निर्वाचन आयोगद्वारा समानुपातिक नतिजा पनि सार्वजनिक

निर्वाचन आयोगद्वारा समानुपातिक नतिजा पनि सार्वजनिक
कुन दलको कति सिट (सूचीसहित)

काठमाडौं, मंसिर १८ – निर्वाचन आयोगले ढिलो गरी समानुपातिकतर्फको नतिजा पनि सार्वजनिक गरेको छ ।

प्रत्यक्षतर्फको ततिजा आएको झण्डै सातापछि आयोगले ३ सय ३५ सिटको समानुपातिकतर्फको नतिजा सार्वजनिक गरेको छ । प्रत्यक्षमा जस्तै समानुपातिकमा पनि क्रमशः कांग्रेस, एमाले र एमाओवादीले बढी सिट जितेका छन् ।

प्रत्यक्षमा १ सय ५ सिट जितेको कांग्रेसले समानुपातिकमा ९१ सिट पाएको छ भने ९१ सिट जितेको एमालेले ८४ र २६ सिट जितेको एमाओवादीले समानुपातिकबाट ५४ सिट जोडेको छ । प्रत्यक्षमा एक सिट पनि नजितेको राप्रपा नेपालले समानुपातिकमा २४ सिट जितेर चौथो दल भएको छ ।

रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले दलहरुलाई एक साताभित्र समानुपातिकर्फको नाम पठाउन पत्राचार गरिएको जानकारी दिए । तोकिएको समयभित्र नआए कार्यविधिअनुसार तीन दिन म्याद थप गरिने उल्लेख गर्दै उनले सवै दलले समानुपातिक बुझाउने विश्वास व्यक्त गरे ।

आयोगले निर्वाचित सवै दललाई आयोगले बोलाएकोमा मंगलबार एमाओवादी, फोरम नेपालसहित ९ दल सम्पर्कमा आएनन् ।

प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले सम्पर्कमा नआएका दलहरु पनि चाँडै आउने विश्वास व्यक्त गरे । आयोगको मिडिया सेन्टरमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘सवै आउनुहुन्छ भन्ने आयोगको विश्वास छ, आज नआए भोलि आउनुहुन्छ ।’
प्रकाशित मिति: २०७० मंसिर १८ ०४:४२

– See more at: http://www.ekantipur.com/np/2070/8/18/full-story/380148.html#sthash.tJTTeVrp.dp

Source :http://epaper.ekantipur.com/epaperhome.aspx?issue=4122013/700819.

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s