमले कोल्टे फेरेको हो ।
त्यसैले त कानसम्म छोप्ने उलन टोपी, मफलर, बाक्लो एवं न्यानो लुगा लगाएर । कफी अनि तातो सुप पिएर । साथीभाइसँग गफिँदै आगो/हिटर तापेर । स्वागत गरौं, विन्टरलाई । जाडोमा बिहान ओछ्यान छाड्नै मन लागेन ? काम गर्ने जाँगर चलेन ? त्यसो भए न्यानो सिरकमै गुटमुटिएर बसौं । हातमा तातो कफी लिऔं । मनपर्दो टीभी च्यानल लगाऔं ।
घतलाग्दो उपन्यास पढौं । एफएममा म्युजिक कार्यक्रम ट्युन गरौं । यस्तो मज्जा अरू सिजनमा कहाँ मिल्छ ? भनिन्छ, यन्त्रवत् दैनिकी र धपेडीबाट आनन्दपूर्वक विश्राम लिने अवसर हो यो । एक विद्वान्ले यसलाई ‘सिर्जनाको वसन्त’ उपमा दिँदै भनेका छन्, विन्टरलाई प्रेम गरौं । स्कुल/कलेजको पात्रोमा ‘विन्टर भ्याकेसन’ को तिथि पनि नजिकिएको छ ।
अब, बिहानै उठेर हतार-हतार क्लास भ्याउनु पर्ने छैन । घरमै आनन्दसँग बसे हुन्छ । बाग्लो लुगा लगाउँदा भद्दा पो देखिने हो कि ? जाडोले प्रवेश गरेसँगै स्वाभाविक रूपमा यस्ता प्रश्न उत्पन्न हुन्छ । टोपी लगाउँदा केस बिग्रने र चाया पर्ने डर । शिरदेखि पाउसम्म लुगाले ढाकेपछि बडी एक्सपोज पनि गर्न नमिल्ने । हात, खुट्टा फुस्रो हुने, ओठ फुट्ने ।
कति तन्नेरीलाई लाग्दो हो, ‘ह्या जाडो सिजन त नआए नि हुन्थ्यो ।’ तर निष्पिmक्री भए हुन्छ । जाडोको पहिरनमा आफूलाई ग्ल्यामर्स देखाउन सकिन्छ । हेयर स्टाइललाई सुरक्षित राख्दै टोपी लगाउने उपाय छ । छालाको सौन्दर्य जोगाउने काइदा पनि छ । विन्टरमा बाग्लो, न्यानो लुगा लगाउनुपर्छ । बाहिरको चिसोसँग शरीरको तापक्रम सन्तुलित राख्नका लागि यो आवश्यक छ । यतिबेला टाउकोदेखि खुट्टासम्म जोगाउनुपर्छ ।
फेसनेबल युवा पुस्तामा पहिरनले शरीर ढाकेपछि आफ्नो सौन्दर्य खुल्दैन भन्ने भ्रम छ । छोटो एवं पारदर्शी पहिरनमा मात्र आफूलाई ग्ल्यामरस देखिने उनीहरूको सोचाइ छ । तर फेसन विज्ञहरू यसमा सहमत छैनन् । उनीहरू भन्छन्, ‘शरीर ढाक्ने बाग्लो लुगामा पनि ग्ल्यामरस देखाउन सकिन्छ ।’ यसका लागि आफ्नो शरीर सुहाउँदो पहिरन छनोट गर्न सक्नुपर्छ ।
‘मौसमअनुकूल ड्रेसअप गर्नुपर्छ,’ फेसन डिजाइनर तेन्जिङ छेतेन भुटियाको सुझाव छ, ‘यसले उनीहरूलाई फेसनेबल देखाउँछ ।’ विन्टरमा बाग्लो लुगा लगाएर पनि ग्ल्यामर्स लुक्स पस्कन सकिन्छ । शरीरको बनोट, वर्ण र नेचरअनुसारको ड्रेसअप गर्नचाहिँ जान्नुपर्छ । अहिले फेसनमा लामो फेरो भएको टोपी, मफलर, लङ कोट चलेको छ ।
मफलर, लङ कोट, फिटिङ जिन्स एवं पि्रन्टेट स्टकिङ र लङ बुटमा युवतीहरूको सौन्दर्य खुल्छ । यसमा कान छोप्ने उलन टोपी लगाउन सकिने तेन्जिङको भनाइ छ । ‘यतिबेला लुजभन्दा फिटिङ ड्रेसअप गर्दा राम्रो,’ तेन्जिङ सुझाउँछन्, ‘तर आफ्नो बडीको कुनै पार्ट अनावश्यक ठूलो छ भने त्यो पार्टमा चाहिँ लुज गर्नुर्पर्छ ।’
