पु्र्खाको बहादुरीमा बाँचेका पुस्ता

राष्ट्रिय उचाइ पाएका पात्रका सन्तति
मनबहादुर बस्नेत

काठमाडौ, पुस २ – “राजासाहेब, हजुरको दर्शनका लागि साहेबहरू आइबक्सनुभएको छ,” काठमाडौँ, डिल्लीबजारस्थित जंगबहादुर राणाका छैटौँ पुस्ताका यमजितप्रताप जंगबहादुर राणालाई उनका सहयोगी विशाल खड्काले संवाददाता पुगेको खबर यसरी दिए।

 Main.

पृथ्वीनारायण शाहको आधुनिक नेपाल राज्य एकीकरण अभियानताकाका भारदार या काजी खलक मानिने बस्न्यात, पाँडे, थापा, कुँवर (राणा) परिवारमा सम्भ्रान्त भाषा हराएको छैन। आफ्ना वीर पुर्खाको बहादुरीमा गर्व गर्ने उनीहरूको जीवनयापन औसत खालकै छ। तर, बोलीचालीमा राजासाहेब, रानीसाहेब, ‘साहेब’ आदि नै प्रचलित छन्।

हुन पनि आधुनिक नेपाल निर्माणमा नायबी राजा बहादुर शाह, काजी कालु पाँडे, काजी अभिमानसिंह बस्न्यात, बडाकाजी अमरसिंह थापा, भक्ति थापा, बलभद्र कुँवरको योगदान महत्त्वपूर्ण छ। माथवरसिंह थापा आधुनिक नेपालको पहिलो प्रधानमन्त्री बने भने जंगबहादुर १ सय ४ वर्षे जहानियाँ राणा शासनका संस्थापक।

इतिहासको कुनै कालखण्डमा दरबार र शक्तिको नजिक पुगेका र ऐयासी जीवनशैलीमा बाँचेका उनीहरूका सन्ततिमा त्यो सान, सौकत, वैभव र रवाफ यस्तै भाषाले धानेको स्थिति छ। बदलिँदो परिस्थितिमा थोरैका सन्ततिले मात्रै आफूलाई स्थापित गर्न सकेका छन्। यसको कारण खोतल्छन्, इतिहासका अध्येता प्राध्यापक दिनेशराज पन्त, “एउटै भागमा धेरैले आँखा लगाएपछि आन्तरिक कलह हुन्छ। आपसी कलहले आफ्नो प्रभाव घटाउँछ।”

कतिसम्म भने बलभद्र कुँवर र अमरसिंह थापाका सन्तति निजी सवारी चालक बनेर समेत गुजारा गरिरहेका छन्। बलभद्रका सन्तति ज्ञानुराजा कुँवर भन्छन्, “हाम्रो आर्थिक अवस्था आमनेपालीको भन्दा केही फरक छैन।”

कालु पाँडेका सातौँ पुस्ता सरदार भीमबहादुर पाँडेका पाँचै जना छोरा भने बंैकिङ्, व्यवसाय, स्वास्थ्य तथा नेपाली सेनामा उपल्लो ओहोदामा छन्। अभिमानसिंह बस्न्यात र भक्ति थापाका सन्तति पनि निजामती सेवा र सुरक्षा निकायको माथिल्लो पदमा पुगेका छन्। तिनै परिवारका प्रतिनिधि पात्रहरूलाई यहाँ समेटिएको छ:

सान मात्रै जंगे

मध्यम आकारको लथालिंग कोठामा राणा शासनका प्रवर्तक जंगबहादुरको भीमकाय तस्बिर झुन्ड्याइएको छ भने सोफाअगाडि एक छेउमा सामान कोचिएका बोरा थुपारएिको छ। कागजपत्रहरू छरपस्ट छन्। टेबुल र र्‍याकमा धूलो जमेको छ।

शक्तिशाली राणा प्रधानमन्त्री जंगबहादुरको छैटौँ पुस्ताका सन्तान यमजितप्रताप जंगबहादुर राणाको बैठक कक्षको अवस्था हो यो। राणा खलक भन्नासाथ अधिकांशले अझै पनि सबैभन्दा वैभवशाली वर्ग सम्झन्छन्। तर, त्यसैका पूर्वज जंगबहादुरकै कतिपय सन्ततिको हैसियत सामान्य छ।

विराटनगरको रघुपति जुटमिल र मोरङ अटोमा काम गरेका यमजितप्रताप अहिले काठमाडौँको डिल्लीबजारमा भाडामा सपरविार बस्छन्। उनको जीविकाको स्रोत विराटनगरको मिल्स एरयिामा रहेको घरभाडा हो। उनी अहिले ‘श्री ३ जंग’ नामको संस्था खोलेर जंगबहादुरका सन्ततिलाई समेट्ने प्रयत्न गररिहेका छन्।

