अलैंची खेती अर्थतन्त्रको दरिलो आधार

विश्वनाथ खरेल ,  

नेपालमा खेती गरिने विभिन्न नगदेबालीहरुमध्ये अलैंची खेती पनि महत्वपूर्ण एक हो । खासगरी अलैंचीलाई मसलाको रूपमा प्रयोग गरिने प्रचलन शुरुमा पूर्वाञ्चल विकास क्षेत्र अन्तर्गत पर्ने मेची र कोशी अञ्चलका पहाडी जिल्लाहरुबाट भएको देखिन्छ । यस बालीमा उत्पादनको हिसाबले इलाम जिल्लाले प्रमुख स्थान ओगटेको छ । यसरी सुदूर पूर्वका जिल्लाहरुबाट यसको शुरुवात भए पनि हाल आएर अधिराज्यका विभिन्न करिब ४० जिल्लाहरुको अन्दाजी १३ हजार ७ सय ८४ हेक्टरमा खेती गरिने तथा १२ हजार १५ हेक्टरमा उत्पादन हुने अलैंचीको कुल उत्पादन भने ७ हजार ८७ मेट्रिक टन हुने अनुमान गरिएको छ । आन्तरिक खपतको साथै बाह्य बजारमा पनि निकासी गरिने भएकाले यो खेती व्यापारमा टेवा पु¥याई विदेशी मुद्रा आर्जन गर्ने एक प्रमुख श्रोत हुन गएको छ । यस खेतीका लागि चिस्याइलो र ओसिलो जमिन बढी उपयुक्त हुने भएकाले प्रायः पहाडका सिमसार र खोल्साहरुमा यसको खेती गरिन्छ । ठाउँले गर्दा एकातिर अन्य बालीको लागि उपयुक्त नहुने जग्गा सदुपयोग हुन आउँछ भने अर्कोतिर अप्रत्यक्ष रूपमा वा जंगलको विकास र बाढी पहिरोको नियन्त्रणमा पनि यसले सघाउ पु-याउन सक्दछ । आम्दानीको हिसाबले अन्य कतिपय बालीहरुको तुलनामा भएको प्रतिइकाई उत्पादन पनि बढी हुने हँुदा यसको महत्व अझ बढ्दो छ ।                  
देशमा अलैंची खेतीको विस्तारतर्फ जनमानसमा बढ्दै गएको लोकप्रियतालाई मूर्त रुप दिन वि.सं. २०२८ सालपछि सरकारी स्तरबाट यस बालीको विकासमा सहभागिता भएको थियो । तत्पश्चात् वि.सं. २०३९ सालपछि यसको विकासमा निकै गतिशीलता आउन थालेको देखिन्छ । हाम्रो देशमा अलैंची बालीको क्षेत्रफल तथा उत्पादन आँकडाको अनुमान गर्ने सिलसिलामा कुन–कुन जिल्ला बढी खेती गरिन्छ त्यसको विस्तृत रूपमा अध्ययन गर्ने जमर्काे गरिएको पाइन्छ । अझ महत्वपूर्ण कुरा के छ भने आर्थिक जगत्मा यसले विदेशी धनराशिलाई बढीभन्दा बढी मात्रामा आर्जन गर्न सक्ने बलियो आधार यसमा रहेको स्पष्ट हुन्छ । आर्थिक वर्ष २०६४÷०६५ मा नेपालमा अलैंची खेती पाँच विकास क्षेत्रमध्ये सबैभन्दा बढी पूर्वाञ्चल विकास क्षेत्रमा कुल भूमि १३ हजार ३ सय १ मध्ये ११ हजार ७ सय ३० हेक्टर अर्थात् ९७ दशमलव ६३ प्रतिशतमा मात्र खेती गरिएको अनुमान छ । त्यसैगरी पूर्वाञ्चलमा यस बालीको उत्पादन ६ हजार ९ सय ३१ मे.टन. अर्थात् ९७ दशमलव ८० प्रतिशत थियो । यसै क्रममा पाँच विकास क्षेत्रमध्ये सबैभन्दा कम क्षेत्रफल रहेको सुदूरपश्चिमाञ्चलमा भने ७ हेक्टर अर्थात् प्रतिशतको आधारमा हेर्ने हो भने शून्य दशमलव शून्य चार प्रतिशत उत्पादन भएको अनुमान छ ।