जस्तो, कसैको छाती त कसैको नितम्ब ठूलो हुन सक्छ । कतिको पेट उछिट्टएिको हुन्छ । यस्तो अवस्थामा आफ्नो जुन पार्ट ठूलो हो, त्यहाँ केही लुज पहिरन लगाउनुपर्ने तेन्जिङ बताउँछन् । विन्टरमा पि्रन्टेट एवं लाइट कलर उपयुक्त हँुदैन । तर फेसन बजारमा अहिले पि्रन्टेट पहिरन छाएको छ, खास गरेर युवतीका लागि ।
फेसनलाई फलो गर्नेहरू पि्रन्टेट पहिरन नै लगाइरहेको तेन्जिङ बताउँछन् । पि्रन्टेट लगाउनेहरूले आफ्नो शरीरको लम्बाइलाई ख्याल गर्नैपर्छ । होचो ज्यान भएकाले तेर्सो धर्का भएको पहिरन लगाउँदा झन् पुड्को देखिन्छ । त्यसैले उनीहरूले ठाडो धर्का भएको लुगा लगाउनुपर्छ । तर जाडोमा कलरफुल पहिरनभन्दा डार्क कलर ठीक हुन्छ ।
‘यसले घामको ताप सोस्छ,’ उनी भन्छन्, ‘अनि शरीरलाई न्यानो बनाइराख्छ ।’ जाडोमा टोपी अनिवार्य नै हो । टोपीले न्यानोमात्र होइन, स्टाइलिस पनि देखाउँछ । तर नियमित टोपी लगाउँदा हेयर स्टाइल बिग्रने हो कि ? चिन्ता लाग्न सक्छ । टोपीकै कारण बाफिएर केस र्झन सक्छ । तर अत्तालिनु पर्दैन । सातामा दुई पटकमात्र केयर गर्ने हो भने यी तमाम समस्याबाट छुटकारा पाइने हेयर स्टाइलिस्ट लक्ष्मी ठाकुर बताउँछन् ।
‘पहिलो त शरीरलाई स्वस्थ राख्ने हो,’ लक्ष्मी भन्छन्, ‘शरीर नै स्वस्थ नभए हेयर स्टाइलको के काम ?’ त्यसैले शारीरिक तापमान सन्तुलित राख्न टोपी लाउनुपर्नेमा उनको पनि जोड छ । ‘तर कम्तीमा पनि साताको दुईपटक केसको मसाज गर्ने र स्याम्पु लगाएर नुहाउनुपर्छ,’ लक्ष्मीले भने, ‘यति गरेपछि ढुक्क भए हुन्छ ।’
नुहाउनका लागि डिप क्लिजिङ टाइपको स्याम्पु प्रयोग गर्नुपर्ने उनको सुझाव छ । हरेकजसो ब्रान्डको स्याम्पुमा यसको संकेत दिइएको हुन्छ । यसले केसलाई जरादेखि सफा राख्छ । नुहाउनका लागि सकेसम्म चिसो पानी नै उपयुक्त हुन्छ । सम्भव नभए मन तातो पानीले नुहाउनुपर्छ । त्यस्तै नुहाउनु अघि राम्ररी तेल लगाएर केस मसाज गर्नुपर्छ । मसाजका लागि चाहिँ ओलिभ ओयल सबैभन्दा राम्रो हुने लक्ष्मी बताउँछन् ।
विन्टरमा प्रायः क्लासिक टाइपको अलि लामो केस पाल्ने चलन छ । त्यसैले पनि यसको स्वास्थ्य र सुरक्षामा ध्यान दिन जरुरी छ । टोपीमा रुचि नभएकाहरूले यसैमा जेल लगाएर कुल लुक्स दिन सकिने उनी बताउँछन् । अहिले फेसनमा भि-सेपको हेयर स्टाइल चलेको छ । दुवै कानतिर मसिनो र सिउँदोमा अलि लामो छाडेर माथि उठाउने ट्रेन्ड छ । यतिबेला हात, खुट्टा तथा अनुहारको छाला फुस्रो एवं रुखो हुन सक्छ ।
