प्रविधि » लेखहरु » download.com.np

कम्प्युटर चलाउन विभिन्न प्रकारका सफ्टवेयर आवश्यक हुन्छन्। यद्यपि ती सफ्टवेयरको मूल्य निकै महँगो हुन्छ। इन्टरनेटका विभिन्न पेजमा निःशुल्क वितरणका लागि तयार पारिएका सफ्टवेयर पनि पाइन्छन्। विभिन्न वेबसाइटले यस्ता सफ्टवेयर कलेक्सनका रूपमा पनि राखेका हुन्छन्। विदेशी वेबसाइटमा सफ्टवेयर डाउनलोड गर्दा ठूला फाइलका कारण लामो समय लाग्ने हुन्छ। नेपालमै यस्ता कलेक्सन भयो भने नेपालमै सर्भर भएकाले छिटो डाउनलोड हुन्छन्। download.com.np त्यस्तै एक वेबसाइट हो।
मर्कन्टाइल कम्युनिकेसनले यो वेबसाइट सञ्चालनमा ल्याएको हो। यो वेबसाइटमा इन्टरनेट ब्राउजर, एन्टीभाइरस, एन्टीभाइरस अपडेट, म्यासेञ्जर, डाउनलोड म्यानेजर, विन्डोज सर्भिस प्याक, एफटीपी क्लाइन्ट, पीडीएफ रिडर, सेक्युरिटी टुल, फन्ट, वेब तथा एक्स्क्लुसिभ टुलहरू उपलब्ध छन्। त्यसबाहेक नेपाली फन्ट, नेपाली युनिकोडका किबोर्ड, लेआउटका साथै नेपाली टाइप सिक्न सहयोग पुर्‍याउने सफ्टवेयर टाइपशाला पनि यो साइटबाट प्राप्त गर्न सकिन्छ।

दुई करोड पुगे मोबाइल प्रयोगकर्ता

दूरसञ्चार सेवाप्रदायक कम्पनीहरूबीच प्रतिस्पर्धा बढ्दै जाँदा मोबाइल प्रयोगकर्ताको संख्या पनि बढ्दै गएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार नेपालमा मोबाइल प्रयोगकर्ताको संख्या १ करोड ९४ लाख ३ हजार २ सय ७३ पुगेको छ। तीव्र प्रतिस्पर्धासँगै सेवा शुल्कसमेत सस्तो हुन थालेपछि मोबाइलमा आमजनताको आकर्षण ह्वात्तै बढेको हो। तथ्यांकअनुसार सबैभन्दा बढी एनसेलका प्रयोगकर्ता छन्। एनसेलका प्रयोगकर्ता १ करोड ७ लाख ५९ हजार ६ सय १० पुगेका छन्।

नेपाल टेलिकमका जिएसएम मोबाइल ७६ लाख ७० हजार २ सय र सिडिएमए मोबाइल ९ लाख ७३ हजार ३ सय ९२ गरी कुल ८६ लाख ४३ हजार ६ सय ६३ प्रयोगकर्ता पुगेका छन्। त्यस्तै, युटिएलको मोबिलिटी सर्भिस अन्तर्गत ६ लाख ५४ हजार ६ सय १७ प्रयोगकर्ता छन्। एसटिएमका १ सय ५५ एनएसटिपिएलका १ लाख ४६ हजार ७ सय ४८ तथा एसटिपिएलका ८ लाख ६ हजार १ सय ६ प्रयोगकर्ता पुगेका छन्। प्राधिकरणका अनुसार महिनामा शून्य दशमलव ७७ प्रतिशतका दरले मोबाइल प्रयोगकर्ता बढ्दै गएका छन्। त्यस्तै, इन्टरनेट प्रयोग गर्ने २७ दशमलव १८ प्रतिशत पुगेका छन्। विभिन्न इन्टरनेट प्रदायक कम्पनीका सेवा प्रयोग गर्ने ग्राहकको संख्या महिनामा शून्य दशमलव २६ प्रतिशतले बढिरहेको प्राधिकरणले बताएको छ।

