आज योमह्री पुन्ही(फोटोफिचर)

काठमाडौ, पुस २ – हरेक वर्ष मार्गशुक्ल पूणिर्माका दिन मनाइँदै आएको धान्यपूणिर्मा पर्व मंगलबार मुलुकभर मनाइँदैछ । नेवार समुदायमा यसलाई ‘योमह्र्री पुन्ही’ नामले चिनिन्छ । उक्त समुदायमा चामलको पीठोका योमह्री पकाउने चलन छ

yomari

किसानहरूले धान भित्र्याएर भकारी भरिसक्ने समय भएकाले सधैं धनधान्यले पूर्ण होस् र कहिल्यै अन्नको दुःख नहोस् भन्ने कामना गर्दै उक्त चाड मनाइने गरेको बुढापाकाहरूको भनाइ छ । त्यसैले यसलाई धान्यपूणिर्मा भनिएको हो

गाउँघरमा गाईबस्तुको रक्षाका लागि गोठमा गैडु देवताको पूजा गर्ने चलन छ । पहाडी भेकका बासिन्दाले भने चलनअनुसार यसै दिनदेखि जाडो सुरु हुने भएकाले भेडा, गाईलगायतको गोठ बेंसीतिर झार्छन् र त्यहींका देवताको पूजा गरी मनाउँछन् । त्यसैले यस पर्वलाई उँधौली पनि भनिन्छ ।

तस्विर : सन्जोग मानान्धर । कान्तिपुर

नेवार परिवारमा गृहिणीहरू बिहान सबेरै उठेर चामलको पीठोलाई तातो पानीमा मुछेर डल्ला बनाउँछन् । त्यसलाई बायाँ हत्केलामा राखी दाहिने हातको चोर औंला तेलपानीमा चोबेर विस्तारै थिच्दै भित्र खोक्रो पार्छन् । त्यसमा तिल मिसाई पकाएको चाकुको झोल वा ५ गेडा चामल राखिन्छ । त्यसपछि मुख बन्द गरी शंखाकार वा स्तूपाकार बनाएर माथि २ वटा टुप्पो बनाइन्छ । तलको टुप्पोलाई चुच्चो बनाएर मिलाई ‘योमह्री’ नामको रौटी बनाउँछन् । केटाकेटीदेखि बूढाबूढीसम्मले मन पराउने भएकाले यसको नाम ‘योमह्री’ रहेको बुढापाकाको भनाइ छ ।

योमह्रीका साथै ल्हांेचा मह्री पनि पकाउने गरिन्छ । ल्होंचामह्री चामलको पीठोबाट पातको आकारमा बफ्याइन्छ । चामलको पीठोबाट कुवेर, लक्ष्मी, गणेश, कुमार आदिको मूर्ति बनाएर बाफले पकाइन्छ । यसरी पकाएका योमह्री र मूर्तिहरू पाथीमा राखेर नयाँ धान राखिएको भकारी वा कुथीमा स्थापना गरी पूजा गरिन्छ । चौथो दिन झिकेर चेलीबेटीलाई समेत बोलाई परिवारमा प्रसादका रूपमा बाँडिन्छ । संस्कृतिविद्हरूका अनुसार परम्परादेखि नै यो चाड नयाँ धान भित्र्याएको खुसियालीमा मनाइँदै आएको हो ।

पूणिर्माको रातमा टोलछिमेकीका बालबालिकाहरू ‘योमह्री च्वामु, उकिया दुने हाकु, व्युसा माकु, मव्यु सा फाकु, व्यु म्ह ल्यासे, मव्युम्ह बुराकुटी (योमह्री चुच्चो, त्यसभित्र गुलियो, दियो भने मीठो दिएन भने टर्रो, योमह्री दिए तरुनी, नदिए बुढीकुटी) भनी भाका हालेर नेपालभाषामा गीत गाउँछन् । तिहारमा द्यौसी र भैलो खेलेझैं योमह्री माग्न जाने चलन छ

संस्कृतिविद् हरिराम जोशीका अनुसार चाँगुनारायणको पाँचौं शताब्दीको एक खण्डित अभिलेखमा वर्षबन्धन उल्लेख भएको र वर्षबन्धन गर्दा मन्दिरहरूका गजूरबाट योमह्री खसाल्ने परम्परा अहिलेसम्म कायम छ । योमह्रीको प्रचलन सोही बेलादेखि सुरु भएको अनुमान छ । यस दिन पाटन मत्स्येन्द्र बहालको पूर्वी प्रवेशद्वारको दायाँपट्ट िस्थापित भलभद्र -बलबलजुजु) शिलामूर्तिलाई योमह्रीबाट अभिषेक दिने चलन छ ।

जनश्रुतिअनुसार प्राचीनकालमा खेत जोतिंदैनथ्यो, जोत्ने मानिसको मृत्यु हुने डर थियो । भलभद्र नामका व्यक्तिले साहस गरी खेत जोतेर धान फलाएका थिए । उनको मृत्युपछि उनकै स्मृतिमा राजाले उनको ढुंगाको मूर्ति बनाई त्यहाँ राखेको लोककथन छ । भलभद्रलाई अहिले पनि अन्न उत्पादन गर्न सबैभन्दा पहिले जमिन जोत्ने साहसी किसानका रूपमा लिने गरिन्छ ।

पछिल्लो समयमा यस पर्वलाई ‘राष्ट्रिय ज्यापू दिवस’ का रूपमा मनाउने गरिएको छ । ज्यापू संस्कृति विकास कोषले राजधानीमा सांस्कृतिक जुलुसका साथै वसन्तपुरमा सभा आयोजना गर्छ । यस दिन सरकारले सार्वजनिक बिदा पनि दिन्छ ।

 

 

 

 

 


प्रकाशित मिति: २०७० पुस २ ०३:००

Source : – See more at: http://www.ekantipur.com/np/2070/9/2/full-story/380858.html#sthash.bKX6HWjg.dpuf

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s