बाह्य वातावरण सुख्खा हुने र चिसो हावा चल्ने भएकाले त्यसको सोझो प्रभाव छालामा पर्न गएको हो । त्यसैले पानी एवं झोलयुक्त पदार्थ बढी खानुपर्ने सौन्दर्यविद् टिना प्रधानको सुझाव छ । उनी भन्छिन्, ‘शरीरमा पानीको मात्रा पूरा गर्न सके छालाको सौन्दर्य कायम राख्न सकिन्छ ।’ नियमित क्लिजिङ, मोस्टराइजर गर्ने र सन प्रोटेक्सन क्रिमको प्रयोग गर्नुर्पर्छ ।
बेलुकी सुत्नुअघि क्लिजिङ गरेर स्किन टोनरले सफा गर्नुर्पर्ने टिना बताउँछिन् । यसले छालालाई ताजा राख्नुका साथै नरम बनाउँछ । दिउँसोचाहिँ सन प्रोटेक्सन क्रिम लगाउनै पर्ने उनले सुझाइन् । हरेक सन प्रोटेक्सन क्रिममा त्यसको फ्याक्टर उल्लेख हुन्छ । त्यसैले हाम्रो मौसमी तापमानअनुसार जाडोमा एसपीएफ ३० सम्मको लगाउनुपर्ने टिनाको भनाइ छ । 
प्रकाशित मिति: २०७० पुस ५ १०:०४

रूख प्रेमको अभियान

विजय तिमल्सिना

काठमाडौ, पुस ४ –
मानिस र रूख दुवै सजीव हुन् । भनिन्छ, मानिसले जस्तै रूखले पनि सास फेर्छ । मानिस र रूखमा यो एउटा समानता भए पनि धेरै असमानता छ । मानिसमा जस्तो भावना र चेतना रूखमा हुन्न । यही असमानताले होला, मानिस र रूखको भावनात्मक सम्बन्ध छैन् । तर मानिस र रूखबीच भावनात्मक सम्बन्ध बनाउन युवाहरूले सुरु गरेको दुई अभियानले वाहवाही पाइरहेको छ ।
केही महिनाअघि कलंकी-सातदोबाटो-कोटेश्वर चक्रपथ विस्तारका क्रममा सरकारले १२ सय रूख काट्ने समाचार सार्वजनिक भएपछि प्रदीप खतिवडाको मनमा ‘चस्का’ पसेको थियो । त्यही झट्कामा फुरेको आइडियाका कारण ६ महिनाको अन्तरालमा ६ हजार बढी बिरुवा हुर्किंदैछन् । ‘वान ट्री माई रेस्पोन्सिबिलिटी -ओटीएमआर)’ नाम दिइएको अभियानमार्फत ६ हजार बढी स्कुलेहरूले एकएक बिरुवा हुर्काइरहेका छन् ।
करिब एक वर्षअघि पोखराबाट काठमाडौं आउँदा संरक्षण घिमिरेले प्लेनको झ्यालबाट बाहिर नहेेरेको भए ‘बर्थथे फरेस्ट’ को जन्म हुन्थेन होला । झ्यालबाट हेर्दा देखेको उजाड दृश्यले रूख रोप्ने अभियान मात्रै जन्माएको छैन, क्रिएटिभ आइडिया भन्दै पुरस्कृत पनि भइरहेको छ । काठमाडौंको नोबेल एकेडेमी र गोरखाका आधा दर्जन स्कुलका ६ हजार विद्यार्थीले विभिन्न ३२ थरी बिरुवा घरघरमा लगेर हुर्काउँदैछन् ।
‘रूखसँग सम्बन्ध नगाँसी रोपियो भने त्यो हुर्किन्छ भन्ने ग्यारेन्टी हुँदैन,’ फोर्स नेपालका अध्यक्ष खतिवडा भन्छन्, ‘एक वर्षसम्म घरमै राखेर त्यसपछि मात्रै रोप्ने अभियान चलाएका हौं ।’ तीन देखि ९ कक्षासम्मका विद्यार्थीहरूले एक वर्षसम्म हुर्काउने प्रतिबद्धता जनाएपछि मनपर्ने जातको बिरुवा घर लैजान्छन् । नाम राख्छन् । हेरचार गर्छन् । गमलामा हुर्काउँछन् ।
