गुगलमा अब नेपाली अनुवाद

December 2013 02:37 AM

कारोबार संवाददाता
गुगलमा अब नेपाली अनुवादकाठमाडौं, २६ मंसिर – इन्टरनेट सर्च इन्जिन गुगलले पहिलो पटक नेपाली भाषामा अनुवाद सुरु गरेको छ । नेपालीसँगै थपिएका ९ मध्ये एसियाली देशका ४ भाषा परेका छन् । अंग्रेजी भाषाको कठिनाइले समस्या खेप्ने नेपालीका लागि गुगलको यो अनुवाद प्रणाली सहज छनोट हुनेछ । 
“गुगलको अनुवाद यान्त्रिक भएकाले शतप्रतिशत शुद्ध भने हुँदैन,” काठमाडौं विश्वविद्यालयमा अध्ययनरत कम्प्युटर इन्जिनियर तथा अनुवाद अन्वेषक चन्दन गुप्ताले भने, “भर्खरै सुरु गरिएकाले समयक्रममा अनुवाद पनि शुद्ध हुँदै जानेछ, नयाँ नियम पनि यसमा समावेश हुनेछन् ।” छिमेकी मुलुक भारतको हिन्दी भाषालाई गुगलले धेरै पहिलेदेखि नै समावेश गरेको थियो । “त्यसैले अहिले हिन्दी भाषाको अनुवाद धेरै शुद्ध भइसकेको छ,” गुप्ताले भने, “गुगलले दिएको पहिचानले अन्तर्राष्ट्रिय स्तरमा नेपाली भाषाको प्रवद्र्धन हुनेछ ।”
नेपालीसहित ‘गुगल ट्रान्सलेट’मा ८० भाषा संगृहीत छन् । व्यावसायिक अनुवादकजस्तै शुद्ध हुने÷नहुनेमा भने सरोकारवालाले प्रश्न उठाउँदै आएका छन् । शतप्रतिशत शुद्ध नभए पनि अनलाइनमा नेपाली भाषामा भएका सामग्री अब नेपाली बोल्न जान्ने विदेशीले समेत अनुवाद गरेर हेर्न सक्छन् । अंगेजी पनि सहजै अनुवाद भएपछि नेपालीलाई समेत सहज हुनेछ ।
अनुवाद सही नभए त्यसमा आफैं सच्याएर गुगललाई ‘रेकमेन्ड’ पनि गर्न सकिन्छ । यसलाई गुगलले अध्ययन गरेर त्यसलाई अनुमोदन गर्न सक्छ ।
‘गुगल ट्रान्सलेट’ले अबदेखि नेपालीसँगै पञ्जाबी, न्युजिल्यान्डको एउटा आदिवासीको मातृभाषा ‘माओरी’ र मंगोलियन भाषालाई पनि ‘सपोर्ट’ गर्नेछ । पञ्जाबी विश्वभर बोल्ने चलनचल्तीका भाषामध्ये नवौं स्थानमा पर्छ । क्यानडमा पञ्जावीलाई द्वितीय भाषाको मान्यता दिइसकिएको छ ।
यसअघि माइक्रोसफ्टको सर्च इन्जिन ‘बिंगो’ले नेपाली अनुवाद सुरु गरे पनि प्रभावकारी भने हुन सकेको थिएन ।

Source : http://www.karobardaily.com/nepali/news/2013/12/1386816002

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s