जंगबहादुरका नाति युद्धप्रतापका सन्तति अहिले पनि त्रिभुवन अन्तर्राटि्रय विमानस्थलपछाडि गोठाटारमा एकाध पक्की घर र बाँकी झुपडीमै बस्दा रहेछन्। यमजितप्रताप भन्छन्, “सन्तान जंगबहादुरका तर अवस्था हरतिन्नम छ। कतिपय त इँटा बोकेरसमेत खाइरहेका छन्।

इतिहासकार दिनेशराज पन्तका अनुसार जंगबहादुरका भाइ खलक शासनमा आएपछि उनका सन्ततिको दुर्दिन सुरु भएको हो। व्यापार, शिक्षा र जागिरमा प्रतिबन्ध लगाएर काठमाडौँबाहिर निर्वासित बनाएपछि अवस्था नाजुक बन्दै गयो। जंगबहादुरका सन्तानलाई उपत्यकाबाहिर लखेटिएको थियो। धरान, विराटनगर, राजविराज, सिन्धुली, काठमाडौँ, पोखरा, पाल्पा, बुटवल, दाङ र नेपालगन्ज क्षेत्रमा उनका सन्तानको बसोवास छ। यीमध्ये कतिपय भारतसमेत पुगेका छन्।

भारतमा गएर पढ्न पाउने कतिपय भने अहिले पनि रवाफिलो जीवनशैली बाँचिरहेका छन् । कतिपय भने सरकारी उच्च ओहोदामा समेत पुगेका छन्। जस्तो कि, जंगबहादुरका पाँचौँ पुस्ताका हर्कजंग राणाका सन्तान पाइलट विकास राणाले व्यापार व्यवसायमा ख्याति कमाएका छन्। जंगबहादुरकै सन्तति त्रिलोकप्रताप राणा प्रधानन्यायाधीशबाट अवकाशप्राप्त जीवन बिताइरहेका छन्। सुशीलजंग राणाले गृहसचिवबाट अवकाश पाएका हुन्। पन्त भन्छन्, “पहिलेका शासक वर्गका सन्तान सबैले दुःख पाएका छैनन्। कतिपयले फरक क्षेत्रबाट आफूलाई स्थापित गराउन खोजिरहेका छन् । यस्तो संसारको जहाँसुकैको इतिहासमा पनि देख्न सकिन्छ।”

जंगबहादुरकै अर्का सन्तान अमिरप्रताप राणाले स्वदेशी जुत्ता गोल्डस्टारको ब्रान्डलाई भारतीय बजारमा स्थापित गरेका छन्। ऐनवीरजंग राणा राष्ट्रिय अनुसन्धान विभागका डीआईजीबाट अवकाश पाएर धरान फुस्रेमा बस्छन्। उपत्यकाबाहिर बसोवास गर्नेहरू प्रायःले खेतीपातीबाटै जीविका धानिरहेका छन्। जंगबहादुरका कतिपय सन्तति भने राजनीतिमा समेत छन्। बुटवल नगरपालिकाको मेयरसमेत भएका सागरप्रताप राणा राष्ट्रिय प्रजातन्त्र पार्टीमा सक्रिय छन्।

जंगबहादुरका सीमित सन्ततिले उन्नत र विलासी जीवन बिताए पनि अधिकांशको हालत कमजोर बन्दै गएको यमजितको भनाइ छ। ००७ सालको प्रजातन्त्र साँच्चै आफूहरूलाई आएको अनुभूति छ यमजितको। सुनाउँछन्, “हामी त राणाहरूबाट समेत पीडित नागरकि हौँ। अझै पनि जनमानसमा जंगबहादुरका सन्तान भन्नासाथै नकारात्मक दृष्टिकोण छ। तर, हामी आममानिस र राज्य दुवैको पेलानमा छौँ।”

नेपाली इतिहासमा जंगबहादुरको छाप कति गहिरो छ भने शासन, अड्डासमेत उनकै नामबाट राखिएको छ, जंगी अड्डा, जंगी पिलर, जंगी शासन आदि। त्यसको छाप कस्तो छ भन्ने जान्न फेरि एकपटक यमजितकै घरमा र्फकंदा थाहा हुन्छ। पूर्वकर्णेल वसन्तकुमार रायमाझीको घरमा बहालमा बस्ने यमजित र उनकी श्रीमतीलाई देख्नासाथै रायमाझी ‘राजासाहेब’ र ‘रानीसाहेब’ सम्बोधन गरेर निहुरन्छिन्। उनीकहाँ काम गर्ने बालकको बोलीमा समेत गज्जबको जंगे शैली झल्किन्छ। यमजित थप्छन्, “तर, हामी नाम मात्रकै राणा भयौँ।”

पूरा पढ्नुहोस् ।
प्रकाशित मिति: २०७० पुस २ ०५:५०

Source : – See more at: http://www.ekantipur.com/np/2070/9/2/full-story/380898.html#sthash.AlvJpGrC.dpuf

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s