‘एक वर्षपछि बल्ल बिरुवा जमिनमा रोपिन्छ,’ खतिवडा भन्छन्, ‘एक वर्ष घरमै राखेर हेरचाह गर्दा रूखसँग मानिसको इमोसनल एट्याचमेन्ट हुन्छ ।’ खतिवडासँगै अभियानमा जितेन्द्र खतिवडा र विराजभक्त श्रेष्ठ पनि छन् । कागजको बढी खर्च गर्नु भनेको कालान्तरमा रूख बढी काट्न बाध्य बनाउनु हो भन्ने उनीहरूको ठम्याइ छ । ‘बिरुवा हुर्काउने प्रत्येक सदस्यको विवरण वेबसाइटमा राख्ने तयारी गरिरहेका छौं,’ अर्का अभियन्ता श्रेष्ठ भन्छन्, ‘कागजको फाराम पनि सकेसम्म सानो बनाएका छौं । भविष्यमा कागज प्रयोग नगर्ने सोच छ ।’
अनुज महत, रोशन कार्की, संरक्षण घिमिरे, प्रयाग उपाध्याय, दीपक मल्ल, राजकुमार भण्डारी र ध्रुव प्रजापति मिलेर सुरु गरेको बर्थडे फरेस्ट अभियानको ‘आइडिया’ दुई पटक पुरस्कृत भइसकेको छ । काठमाडौंमा अघिल्लो वर्ष भएको पिभोट नेपाल नामक एप्स प्रतिस्पर्धामा सामाजिक सेवा शीर्षकतर्फ जन्मदिनमा रूख रोप्ने उनीहरूको आइडियालाई उत्कृष्ट घोषणा गरिएको थियो ।
उनीहरूले अभियान सुरु गर्नका लागि हजार अमेरिकी डलर पुरस्कार पनि पाए । ‘प्रतिस्पर्धामा निणर्ायकहरूले नै यो आइडिया आफूलाई दिन आग्रह गरेका थिए,’ अमेरिकाबाट एमबीए गरेका महत सम्झन्छन् । अभियानका अन्य ६ जना भने कम्प्युटर विज्ञानका विद्यार्थी हुन् । प्रतिस्पधर्ाका लागि उनीहरूले आफ्नो आइडियाको थिमसँग मिल्ने मोबाइल एप्स बनाएका थिए ।
केही हप्ताअघि मात्रै उनीहरूको अभियानले भारतमा मन्थन अवार्डसमेत पाएको छ । यो अवार्ड सूचना प्रविधिको प्रयोगमार्फत मानिसमा प्रभाव पार्ने काम गर्ने व्यक्ति/संस्थालाई दिइन्छ । अभियानलाई ई-एगि्रकल्चर र इकालोजी विधाअन्तर्गत स्पेसल मेन्सन अवार्ड दिइएको हो । जन्मदिन, विवाह उत्सव वा मृत्यु । कुनै उत्सव वा घटना पारेर रूख रोप्ने अभियान हो यो ।
अभियानकर्ता आफैंले नेपाल ट्वान्टी-ट्वान्टी विश्वकप खेल्न छनोट भएको दिन पारेर एउटा रूख रोपिदिएका छन् । रूख छेउमै राखिएको मेटल प्लेटमा लेखेका छन्, ‘ट्वान्टी-ट्वान्टी विश्वकपमा पुर्‍याएकोमा खेलाडीहरूलाई सलाम । तपाईंहरूले सारा नेपालीलाई गौरवान्वित बनाउनुभएको छ ।’ घिमिरे भन्छन्, ‘कसैले आफैंले रूख रोप्छु भन्छ भने नि पाउँछ, होइन भने हामी छँदैछौं ।’
बर्थ डे फरेस्टको वेबसाइटमार्फत जो कसैले रोप्न चाहेको स्थान, रूखको प्रकार छान्न सक्छ । त्योबापत नेपालमा रहेकाले ९८० रुपैयाँ र विदेशमा रहेकाले २५ डलर शुल्क तिर्नुपर्ने हुन्छ । ‘इन्टरनेटमार्फत नै शुल्क बुझाउन सकिन्छ,’ कार्की भन्छन्, ‘काठमाडौं वरपर भने हामी आफैं पुगेर पनि शुल्क बुझ्छौं ।’
‘रूख रोपेर मात्रै हुन्न,’ अभियानको विशेषताबारे महत भन्छन्, ‘हामी त्यसको संरक्षणको जिम्मा पनि लिन्छौं ।’ रूख रोप्नका लागि धुलिखेलको गौखुरेश्वर सामुदायिक वन, पातले सामुदायिक वन, फर्पिङको डल्लु र सतिखेल सामुदायिक वनसँग सम्झौता भएको छ । रूख रोप्न चाहनेले आफूलाई मनपर्ने जातको बिरुवा र स्थान अनलाइनबाटै छान्न सक्छन् ।