Google ट्रान्सलेटर अब नेपालीमा

रामजी बलामी

खासगरी विद्यार्थीका लागि भाषाको ज्ञान निकै आवश्यक हुन्छ। अहिले नेपाली जान्नेहरूले त्यसको अर्थ अंग्रेजीमा खोज्न वा अंग्रेजी जान्नेले नेपालीमा खोज्न डिक्सनरी वा अन्य माध्यम अपनाउनुपर्ने बाध्यता थियो। यद्यपि अहिले गुगलले अंग्रेजी जान्दै नजान्ने वा सामान्य मात्र जान्नेहरूका लागि सहयोगी ‘गुगल ट्रान्सलेटर’ लाई नेपालीमा पनि तयार पारेको छ। अब कुनै अंग्रेजी शब्दको अर्थ नजाने यसको सहयोगले सहजै समस्या समाधान गर्न सकिनेछ। यद्यपि प्रारम्भिक अवस्थामा भएकाले कतिपय शब्दको सही अर्थ नदिएको पनि पाइन्छ। समयक्रममा यसमा सुधार हुँदै जाने अपेक्षा गरिएको छ।

गुगलले यो अनुवाद सेवाका लागि इन्टरनेट सोसाइटी, नेपाल टेलिकम, नेपाली विकिपिडिया, खुला तथा स्वतन्त्र सफ्टवेयर समाज, मदन पुरस्कार पुस्तकालय आदिसँग छलफल गरेको थियो। यही कार्यका लागि केही समयअघि गुगलका प्रतिनिधि डिभोन ल्यान नेपाल आएका थिए।

इन्टरनेटका विभिन्न साइटमा अहिले करोडौं सूचना उपलब्ध छन्, तर भाषाको समस्याका कारण सबैले ती सामग्री अध्ययन गर्न सक्दैनन्। अब नेपालीमै गुगल ट्रान्सलेटमार्फत अनुवाद गर्न सकिने सुविधा भएपछि धेरैका लागि अध्ययन कार्य सहज हुनेछ। अझ अहिले अंग्रेजी माध्यममा पढाइ हुने गरेका कारण नेपालकै कतिपय विद्यार्थीले कुनै अंग्रेजी शब्दको अर्थ नेपालीमा बताउन पनि सक्दैनन्। यो अवस्थामा गुगल ट्रान्सलेटर वरदान सावित हुने अनुमान गर्न सकिन्छ।

केही समय अघिदेखि नै गुगलका लागि नेपाली प्रयोगकर्ता स्थिर अवस्थामा भएकाले गुगलले नेपाली अनुवादका लागि समेत चासो दिएको पौडेल बताउँछन्। अन्य देशमा यसका प्रयोगकर्ता बढिरहेको समयमा नेपालमा प्रयोगकर्ता स्थिर हुनुमा भाषाको समस्या रहेको निष्कर्ष गुगलले निकालेको थियो। गुगलका प्रयोगकर्ता नबढ्नुमा नेपालीमा विषयवस्तु उपलब्ध नहुनु र भएकालाई पनि अनुवाद गर्ने सुविधा नभएको डिभोनको अनुमान थियो।

गुगलले यसपटक एसियाबाट नेपालीसहित पञ्जाबी र मंगोलियन भाषा अनुवादको सुविधा उपलब्ध गराएको हो। अब सबै गरी ८० वटा भाषालाई एक अर्कामा अनुबाद गर्न सकिनेछ। यसको अर्थ अंग्रेजी मात्र होइन, अन्य सबै भाषालाई एक अर्कामा अनुबाद गर्न सकिन्छ। अन्य ७९ भाषामा लेखिएका सामग्रीलाई नेपालीमा वा नेपालीमा लेखिएका सामग्रीलाई अन्य ७९ भाषामा अनुवाद गर्न सकिन्छ। यद्यपि अहिले नै सबै शुद्ध नै हुन्छ भन्ने छैन। बरु यसलाई परिस्कृत बनाउन हामीले पनि योगदान गर्न सक्छौं। त्यसका लागि माथि उल्लेखित नेपालका संस्थाहरूसँग सम्पर्क गर्न सकिन्छ।

Source : http://www.ekantipur.com/saptahik/article/?id=12840/700905.

 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s