गुगल्स न्यु : इन्टरनेट डिभाइस

हेलो शुक्रबार»

गुगल्स न्यु : इन्टरनेट डिभाइस

मंसिर २० –
खोज्ने कामको सिनोनिम भएको छ गुगल । गुगल नामबाट क्रिया (गुुगल गर्नु) मा बदलिएको पनि धेरै भइसकेको छ । माइक्रोसफ्टको बिङ, याहु, एओएल, आस्क, एओएलजस्ता सर्च इन्जिनलाई छाडेर इन्टरनेटमा सामग्री खोज्नेहरूमध्ये ६७ प्रतिशतले यसको प्रयोग गर्छन् । सर्च इन्जिनबाट सुरु भएको गुगलको यात्रामा ५० भन्दा बढी उत्पादन जोडिन आएका छन् । यसको इमेल सेवा जिमेलका प्रयोगकर्ता बढेर ६७ प्रतिशत पुगेका छन् । स्मार्टफोनको अपरेटिङ सिस्टम एन्ड्रोइड एन्ड्रोइडले लोकपि्रयताको शिखर चुम्दैछ । विश्व बजारमा यसको बजार हिस्सा ८१ प्रतिशत छ । नेपालमा भने स्मार्टफोन चलाउने ९५ प्रतिशतभन्दा बढी एन्ड्रोइड प्लेटर्फम प्रयोगकर्ता छन् । फेसबुकलाई पछ्याउँदै आएको नेटवर्किङ साइट गुगलप्लस, लोकपि्रय ब्लगिङ सेवा ब्लगर, गुगल म्याप्स, अर्थ, हेल्थ, न्युज, आई, इमेजेज, युट्युब, पिकासा, आरकुट, बुक सर्च, डेस्कटप सर्च, फाइनेस, पेटेंट, मोबाइल, इन्टरनेट ब्राउजर क्रोम सबै उसका उत्पादनले प्रयोगकर्तालाई आकषिर्त गरेका छन् । गुगलको उत्पादनसँग जोडिन आएको छ क्रोमबुक । यस डिभाइसका लागि गुगलले छुट्टै अपरेटिङ सिस्टम -ओएस) क्रोम विकास गरेको छ । क्रोम ओएसले चल्ने भएकाले यस डिभाइसलाई क्रोमबुक नाम दिइएको हुनुपर्छ । हुन त यसअघि गुगलको इन्टरनेट ब्राउजर क्रोम आम प्रयोगकर्तामाझ लोकपि्रय थियो । त्यही क्रोमलाई गुगलले इन्टरनेट ब्राउज गर्नेदेखि अरू एप्लिकेसन्स सफ्टवेयर राखेर चलाउन मिल्नेे सुविधासहित ल्याएको छ । यसको हार्डवेयर भने एसर, एचपी, सामसुङलगायतका कम्पनीले निर्माण गरेका छन् । क्रोमबुक खासमा इन्टरनेट ब्राउजिङका लागि डिजाइन गरिएको हो । यसमा फोर जी कनेक्टिभिटी सुविधा छ । क्रोम ओएस प्रयोग गरिएको क्रोमबुकलाई टचस्त्रिmन सुविधा भएकाले ट्याब्लेटका रूपमा प्रयोग गर्न सकिन्छ । यसको आफ्नै एप्स स्टोर छ, जहाँ ३० हजारभन्दा बढी एप्स छन् । गुगलका इन्जिनियरहरूले क्रोम ओएसकै लागि भनेर फरक प्रकारले क्रोमबुकको डिजाइन गरेका छन् । कम्प्युटरमा इन्टरनेटसँग जोडिएर समय बिताउनेहरूका लागि क्रोमबुक निकै उपयोगी छ । क्रोमबुकमा छुट्टै एप्सहरू इन्स्टल गरिरहनु आवश्यक छैन । गुगल आईडीबाट लगिन गरेपछि यसलाई चलाउन सकिन्छ । इन्टरनेटमा जोडिएपछि क्लाउडमा रहेका एप्सहरूमार्फत इन्टरनेट, सामाजिक सञ्जाल, वर्ड प्रोसेसिङ, अनलाइन फोटो एडिटिङ, भ्वाइस/भिडियो च्याट गर्न, गेम खेल्न सकिन्छ । 
क्लाउड स्पेस प्रयोग हुने भएकाले क्रोमबुकमा मेमोरी धेरै राखिएको छैन । यी डिभाइस १६ र ३२ जीबीका सोलिड स्टेड ड्राइभ -एसएसडी) मा उपलब्ध छन् । डिभाइससँगै उत्पादकले गुगल ड्राइभमा १ टेराबाइट स्पेस उपलब्ध गराउँछ । त्यसलाई ३ वर्षसम्म सित्तैमा उपयोग गर्न सकिन्छ । एउटै डिभाइसबाट धेरै जनाले आफ्नो प्रोफाइल बनाएर क्लाउडको स्पेस उपयोग गर्न सक्छन् ।