प्रतिबिरुवा रोपेबापत सामुदायिक वनले दुई सय रुपैयाँ पाउँछन् । रूख रोपेपछि रूखको छेउमै मेटल प्लेटमा रोप्नेको नाम, अवसर, मिति, सन्देश र बिरुवाको समेत विवरण उल्लेख गरिन्छ । त्यसलाई अनलाइनमा छुट्टै यूआरएल दिएर फोटोसहित राखिन्छ । ‘रूख रोप्नेले तीन वर्षसम्म प्रत्येक छ-छ महिनामा फोटोसहित बिरुवाको अपडेट पाउनेछ,’ कार्की भन्छन्, ‘बिरुवा रोपेको स्थानको जीओग्राफिक लोकेसन पनि राखिने भएकाले गुगल म्यापबाट पनि स्थान हेर्न सकिन्छ ।’
व्यक्तिले मात्रै होइन, व्यापारिक संस्थाहरूले पनि आफ्नो जन्मदिन र कुनै अवसरमा रूख रोपेर कर्पोरेट सोसल रेस्पोन्सिबिलिटी पूरा गर्नुपर्छ भन्ने अभियानमा छन् उनीहरू । ‘ठूला कर्पोरेट हाउसहरूलाई एउटा एरियामा रूखहरू रोपेर आफ्नो किसिमले नामकरण
गराउने तयारीमा छौं,’ घिमिरे भन्छन्, ‘केही संस्थाबाट राम्राे प्रतिक्रिया पाएका छौं ।’
वाग्मती र विष्णुमतीको किनारमा काठमाडौं महानगरपालिकासँगको सहकार्यमा रूख रोप्ने तयारीसमेत हुँदै गरेको कार्की बताउँछन् । यसका लागि वातावरण विभागबाट सकारात्मक उत्तर पाएको उनले बताए । मन्थन अवार्ड लिन महत दिल्ली पुगेका थिए । ‘हाम्रो कन्सेप्ट सुनेर केही व्यक्तिले दिल्लीमा पनि यस्तै अभियान सुरु गर्नुपर्छ भनेर बोलाए,’ उनी भन्छन्, ‘पशुपति र लुम्बिनी वरपर आफ्नो नाममा रूख रोपाउन पाए भने संसारभरका मानिस यो अभियानमा सहभागी हुन्छन् ।’
‘राजधानीको एसीई कलेजका ३० जना विद्यार्थीहरू कुनै साथीको जन्मदिन परे पैसा उठाएर उसको नाममा रूख रोप्ने अर्डर दिन्छन्,’ घिमिरे भन्छन्, ‘यस्तो रुचिले हामीमा झन् उत्साह थपेको छ ।’ केही व्यक्तिले आफ्नो नाममा रूख रोपेपछि त्यसको वरपर परिवारका अन्य सदस्यको पनि जन्मदिन पारेर रूख रोप्न ठाउँ नै बुकिङ गरेको पनि घिमिरे सहर्ष सुनाउँछन् ।
एक जना छोराले आफ्नी आमाको सम्झनामा रूख रोपेपछि लेखेको सन्देश भने निकै मन छुने खालको छ । उनले लेखेका छन्, ‘आमा बाँचुञ्जेल जसरी मलाई छहारी दिनुभयो, तपाईंको मृत्युपछि यो रूखले त्यसैगरी शीतलता दिनेछ ।’ ओटीएमआर र बर्थ डे फरेस्टको आगामी योजना केही मिल्दोजुल्दो छ । दुवै अभियानका अभियन्ताहरू अब प्रत्येक सवारी खरिदकर्ताबाट एक-एक रूख रोपाउने योजनामा छन् ।
‘एउटा मोटरसाइकल वा गाडी किन्नेका लागि एउटा रूख सामान्य कुरा हो,’ महत भन्छन्, ‘एउटा रूखले ठूलो महत्त्व राख्छ ।’ भनिन्छ, एउटा परिपक्व रूखले एक वर्षमा १२ किलो कार्बनडाइ अक्साइड सोस्छ । यति ग्यास एउटा
गाडी १८ हजार किलोमिटर गुड्दा निस्कन्छ । 
प्रकाशित मिति: २०७० पुस ५ १०:०६

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s