त्यसैगरी उत्पादकत्वलाई मध्यनजर राख्दा देशको औसत ५ सय ९० के.जी. प्रतिहेक्टर छ । सबैभन्दा बढी मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा ७ सय ३७ प्रतिहेक्टर के.जी. छ भने सबैभन्दा कम उत्पादकत्व भएको विकास क्षेत्र सुदूरपश्चिमाञ्चलमा ४ सय २९ प्रतिहेक्टर के.जी. उत्पादकत्व रहेको अनुमान छ । आर्थिक वर्ष २०६४÷०६५ मा पूर्वी उच्च पहाडका ताप्लेजुङ, सोलुखुम्बु र संखुवासभा जिल्लाहरुमा अलैंची खेती क्रमशः ३३८६, ५० र २२०५ हेक्टरमा गरिएको प्रस्तुत आँकलनबाट स्पष्ट हुन्छ । त्यस्तै गरी सोही क्षेत्रमा सोही अवधिमा उत्पादन क्रमशः २१६५, ३० र ११६९ मे.टन. भएको अनुमान गरिन्छ । त्यसैगरी उत्पादकत्व भने सबैभन्दा बढी प्रतिहेक्टर ६४ के.जी. ताप्लेजुङ जिल्लामा भएको छ भने सबैभन्दा कम संखुवासभा जिल्लामा ५३ के.जी. प्रतिहेक्टर भएको अनुमान गरिन्छ ।                                  
 समष्टिगत रुपमा हाम्रो देशमा अलैंचीको स्थितिलाई अवलोकन गर्ने हो भने आर्थिक वर्ष २०६६÷०६७ को तुलनामा आर्थिक वर्ष २०६७÷०६८ मा क्षेत्रफलमा वृद्धि भई ११ हजार ५ सय ८४ हेक्टर अर्थात् ५ दशमलव ९ प्रतिशतले वृद्धि भएको थियो भने उत्पादन पनि २ दशमलव ५ प्रतिशतले वृद्धि भई ५ हजार २ सय १२ मेट्रिक टन उत्पादन भएको थियो । उक्त वर्ष उत्पादकत्व भने माइनस ३ दशमलव ३ प्रतिशतले ह्रास अर्थात् प्रतिहेक्टर ४ सय ५० केजी उत्पादत्व रहेको अनुमान छ । त्यसैगरी आर्थिक वर्ष २०६७÷०६८ को तुलनामा आर्थिक वर्ष २०६८÷०६९ मा क्षेत्रफलमा वृद्धि भई १२ हजार ७ सय २९ हेक्टर अर्थात् ९ दशमलव ९ प्रतिशतले वृद्धि भएको थियो भने उत्पादन पनि ३९ दशमलव ४ प्रतिशतले वृद्धि भई ७ हजार २ सय ६५ मेट्रिक टन उत्पादन भएको थियो । त्यसैगरी उत्पादकत्व भने २६ दशमलव ९ प्रतिशतले वृद्धि भई प्रतिहेक्टर ५ सय ७१ किलोग्राम उत्पादकत्व रहेको अनुमान गरिएको छ । देशमा अलैंची सुकाउनका लागि घाममा सुकाउने चलनभन्दा भट्टीमा सुकाउने प्रचलन बढी भएको देखिन्छ ।                      
अलैंची सुकाउने खासगरी यसको परिमाणमा पनि भर पर्दछ । थोरै उत्पादन हुनेले घाममा नै सुकाउने र बढी उत्पादन हुनेले भट्टीमा सुकाउने गर्दछन् । यस बालीको परिमाण गुण काँचो अवस्था र सुकेपछिको अवस्थामा निकै नै फरक पाइन्छ । काँचो अलैंची करिब ५ किलोग्राम सुकाउँदा १ किलोग्राम सुकेको अलैंची तयार हुन्छ । यस खेतीका विभिन्न समस्याहरु रहे पनि सरकारी स्तरबाट यस बालीको विकासमा टेवा पु¥याउनका लागि विभिन्न क्षेत्रहरु जस्तैः अनुसन्धान, प्रसार तालिम, उत्पादन, सामग्री सेवा, ऋण सुविधा र बजार आदि कुराहरुतर्फ क्रमशः ध्यान केन्द्रित हुँदै गएको छ । यसले एकातिर कृषकहरु यसको खेतीप्रति बढी आकर्षित हुन थालेका छन् भने अर्कोतिर आय–आर्जनको मुख्य स्रोतको रुपमा पनि विकास भइरहेको प्रष्ट छ । तसर्थ यस बालीको निरन्तरता नै अहिलेको आवश्यकता हो ।    
लेखक नेपाल सरकार, कृषि विकास मन्त्रालय, कृषि विभागका रिटायर्ड योजना अधिकृत हुन् ।

Source : http://www.aarthikdainik.com.np/news_details/5294/–700903.

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s