हुन त क्रोमबुकले इन्टरनेटमार्फत क्लाउड स्टोरेजसँग जोडिएर काम गर्छ । यसलाई चलाउन चौबीसै घन्टा इन्टरनेटमा जोडिनु आवश्यक भने छैन । आफ्नो मेल बक्स अफलाइन हेर्न सकिन्छ । त्यस्तै गुगल ड्राइभमा डकुमेन्ट बनाउन सकिन्छ । क्रोमबुकमा अफलाइन चलाउन मिल्ने गरी धेरै एप्सहरू डाउनलोड गर्न सकिन्छ । ती एप्समार्फत गेम खेल्ने, ट्याब्लेटमा जस्तै केही अफलाइन काम गर्न सकिन्छ । यसको स्पिड अन्य ल्यापटपको तुलनामा निकै तीव्र छ । बुट हुन समय लाग्दैन ।
क्रोमबुकमा विन्डोज ओएसमा जस्तो आफूलाई आवश्यक सफ्टवेयरहरू हालेर चलाउन भने सकिँदैन । थ्रीडी गेमहरू खेल्नका लागि पनि यो डिभाइस उपयुक्त छैन । यसको इन्टरनल स्टोरेज पर्याप्त नभएकाले धेरै सामग्री संग्रह गरेर राख्न पनि सकिन्न । इन्टरनेटको पहुँचमा रहने व्यक्तिलाई भने यो सानो डिभाइस निकै उपयोगी छ ।
अमेरिकाको स्ट्यानफोर्ड विश्वविद्यालयका स्नातक ल्यारी पेज र सेर्गेई बि्रनको आइडियालाई मान्नै पर्छ । उनीहरूको त्यही आइडियाले संसारले फाइदा उठाउन पाइरहेको छ । गुगलले ती दुई युवालाई अर्बपति बनायो नै । डिजिटल प्रविधिका उपभोक्तालाई समेत फाइदा दिएको छ ।
गुगलले खोजी इन्जिन नबनाइदिएको भए सूचना संसारको अथाह समुद्रबाट आफूलाई चाहिएको कुरामात्र खोजेर निकाल्न सम्भव थिएन । उसले ल्याएका उत्पादनसँग प्रतिस्पर्धा गर्न अरू कम्पनीले प्रविधिको विकासमा अर्बौं खर्चेका छन् । त्यसले गर्दा प्रविधिका क्षेत्रमा नयाँनयाँ आविष्कार भइरहेका छन् । गुगल आफंैले भर्खरै दुर्गममा इन्टरनेट पुर्‍याउन बेलुनको सहयोग लिने प्रविधि प्रोजेक्ट लुन सुरु गरेको छ । यो परियोजना सफल भए पिछडिएको क्षेत्रका बासिन्दाले समेत इन्टरनेटसँग जोडिन पाउने छन् ।
अन्तर्राष्ट्रिय बजारमा पर्सनल कम्प्युटरको बजार घट्दै गएको छ । क्रोमबुकको भने बजार निकै बढ्ने अनुमान प्रविधिबारे अनुसन्धान गर्ने संस्था गार्टनरले दाबी गरेको छ । उसको दाबीमा यस वर्ष २० लाख क्रोमबुक बिक्री हुनेछ । सन् २०१४ मा यो संख्या ५० लाख र सन् २०१६ सम्म बिक्री बढेर १ करोड २० लाख पुग्ने उसको अनुमान छ । नेपालमा गुगलक्रोम आउन भने समय लाग्ला । भारतीय बजारमा भने ४० हजार रुपैयाँको हाराहारीमा यो डिभाइस उपलब्ध हुन थालेको छ ।
ओएसको बजारमा एकलौटीजस्तो हिस्सा लिइरहेको माइक्रोसफ्ट पनि क्रोमबुक बजारमा उतारेपछि गुगलसँग चिढिएको छ । जोसुकै चिढिऊन्, हामी प्रयोगकर्तालाई भने इन्टरनेट चलाउने अर्को डिभाइस आएको छ । 
प्रकाशित मिति: २०७० मंसिर २१ ०९:४६
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s