भेडेटारमा परिकार महोत्सव

भेडेटारमा परिकार महोत्सव हुने भएको छ।  धनकुटाको सुन्दरको पर्यटकीय स्थल भेडेटार पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले अंग्रेजी नयाँ वर्ष २०१४ को अवसर पारेर पुस १६ र १७ गते दुईदिने परिकार महोत्सव गर्न लागिएको हो। भेडेटार होटल एसोसिएनको आयोजनामा हुने परिकार महोत्सवको सह-आयोजक पाथिभरा युवा क्लब र भेडेटार नागरिक समाज हुन्।

‘भेडेटार प्राकृतिकको गहना, पर्यटन भित्र्याउने चाहना’ भन्ने मूल नारा दिइएको परिकार महोत्सवमा विभिन्न परिकार तथा जातीय खानाका परिकारहरूका साथै स्थानीय खानाका परिकार, स्थानीय अर्गानिक खेतीबाट उत्पादित तरकारी तथा फलफूलको प्रदर्शनी, हस्तकला, कृषि तथा घरेलु सामग्रीहरू प्रदर्शनीमा राखिनेछ ।

महोत्सव भेडेटार बजारका साथै भेडेटारनजिक रहेका पर्यटकीय स्थलहरू नाम्जेबजार, नमस्ते झरना, पाथिभरा मन्दिर, सागुरी गढी, ध्वजे डाँडा, राजारानी ताल, विश्रान्ती मन्दिरलगायत धनकुटा जिल्लाकै अन्य पर्यटकीय स्थलहरूको प्रचारप्रसारमा महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ। स्थानीय, क्षेत्रीय तथा राष्ट्रिय स्तरका कलाकारहरूको समेत प्रस्तुति रहने महोत्सवमा २५ हजार आन्तरिक तथा बाह्य पर्यटक सहभागी भै २० लाख बराबरको आर्थिक कारोबार हुने आयोजकहरूको अनुमान छ।

– विजय सन्तोषी राई

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s